२३ आश्विन २०८१ बुधबार
image/svg+xml

फिफा वरियतामा नेपाल एक स्थान माथि, पहिलाेमा बेल्जियम

फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको वरियतामा नेपाल एक स्थान माथि उक्लदैं १ सय ६१ औं स्थानमा आइपुगेको हो। नेपालको कुल १ हजार १ अंक रहेको छ।

सुदूरपश्चिम खप्तड गोल्डकप पुस २४ देखि, विजेताले २१ लाख पाउने

तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल पुसको अन्तिम साता हुने भएको छ। सुदूरपश्चिम–११ स्पोर्ट्स क्लब धनगढीको आयोजनामा हुने सुदूर पश्चिमको एक मात्र गोल्डकप प्रतियोगिता पुस २४ बाट माघ ५ गतेसम्म चल्नेछ।

‘ए’ डिभिजन लिग : अभिषेकको गोलमा पुलिस हारबाट जोगियो

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइजसँगले १–१ गोलको बराबरी खेलेका छन्।

म्यानचेस्टर सिटी लिग कप फुटबलको सेमिफाइनलमा

साविक विजेता म्यानचेष्टर सिटी लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। सिटीले मंगलबार राति सम्पन्न क्वाटरफाइनल खेलमा लेस्टर सिटीलाई ट्राइबेकरमा ३–१ ले पराजित गर्यो।

‘ए’ डिभिजन लिग : बलिया टोली थ्री स्टार र आर्मी भिड्दै

राजधानीमा जारी पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बुधवारको दोस्रो खेलमा बलिया टोली थ्री स्टार र विभागीय टोली त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदैछ।

स्पेनिस ला लिगा : बेन्जिमाको गोलमा रियलको संघर्षपूर्ण जित

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको दुरी २ अंकमा झारेको छ। शनिबार राति घरेलु मैदानमा भएको खेलमा रियलले रायो भालेकानोमाथि १–० को संघर्षपूर्ण जित निकाल्यो।

जितसँगै सिटी पुनः शीर्ष स्थानमा

ग्यब्रियल जिससको दुई गोल मद्दतमा शनिबार म्यानचेस्टर सिटीले एभर्टनलाई ३–१ ले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा फर्किएको छ।

महिला फुटबल टोलीको बन्द प्रशिक्षण आइतबारदेखि

पाँचौ संस्करणको साफ महिला फुटबल प्रतियोगिताका लागि राष्ट्रिय महिला टोलीले आइतबारदेखि बन्द प्रशिक्षण सुरु गर्दैछ।

विराटनगरमा प्रादेशिक दुई प्रतियोगिता

नेपाली फुटबल जगतमा अहिलेसम्म पूर्व क्षेत्र हालको प्रदेश–१ लाई फुटबल खेलाडीको उत्पादन स्थलका रूपमा लिइन्छ। देश संघीयतामा गएसँगै सबै अधिकार र स्रोतसाधनको बाँडफाँट हुँदै गएको छ।

एन्फाद्वारा मोफसलका खेलतालिका सार्वजनिक, खेलाडीलाई आराम नहुने पक्का

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा आयोजना हुने फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ। एन्फाले यसअघि उपाध्यक्ष कृष्णबहादुर थापाको संयोजकत्वमा स्तर निर्धारण समिति गठन गरेको थियो।

च्याम्पियन्स लिग : समूहको अन्तिम खेलमा युभेन्टस र युनाइटेड पराजित

च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति सम्पन्न समूह ‘एच’को अन्तिम खेलमा इटालियन क्लब युभेन्ट्स स्विजरल्याण्ड्को योङ ब्वाइजसँग २–१ ले पराजित भएको छ।

लियोन च्याम्पियन्स लिगको अन्तिम १६ मा, सिटी समूह विजेता

फ्रान्सेली क्लब लियोन युक्रेनको साख्तर डोनेस्कलाई १–१ गोलको बराबरीमा रोक्दै च्याम्पियन्स लिग फुटबलको प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ। योसँगै अन्तिम १६ को समिकरण पनि पूरा भएको छ।

च्याम्पियन्स लिग : सालाहको गोलमा लिभरपुल अन्तिम १६ मा

इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। लिभरपुलले मंगलबार राति भएको समूहको अन्तिम खेलमा इटालियन क्लब नापोलीलाई १–० गोलले पराजित गर्दै प्रि क्वाटरफाइनलमा प्रवेश गरेको हो।

टोटेनह्यामद्वारा लेस्टर पराजित, आर्सनलको संघर्षपूर्ण जित

लेस्टर सिटीलाई २–० ले पराजित गर्दै टोटेनह्याम प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ। शनिबार राति लेस्टरको घरेलु मैदानमा सम्पन्न खेलमा टोटेनह्यामको जितमा सङ ह्युङ मिन र डेले अल्लीले गोल गरे।

लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा, सालाहको ह्याट्रिक

लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार बेलुका सम्पन्न खेलमा मोहम्मद सालाहको ह्याट्रिकप्रेरित लिभरपुलले बर्नमाउथलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गर्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्