१० आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

‘ए’ डिभिजन लिग : अभिषेकको गोलमा पुलिस हारबाट जोगियो

तस्बिर साैजन्य : गाेलनेपाल डटकम

काठमाडौं – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइजसँगले १–१ गोलको बराबरी खेलेका छन्।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको पहिलो खेलमा तालिकाको १२ औं स्थानमा रहेको ब्रिगेटसँग पुलिस बराबरीमा रोकिएको हो।

खेलको ५ औ मिनेटमा नै ऋतिक खड्काको गोलमा ब्रिगेटले अग्रता लिएको थियो। पहिलो हाफमा १–० ले पछि परेको पुलिसका लागि ७५ औ मिनेटमा हेम तामाङको क्रसमा अभिषेक रिजालले हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए। खेल अवधिभर ब्रिगेटलाई दबाबमा राखेपनि पुलिसले थप गोल गर्न सकेन्। 

१६ औ मिनेटमा भरत शाह, २१ औ मिनेटमा दिनेश राजवंशी र पहिलो हाफको इन्जुरी समयमा रवि पासवान गोल गर्नबाट चुकेका थिए। पुलिसका हेम तामाङ ‘म्यान अफ दि म्याच’ घोषित भए। बराबरीसँगै ९ खेलबाट १४ अंक जोडेको पुलिस तालिकाको पाँचौ स्थानमा यथावत् छ। ब्रिगेड भने ५ अंक सहित तालिकाको ११ औ स्थानमा उक्लिएको छ।

प्रकाशित: ४ पुस २०७५ ०८:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App