२३ आश्विन २०८१ बुधबार
image/svg+xml

संकटाकाे संघर्षपूर्ण जित, पुलिस र शेर्पाकाे बराबरी

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार भएका खेलमा संकटा क्लब विजयी भएको छ भने नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबले बराबरी खेलेका छन्।

इन्टर मिलानमाथि युभेन्टसको कठिन जित

इटालियन लिग सिरी ए मा युभेन्टसले इन्टर मिलानमाथि १–० को कठिन जित हात पारेको छ। घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा युभेन्टसले पहिलो हाफ गोलरहित बराबरीमा खेलेको थियो।

मिलीलाको पोष्टमा रियलको आधा दर्जन गोल

रियल मड्रिड कोपा डेल रे फुटबलको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ। रियलको घरेलु मैदानमा बिहीबार राति भएको खेलमा दोस्रो डिभिजनको क्लब मिलीलालाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै रियलले अन्तिम १६ मा स्थान बनायो।

‘ए’ डिभिजन लिग : फ्रेन्ड्सले आर्मीलाई बराबरीमा रोक्यो

शीर्ष स्थानका लागि मनाङ मर्स्याङ्दी क्लबलाई चुनौती दिइरहेको विभागीय टोली त्रिभुवन आर्मी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बिहीबार फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरीमा रोकिएको छ।

इङ्लिश प्रिमियर लिगः वुल्भ्ससँग चेल्सी स्तब्ध

इङ्लिश प्रिमियर लिग फुटबलमा वुल्भ्ससँग उपाधि दाबेदार चेल्सी २–१ ले स्तब्ध भएको छ। हारसँगै चेल्सीले लिगको तेस्रो स्थान पुग्ने मौका गुमाएको छ।

टोटेनह्याम प्रिमियर लिगको तेस्रो स्थानमा

साउथह्याम्टनलाई ३–१ ले पराजित गर्दै टोटेनह्याम इङ्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ।

‘ए’ डिभिजन लिगः आज ३ खेल हुँदै, पहिलो खेलमा मनाङ र जावलाखेल भिड्दै

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बुधबार (आज) ३ खेलहरू हुँदैछन्। शीर्ष स्थानको मनाङ मर्स्याङदीले जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल बिहान ११ बजेबाट शुरु हुनेछ।

सिटीलाई पछ्याउँदै लिभरपुल

लिभरपुलले मर्सिसाइड डर्बीमा एभर्टनलाई निराश पार्दै इङ्लिस प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटीसँगको अंक दूरी कम गरेको दिन आइतबार आर्सनलले उत्तरी लन्डन डर्बीमा टोटेनह्यामलाई पराजित गर्दै उत्कृष्ट लयलाई निरन्तरता दिएको छ।

बालाेन डी'अाेरकाे घाेषणा अाज, माेड्रिचकाे सम्भावना बलियाे

फुटबलको प्रतिष्ठित र चर्चित अवार्ड बालोन डी ओरको ६३ औं संस्करणको घोषणा सोमबार अर्थात आज राती हुँदैछ।

‘ए’ डिभिजन लिग : जावलाखेलको पहिलो जित

ब्रिगेड ब्वाइजमाथि १–० को संघषपूर्ण जित निकाल्दै जावलाखेल युथ क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित हात पारेको छ।

आर्मीको जितमा भरतको २ गोल, हिमालयन शेर्पाको पहिलो हार

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मीले हिमालयन शेर्पा क्लबलाई २–१ ले पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा आर्मीको जितमा दुवै गोल कप्तान भरत खवासले गरे।

‘ए’ डिभिजन लिग : थ्री स्टारको जितमा रन्जन नायक

रुस्लान थ्री स्टार क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागिय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई २–० ले पराजित गरेको छ।

‘ए’ डिभिजन लिग : पुलिसको सहज जितमा निरकुमारको २ गोल

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले न्युरोड टिम एनआरटीलाई ३–० ले पराजित गरेको छ।

दक्षिण एसियाली महिला फुटबल विराटनगरमा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन २७ बाट सुरु हुने पाँचौं  दक्षिण एसियाली महिला फुटबल (साफ) विराटनगरमा आयोजना गर्ने जनाएको छ।

बार्सिलोनाद्वारा पिएसभी पराजित, टोटेनह्यामको कठिन जित

च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले नेदरल्याण्ड्सको पिएसभीलाई २–१ ले पराजित गरेको छ। यसअघिनै अन्तिम १६ मा प्रवेश गरिसकेको बार्सिलोना जितसँगै समूह ‘बी’ को विजेता बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्