२३ आश्विन २०८१ बुधबार
image/svg+xml

फाल्गुनन्द गोल्डकप पुष २१ देखि, विजेताले ४ लाख पाउने

जिल्लाको प्रतिष्ठित फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको दशौँ संस्करण पुष २१ गतेदेखि हुने भएको छ।

प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलकाे उपाधि एपीएफलार्इ

छैटौं संस्करणको प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीकाे एपीएफ क्लबले जितेकाे छ।

म्यानचेष्टर सिटी च्याम्पियन्स लिगको अघिल्लो चरणमा प्रवेश

इङ्लिस क्लब म्यानचेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको अघिल्लो चरणमा प्रवेश गरेको छ। बुधबार राति सम्पन्न समूह ‘एफ’ को खेलमा फ्रान्सेली क्लब लियोनसँग २–२ गोलको बराबरी रोकिएपनि सिटी अन्तिम १६ मा स्थान बनाउन सफल भयो।

प्रधानसेनापति महिला फुटबल : उपाधिका लागि आर्मी र एपिएफ भिड्दै

प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको छैटौं संस्करणको उपाधिका लागि बुधबार (आज) दुई विभागिय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी र एपिएफबीच प्रतिस्पर्धा हुँदैछ।

‘ए’ डिभिजन लिग : सरस्वतीद्वारा ब्रिगेड ब्वाइज पराजित

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सरस्वती युथ क्लबले ब्रिगेड ब्वाइजलाई २–१ ले पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मंगलबार सम्पन्न पहिलो खेलमा सरस्वतीको जितमा बिनोद केसी र फ्रान्सिसले गोल गरे।

फाइनलमा अार्मी र एपिएफ भिड्ने

सशस्त्र प्रहरीको एपिएफ क्लब र त्रिभुवन अार्मी क्लब काठमाडौंमा जारी प्रधानसेनापति छैठौं अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधीका लागि प्रतिष्पर्धा गर्ने भएका छन्।

इटालियन सिरी ‘ए’ : युभेन्टस ९ अंकको अग्रता बनाउन सफल

साविक विजेता युभेन्टसले इटालियन लिग सिरी ‘ए’ फुटबलमा आफ्नो अपराजित यात्रा जारी राखेको छ। युभेन्टसले शनिबार राति सम्पन्न खेलमा स्पाललाई २–० ले पराजित गर्यो।

वेष्टह्याममाथि म्यानचेष्टर सिटीको फराकिलो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेष्टर सिटीले वेष्टह्याम युनाइटेडलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गरेको छ।

ला लिगा : रियाल एइबरसँग स्तब्ध

एइबरसँग स्तब्ध भएसँगै रियाल मड्रिडले स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ। ला लिगाअन्तर्गत शनिबार भएको खेलमा एइबरले रियाललाई ३–० ले निराश पारेको थियो।

‘ए’ डिभिजन लिगमा सरस्वतीको पहिलो जित, फ्रेन्ड्सको लगातार तेस्रो हार

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सरस्वती युथ क्लबले पहिलो जित निकालेको छ। हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा शनिबार सम्पन्न पहिलो खेलमा सरस्वतीले फ्रेन्ड्स क्लबलाई ३–० ले पराजित गरेको हो।

प्लानिङ ब्वाइज युनियनलाई प्रकाश स्मृति कप

दोलखा जिल्ला फुटबल संघलाई २–१ ले पराजित गर्दै पेप्सिकोलास्थित प्लानिङ ब्वाइज युनियनले प्रथम प्रकाश दाहाल स्मृति कप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ।

‘ए’ डिभिजन लिग : ब्रिगेड ब्वाइजकाे पहिलाे जित, एपिएफ स्तब्ध

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन राष्ट्रिय लिगमा ब्रिगेड ब्वाइजले पहिलो जित दर्ता गरेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको पहिलो खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै ब्रिगेडले १० खेलाडीमा सिमित एपिएफलाई ३–१ ले हराउन सफल भयो।

‘ए’ डिभिजन लिग : एनआरटीमाथि च्यासलको फराकिलो जित

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासल युथ क्लबले न्यूरोड टिम एनआरटीमाथि ५–१ को फराकिलो जित निकालेको छ। तेस्रो चरणको खेल चलिरहँदा च्यासलको यो पहिलो जित हो।

महिला फुटबलमा प्रदेश नम्बर ७ र ३ विजयी

प्रदेश नम्बर–७ र प्रदेश नम्बर–३ बुधबारबाट सुरु भएको प्रधानसेनापति छैटौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

‘ए’ डिभिजन लिग : तेस्रो चरणका खेल बिहीबारदेखि

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत बिहीबारदेखि तेस्रो चरणको खेल शुरु हुने भएको छ। तेस्रो चरणको खेल यही मङ्सिर ६, ७ र ८ गतेसम्म सञ्चालन हुनेछ। भोलि दुई खेल हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्