१४ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

इटालियन सिरी ‘ए’ : युभेन्टस ९ अंकको अग्रता बनाउन सफल

काठमाडौं – साविक विजेता युभेन्टसले इटालियन लिग सिरी ‘ए’ फुटबलमा आफ्नो अपराजित यात्रा जारी राखेको छ। युभेन्टसले शनिबार राति सम्पन्न खेलमा स्पाललाई २–० ले पराजित गर्यो।

२८ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोको गोलमा युभेन्टसले खेलमा अग्रता लिएको थियो। रोनाल्डोको क्लबका लागि यो १० औं गोल हो। पहिलो हाफमा १ गोलको अग्रता लिएको युभेन्टसका लागि ६० औं मिनेटमा मारियो मान्डजुकिकले गोल गरेपछि युभेन्टसले खेलमा २ गोलको अग्रता लिएको थियो। त्यसपछि निर्धारित र इन्जुरी समयसम्म दुवै टोलीबाट अन्य गोल नभएपछि युभेन्टस २–० ले विजयी भयो।

जितसँगै शीर्ष स्थानको युभेन्टसको १३ खेलबाट ३७ अंक भएको छ। युभेन्टसले तालिकामा स्पष्ट ९ अंकको अग्रता कायम गरेको छ। दोस्रो स्थानमा रहेको नापोलीको १२ खेलबाट २८ अंक छ। युभेन्टससँग पराजित स्पाल समान खेलबाट १३ अंकका साथ १५ औं स्थानमा छ।

प्रकाशित: ९ मंसिर २०७५ ०७:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App