९ मंसिर २०८१ आइतबार
image/svg+xml

तालबराही मन्दिर पूर्ननिर्माणः स्वरुप बदल्न पुरातत्त्वको रोक

फेवातालको बीचभागमा रहेको तालबराही मन्दिरको स्वरुप परिवर्तन गर्न पूरातत्व विभागले रोक लगाएको छ। तालबराही मन्दिर गुठीले मन्दिरको स्वरुप परिवर्तन गर्दै पूर्ननिर्माण थालेको थियो। तर, विभागले पूरानै स्वरुपमा मात्र मन्दिर निर्माण गर्न पाइने भन्दै स्वरुप बदल्न रोक लगाएको हो। विभागले स्वरुप परिवर्तन गर्न रोक लगाएपछि पूर्ननिर्माणको काम पनि रोकिएको छ।

पूर्ननिर्माण गरिँदै तालबराही, दुइदिनसम्म क्षमापूजा

फेवातालको बीचभागमा रहेको तालबराही मन्दिरको पूर्ननिर्माणको तयारी थालिएको छ। मन्दिर तीनइन्च दक्षिण ढल्किँदा जोखिम बढेको भन्दै पूर्ननिर्माण गर्न थालिएको हो। चैत पहिलो सातादेखि मन्दिर पूर्ननिर्माण थालिने तालबराही मन्दिर गुठीले बताएको छ। पूर्ननिर्माण सुरु हुनुअघि प्राण प्रतिष्ठा सहित मन्दिरमा दुइदिनसम्म क्षमा पुजा गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्