१० मंसिर २०८१ सोमबार
image/svg+xml

राष्ट्रपतिलाई प्रतिनिधि सभाको निर्वाचन परिणाम आजै बुझाउने आयोगको तयारी

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गर्ने भएको छ। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहितको टोलीले राती आठ बजे राष्ट्रपतिभवन शीतलनिवास पुगेर निर्वाचन परिणामको प्रतिवेदन बुझाउने तयारी गरेको आयोग प्रक्त नवराज ढकालले जानकारी दिए।

पूर्वराष्ट्रपति पार्ककी साथीलाई २० वर्ष जेल सजाय

दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति पार्क ग्युन हायकी नजिककी साथी चोई सुन–सिललाई २० बर्षको जेल सजाय तोकेको छ ।

जुमालाई राष्ट्रपतिबाट हटाउने सत्तारुढ दलको निर्णय

दक्षिण अफ्रिकाको सत्तारुढ दल अफ्रिकी नेसनल कंग्रेसले राष्ट्रपति ज्याकोब जुमालाई पदबाट हटाउने निर्णय गरेको छ ।रोयटर्स समाचार एजेन्सीले विभिन्न स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार जुमाको राजनीतिक भविष्यलाई लिएर भइरहेको अनेकौं उपशंकालाई चिर्दै मंगलबार सत्तारुढ दल अफ्रिकी नेसनल कंग्रेस (एएनसी)ले उनलाई राष्ट्रपति पदबाट हटाउने निर्णय गरेको हो ।

दक्षिण कोरियाली राष्ट्रपतिलाई किमको निम्तो

उत्तर कोरियाली नेता किम जोन उनले उत्तर कोरिया भ्रमणका लागि दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनलाई निम्तो गरेका छन्।

राष्ट्रियसभा निर्वाचनको मतपरिणाम राष्ट्रपतिलाई

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मत परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ।प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आइतबार राष्ट्रपति भण्डारीसमक्ष निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

किमले बहिनीमार्फत दक्षिण कोरियाली राष्ट्रपतिलाई पठाएको पत्रमा के छ ?

उत्तर कोरियाली नेता किम जोंग उनले दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनलाई निमन्त्रणासहितको विशेष पत्र पठाएका छन्। सोलस्थित राष्ट्रपतिको कार्यालय ब्लु हाउसका प्रवक्ताले बताएअनुसार किमले विन्टर ओलम्पिकका लागि दक्षिण कोरिया भ्रमणमा रहेकी आफ्नी बहिनी किम यो जोंगमार्फत राष्ट्रपति इनलाई निमन्त्रणासहित सम्बन्ध सुधार्ने चाहेको सन्देश पत्र पठाएका हुन्।

दक्षिण कोरियाली राष्ट्रपतिले भेटे किमकी बहिनी

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी कान्छी बहिनी किम यो जोंगसँग भेटवार्ता गरेका छन्।

भारत गुहार्दै माल्दिभ्सका पूर्व राष्ट्रपति

मालदिभ्समा विकसित पछिल्लो राजनीति घटनालाई सल्टाउन पूर्व राष्ट्रपति मोहम्मद नाशिदले भारतलाई गुहारेका छन्।

राष्ट्रपतिले गरिन धुर्मुसको एकीकृत बस्ती उद्घाटन (फोटो फिचर)

माघ २४ गते हस्तान्तरण गर्ने गरी निर्माण भएको एकीकृत नमुना सन्तपुर बस्तीको एक दिन अगावै उद्घाटन गरिएको छ। धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरेको रौतहट सन्तपुरस्थित मुसहर बस्तीको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन्।

दक्षिण अफ्रिकी राष्ट्रपति जुमाले राजीनामा नदिने

दक्षिण अफ्रिकी राष्ट्रपति जेकब जुमामाथि राजीनामा दिन दवाब बढेको भए पनि आफूले पद नत्याग्ने बताएका छन् ।

राजनीतिक बन्दीलाई रिहा गर्न आदेश, पूर्वराष्ट्रपतिको सजाय खारेज

माल्दिभ्सको सर्वोच्च अदालतले सरकारद्वारा बन्दी बनाइएका विपक्षी दलका नेताहरुलाई तत्काल रिहा गर्न आदेश दिएको छ। अदालतले राजनीतिक नेताहरूमाथि लगाइएको मुद्दा राजनीति प्रेरित भएको ठहर गर्दै रिहा गर्न सरकारलाई आदेश दिएको हो।

जोन तामाङको स्वास्थ्य स्थितिबारे राष्ट्रपतिद्वारा जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीले फुल्चोकी हाइकिङमा जाँदा बेपत्ता भएर सात दिनपछि भेटिएका बालक जोन तामाङको स्वास्थ्य स्थितिबारे जानकारी लिएकी छन्। तामाङको स्वास्थ्यको जानकारी लिन राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्मा बिएण्डबी अस्पताल पुगेका थिए।

राष्ट्रपतिलाई स्वराजको बधाई

नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन्। शुक्रबार मध्यान्ह शीतल निवासमा भएको भेटमा स्वराजले सफलतापूर्वक निर्वाचन सम्पन्न भएको भन्दै बधाई दिएकी थिइन्। भेटमा दुईपक्षीय सम्वन्धको बारे चर्चा भएको थियो।

यातायात व्यवसायलाई उद्योगसरह मान्यता दिनुपर्छ : उपराष्ट्रपति

उपराष्ट्रपति नन्दकिशोर पुनले यातायात व्यवसायलाई उद्योगसरह राज्यले मान्यता दिनुपर्ने बताएका छन् ।

उत्तर कोरिया अमेरिकाका लागि अझै पनि खतरा : राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबारको एक विशेष सम्बोधनका क्रममा उत्तर कोरिया अझै पनि अमेरिकाका लागि खतरा हुनसक्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्