२३ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रपतिलाई स्वराजको बधाई

काठमाडौं- नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन्। शुक्रबार मध्यान्ह शीतल निवासमा भएको भेटमा स्वराजले सफलतापूर्वक निर्वाचन सम्पन्न भएको भन्दै बधाई दिएकी थिइन्। भेटमा दुईपक्षीय सम्वन्धको बारे चर्चा भएको थियो।

बिहीबार नेपाल आएकी स्वराजले एमाले अध्यक्ष केपी ओली र राजपाका नेताहरुलाई हिजो नै सोल्टी होटलमा भेटेकी थिइन्। यस्तै आज विहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटिन्। एमाले अध्यक्ष ओलीले हिजो स्वराजलाई रात्री भोज दिएका थिए।

प्रकाशित: १९ माघ २०७४ ०७:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App