८ आश्विन २०८१ मंगलबार
image/svg+xml

ताप्लेजुङमा अलैंचीबाट १३५ करोड

ताप्लेजुङको अलैंची जोनले ढाकेको क्षेत्रमा उत्पादित अलैंची बिक्रीबाट पछिल्लो भर्खरै सकिएको आर्थिक वर्षमा किसानले १३५ करोडभन्दा बढी आम्दानी लिएका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैंची जोन ताप्लेजुङले शनिबार एक विवरण सार्वजनिक गर्दै यो उक्त जानकारी हो।

ताप्लेजुङमा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ४७

ताप्लेजुङमा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ४७ मा झरेको छ। जिल्ला प्रशासन कार्यालयले बिहीबार अपरान्ह सार्वजनिक गरेको विवरण अनुसार १ हजार ६ सय ४१ जना संक्रमित भएकोमा १ हजार २ सय ८० जना संक्रमणमुक्त भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले अघिल्लो आव भन्दा बढी राजश्व उठायो

ट्राफिक नियम उल्लंघन गर्नेहरुको संख्या गत आर्थिक बर्ष भन्दा कम भएपनि जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले राजश्व रकम भने चालू आर्थिक बर्ष २०७७/०७८ मा गत आवमा भन्दा बढी संकलन गरेको छ।

ताप्लेजुङमा कोरोना संक्रमणको अवस्थाः शहरमा नियन्त्रणोन्मुख, गाउँमा बढेको बढ्यै

शहरी क्षेत्रमा नियन्त्रण उन्मुख देखिएको कोरोना संक्रमण अहिले ताप्लेजुङका गाउँ–गाउँमा भने ब्यापक भएको छ।

प्रशासनले भन्यो ‘लगातार पानी परिरहेको छ, सावधान हुनू’

निरन्तर वर्षा भइरहेकोले जोखिम निम्तन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जोखिमपूर्ण स्थानमा रहेका बासिन्दालाइ चनाखो हुन,सावधानी र होसियारी अपनाउन अपिल गरेको छ।

वन हर्टद्वारा ताप्लेजुङका जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग

वन हर्ट कार्यक्रमले ताप्लेजुङका ९ स्थानीय तहसहित जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयलाई साढे १२ लाख बढीको स्वास्थ्य सामग्री सहयोग गरेको छ। वन हर्ट नवजात शिशु र आमाको स्वास्थ्य प्रर्वद्धन,स्वास्थ्यकर्मीहरुको क्षमता विकास र स्वास्थ्य संस्थाहरुको भौतिक पूर्वाधार तथा उपकरणमा सहयोग गर्ने दातृ निकाय हो।

संक्रमितका घरघरमा पुगेर आयुर्वेद औषधि वितरण

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङले यहाँका कोरोना संक्रमितलाई घर–घरमै पुगेर आयुर्वेद औषधि वितरण गर्न थालेको छ।

असार १३ बाट ताप्लेजुङ अस्पतालले ओपिडीसहितका सेवाहरु सुरु गर्ने

कोरोना संक्रमणको दर केही मथ्थर हुन थालेको भन्दै ताप्लेजुङ जिल्ला अस्पतालले आउँदो आइतबारबाट ओपिडीसहितका सबै सेवा सुचारु गर्ने भएको छ।

ताप्लेजुङमा १४ असारसम्म निषेधाज्ञा, बैंकिङ सेवा ५ बजेसम्म खुल्ला रहने

निषेधाज्ञाका सर्तहरु पहिले भन्दा झन् खुकुलो बनाउँदै ताप्लेजुङमा १४ असार सम्मका लागि निषेधाज्ञाको अवधि थप गरिएको छ। यसअघि स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर ६ बजे देखि १२ बज सम्म खुल्दै आएका खाद्यान्न सहितका बजार पसल बिहान ६ बजे देखि दिउँसो १ बजे सम्म खुल्ने भएका छन्

ताप्लेजुङमा पहिलो चरणमा साढे अठार सयलाई भेरोसेल खोप लगाइने

स्वास्थ्य कार्यालय ताप्लेजुङले बुधवार सञ्चारकर्मीसंग अन्तरक्रिया गर्दै जिल्ला अस्पतालमा रहेको खोप केन्द्र सहित पालिकाका खोप केन्द्रहरुमार्फत खोप दिइने जनाएको हो।

विद्यार्थीद्वारा ताप्लेजुङ अस्पताललाई ४ लाख ७० हजार बराबरको सहयोग

देवकोटाको सृजनाको त्यहिँ भावलाई कामले पुष्टी गर्दै ताप्लेजुङको फुङलिङस्थित कञ्चनजंघा बोर्डिङ स्कुलमा अध्ययन गर्ने २०६१ सालमा एसएसलसी उतिर्ण विद्यार्थीहरूको समूह मिलेर ताप्लेजुङ अस्पताललाई ४ लाख ५० हजार बढी रकम सहयोग गरेका छन्।

कोरोना संक्रमणको अवस्था बुझ्न वडा–वडामा पुग्दै सिरिजङ्घा

समुदाय स्तरमै कोरोना संक्रमण फैलन थालेको आशंकामा ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले वडा–वडामै पुगेर परीक्षण सुरु गरेको छ।

ताप्लेजुङमा संक्रमणबाट थप एकजनाकाे मृत्यु, मृतक संख्या ८ पुग्यो

दोस्रो भेरियन्ट सुरु भएयता ताप्लेजुङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ। आइतवार थप एकजना कोरोना संक्रमित वृद्धाको मृत्यु भएपछि सो संखया ८ पुगेको हो।

पालिकाका स्वास्थ्यकर्मीलाई स्वतस्फुर्त खटिइदिन ताप्लेजुङ अस्पतालको आह्वान

ताप्लेजुङ जिल्ला अस्पतालले जिल्ला अस्पतालको कोभिड–१९ र कोभिड बाहेकका बिरामीको उपचारमा स्वतस्फुर्त खटिइदिन जिल्ला भरका सबै पालिकाका स्वास्थ्यकर्मीहरुलाई आह्वान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्