१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

एजुकेसन हब बन्यो भक्तपुरको लिवाली क्षेत्र

भक्तपुरको लिवाली क्षेत्र एजुकेसन हब (शैक्षिक केन्द्र) बनेको छ। भक्तपुर नगरपालिका २ स्थित सानो क्षेत्रफलको यस ठाउँमा शिशु स्याहार केन्द्रदेखि इन्जिनियरिङ कलेजसम्म छन्। १०–२० मिनेट हिँडेर चक्कर लगाउन सकिने यो ठाउँमा नौवटा शैक्षिक संस्था सञ्चालनमा छन्।

साझाले माग्यो भक्तपुरमा रुट परमिट, व्यवसायीले भने- 'भक्तपुरमा चल्न दिँदैनौं'

साझा यातायातले भक्तपुरमा साझा बस सञ्चालनका लागि यातायात व्यवस्था विभागसँग रुट परमिट (इजाजत) मागेको छ। स्थानीय जनताले साझा बसको माग गरेकाले भक्तपुर क्षेत्रमा रुट परमिटका लागि विभागसँग पत्राचार गरेको साझाले जनाएको छ।

भक्तपुरमा ईट्टाभट्टाका मजदुरद्वारा आत्महत्या

विहीबार विहान आठ बजे भक्तपुरको चाँगुनारायण नगरपालिका ५ खरिपाटी घुमाउनेस्थित ईट्टाभट्टामा काम गर्ने एकजना मजदुरले झुण्डिएर आत्महत्या गरेका छन् । दाङ घर भई हाल चाँगुनारायण नगरपालिका –५ स्थित जयशंकर ईट्टाभट्टमा काम गर्ने गोपाल चौधरीले नजिकैको पैयुको रुखमा घाँटीमा गलबन्दीको पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

भक्तपुरमा फरक फागु

आज आइतबार भक्तपुरवासी फरक किसिमले फागु मनाउँदै छन्। यहाँका स्थानीयले भीमसेनको लिंगको प्रतीकस्वरुप करिब तीन हात लामो र ३० इन्च मोटो काठको लिंगलाई नगर परिक्रमा गराएर फागु मनाउँछन्।

ट्रकको ठक्करमा भक्तपुरमा दुई जनाको मृत्यु

दूधपाटीबाट काठमाडौं फर्कदै गरेको दुई मोटरसाइकललाई सल्लाघारीबाट दूधपाटी जाँदै गरेको मिनिट्रकले भक्तपुरको सल्लाघारीमा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

भक्तपुरमा यातायात कार्यालय सञ्चालनमा

यातायात व्यवस्था विभागले जगातीबाट सवारी चालक अनुमतिपत्र सम्बन्धी सम्पूर्ण काम गर्ने गरी आजबाट शाखा कार्यालय खोलेको छ । अरनिको राजमार्गसँगै रहेको सो कार्यालय आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले उद्घाटन गरेका हुन्।

स्थानीयको अवरोधले काठमाडौँ–भक्तपुर जोड्ने चार ठूला पुल निर्माण अलपत्र

स्थानीयको अवरोधका कारण भक्तपुरलाई चौतर्फी रुपमा जोड्ने चार वटा ठूला पुल निर्माण अलपत्र परेको छ । चारमध्ये तीन वटा ठूला पुल काठमाडौँ–भक्तपुर जोड्ने पुल हो भने एक वटा भक्तपुरका दुई नगरपालिका जोड्ने पुल हो ।

भक्तपुरमा भूत भेटिएपछि...

दिउँसो झण्डै ११ बजेको समय थियो। ठाउँं थियो, भक्तपुर नगरपालिका ५ देकोचा। पहिलादेखि नै दुई वटा चिहान थियो त्यहाँं। त्यही ठाउँंमा शनिबार दिउँसै एक्कासी डरलाग्दो आवाज गुन्जियो । नभन्दै चिहानभित्रका दुई वटा शवको आवाज निस्कियो। तिनीहरु कुराकानी गर्न थाले। उनीहरुमध्ये एकजनाले भन्दै थिए, यहाँं मानिसहरु कोही छैनन्, सुनसान छ, जाँउ एकछिन उठेर बाहिर। यतिकैमा उनीहरु उठेर आए। हेर्दै डरलाग्दा दुई वटा भूतहरु दिनदहाडै बाहिर निस्के।

चिनियाँ टोलीद्वारा भक्तपुर दरबारस्क्वायरको भ्रमण

नेपालको तीनदिने भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति तथा प्रकाशन विभागका प्रमुख, राजनीतिक सचिवालयका सदस्य ल्यु छिपाओ सहितको टोलीले आज विश्व सम्पदासूचीमा रहेको भक्तपुर दरबारस्क्वायर र तौमढी क्षेत्रको अवलोकन गरेको छ।

भक्तपुरमा सामूहिक बेलविवाह

नेवारी परम्परा अनुसार भक्तपुरमा पछिल्लो समय सामूहिक बेलविवाह भइरहेको छ। यो साता भक्तपुर नगरपालिका–८ चासुखेलमा ५५ जना बालिकाको सामूहिक बेलविवाह भएको छ। यसअघि मंसिर १० गते भक्तपुर चोफलीमा ९५ जना बालिकाको सामूहिक बेलविवाह भएको थियो।

भक्तपुरबाट ५ लाखसहित २१ जुवाडे पक्राउ

सूर्यविनायक नगरपालिका–५ पाण्डुबजारस्थित सलामसिंह लामाको घरमा जुवा खेल्दै गरेको अवस्थामा २१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुरमा मुटुको सफल शल्यक्रिया

भक्तपुरको दूधपाटीस्थित राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रले पहिलोपटक मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ । वरिष्ठ मुटु चिकित्सक डा मोहनदेव भण्डारी, डा सम्पूर्णमान तुलाधर, डा प्रेमराज वैध, मुटुरोग विशेषज्ञ डा कार्तिकेशकुमार ठाकुर, एनेस्थेसियोलोजिस्ट डा सन्दिप भण्डारीलगायत चिकित्सक टोलीले शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको केन्द्रले बुधबार जनाएको हो ।

भक्तपुरमा अनुदान सम्झौता

भूकम्पको १८ महिनापछि बिहीबारदेखि भक्तपुरमा भूकम्पपीडितसँंग राहत अनुदान सम्झौता सुरु हुने भएको छ। अनुदान सम्झौताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको भूकम्पीय आवास पुननिर्माण प्राधीकरण जिल्ला आयोजना कार्यालय इकाई भक्तपुरले जनाएको छ।

भक्तपुरमा आजबाट दसैँ विसर्जन

जयादशमी अर्थात् टीकाकोे दिन महिषासुर दैत्यको प्रतीकका रूपमा खःमेथ (राँगो)लाई नवदुर्गा मन्दिरबाट लखेट्दै ब्रह्मायनी मन्दिर लगेर वध गरी जम्मा गरिएको रगत आज बिहान नवदुर्गा देवगणलाई चढाएर दसैँ विसर्जन गरिएको छ ।

भक्तपुरको हिम इलेक्ट्रोनिक्समा आगलागी

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर थिमी राधेराधे नजिकैकै एउटा कारखानामा आइतबार विहानै आगलागी भएको छ । राधेराधे नजिककैको मध्यपुर थिमी नगरपालिका– १३ स्थित हिम इलेक्ट्रोनिक्समा विहान सवा दुई बजेतिर आगलागी भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्