१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

भक्तपुरमा सामूहिक बेलविवाह

भक्तपुर- नेवारी परम्परा अनुसार भक्तपुरमा पछिल्लो समय सामूहिक बेलविवाह भइरहेको छ। यो साता भक्तपुर नगरपालिका–८ चासुखेलमा ५५ जना बालिकाको सामूहिक बेलविवाह भएको छ। यसअघि मंसिर १० गते भक्तपुर चोफलीमा ९५ जना बालिकाको सामूहिक बेलविवाह भएको थियो।

नेवार समुदायमा चारदेखि नौ वर्षभित्रको उमेरमा कन्या बालिकाहरुको बेलसँंग विवाह गराइदिनु पर्छ। यो उनीहरुको पहिलो विवाह हो। यो दुई दिन चल्छ। बेलविवाह जाडो याममा हुने गरेको छ।

चोफली र चासुखेलपछि अहिले भक्तपुरका अन्य टोलमा यस्तो विवाह भइरहेको छ। याछें, च्याम्हासिंह, बाराहीस्थान, नारायण चोकलगायत टोलमा पनि सामूहिक बेलविवाहको तयारी थालिएको छ।

आइतबार चासुखेलमा सम्पन्न भएको सामूहिक वेलविवाहको आयोजक श्री चण्डेश्वरी भजन मण्डलका सदस्य नेम ताम्राकारले बेलविवाहमा भक्तपुरका विभिन्न टोलसहित काठमाडौं उपत्यकाका विभिन्न ठाउँंका कन्याहरुको बेल विवाह गराइदिएको जानकारी गराए। विभिन्न माध्यमबाट प्रचारप्रसार गरी ती कन्याहरु भेला गराई सामूहिक विवाह गराइएको उनले जनाए।

बेलविवाहका संयोजक राजकुमार दुवालले दुई महिनाको तयारीपछि सामूहिक विवाह कार्य सम्पन्न भएको जानकारी दिए। जोशी, आचार्य, शर्मालगायतबाट साइट देखाएर जुराएपछि वेलविवाहको मिति निश्चित गरी विवाह कार्य गरेको उनले जनाए।

बेल विवाहमा बेलसँगै सुनको प्रतिमा राखेर सूर्यनारायणलाई अर्पण गरी सुवर्णकुमारसँग विवाह गराई कन्यादान गरिने चलन छ। कन्यादान कार्यमा प्रत्येक वालिकाका मातापितासहित परिवारजन तथा आफन्त गरी सयौंको सहभागिता रहन्छ। यो बेला विवाह हेर्न आउनेहरुको संख्या पनि उतिकै रहन्छ।

यो विवाहको मुख्य आकर्षण र विशेषता मित लगाउने कार्य हो। विवाहमा विभिन्न ठाउँंबाट सहभागी अपरिचित बालिकाहरुबीच मित लगाइने प्रचलन छ। विवाहमा सहभागी एउटा कन्या र त्यसैमा सहभागी अर्की मनपर्ने कन्यावीच मित लगाइने गरिन्छ। मित लगाएपछि उनीहरुबीचे समन्ध जीवनभर चल्ने परम्परा छ। बेलाबेलामा हुने विवाह, ब्रतबन्धलगायतका भोजमा मितलाई पनि आफन्तलाई जस्तै डाक्नुपर्ने परम्परा छ।

सस्कृतिविदे ओम धौभडेल वेलसँंग विवाह गरिने भएकाले नेवार समुदायकी महिला कहिले पनि विधुवा नहुने विश्वास रहेको बताउँंछन्। पतिको मृत्यु भए पनि उनी विधवा नहुने मानिने उनको कथन थियो।  ्नेवारी समुदायमा बेल विवाहलाई विभिन्न कर्ममध्येको एक महत्वपूर्ण कर्म मानिन्छ। बिषगरी रजस्वला हुनु अगाडि कन्याको बेल विवाह गर्ने प्रचलन छ।

प्रकाशित: २३ मंसिर २०७३ ०३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App