१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

भक्तपुरमा नेमकिपाको चुनाव चिन्ह नभएको मतपत्र

नेपाल मजदुर किसान पार्टीको गड मानिएको भक्तपुरमा सो पार्टीको चुनाव चिन्ह नै नभएको मतपत्र फेला परेको छ । चाँगुनारायण नगरपलिका वडा नं ६ नगरकोटमा नेमकिपाको चुनाव चिन्ह नै नभएको मतपत्र फेला परेको हो ।

भक्तपुरमा शक्तिशाली बम विस्फोट

शुक्रबार बिहान भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोटमा अज्ञात समूहले शक्तिशाली बम विस्फोट गराएको छ। बम विस्फोटबाट राप्रपा नेता माधव खत्रीको घरमा क्षति पुगेको छ।

भक्तपुरको तेखापुखुमा भीषण आगलागी

भक्तपुर नगरपालिका वडा नं १ तेखापुखुमा गएराति २ बजेदेखि भीषण आगलागी भएको छ । इन्द्र शिल्पकारको घरबाट खाना पकाउने काठको भुस बलेर आगलागी सुरु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए।

भक्तपुर नगरपालिका : विश्वविद्यालय मुख्य अजेन्डा

भक्तपुर नगरपालिका नगर कार्यपालिकाका मेयरका उम्मेदवारले भक्तपुरमा विश्वविद्यालय स्थापनाको अजेन्डा ल्याएका छन्। भक्तपुर नगरपालिकामा उम्मेदवार बनेका मजदुर किसान पार्टी, माओवादी केन्द्र, नेपाली कांग्रेसलगायतका नेताले ख्वप विश्वविद्यालय स्थापनाको अजेन्डा अघि सारेका हुन्।

भक्तपुरका उम्मेदवारमा शिक्षकको बाहुल्य

भक्तपुर नगरपालिकाका उपमेयरका उम्मेदवार रजनी जोशी ख्वप इन्जिनियरिंग कलेज लिवाली भक्तपुरकी उपप्राचार्य हुन्।

भक्तपुरमा पूर्व सभासद उम्मेदवार, मध्यपुर थिमिमा कांग्रेसविरुद्ध तीन पार्टीको संयुक्त प्यानल

भक्तपुरका चार वटा नगरपालिकामध्ये एउटा नगरपालिकामा संयुक्त प्यानलको उम्मेदबारी दर्ता भएको छ । काँंग्रेस पकड क्षेत्रको रुपमा रहेको मध्यपुर थिमि नगरपालिकामा काँंग्रेसविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल मजदुर किसान पार्टी र एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवदीवीच संयुक्त प्यानलको उम्मेदबारी दर्ता भएको छ।

भक्तपुरमा उम्मेद्वार छान्दै दलहरू

स्थानीय निकायको निर्वाचन नजिकिएसँगै भक्तपुरका राजनीतिक दललाई उम्मेदवार छान्न भ्याइनभ्याई भएको छ । दलहरु वडा वडाबाट उम्मेदवारको नामावली सङ्कलन गर्दै जिल्लामा पठाउने काम व्यस्त छन् ।

भक्तपुर-कलंकी रूटमा जान मान्दैनन चालक

राजधानीको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको परीक्षा दिन भक्तपुर सुडालकी सबिना बानियाँ बिहान ७:३० बजे घरबाट निस्कन्छिन्। कीर्तिपुर जाने बस समाउन उनलाई च्यामासिंह पुग्नुपर्छ। तर, बिहानै हतारिएर हिँडेकी बानियाँले कहिल्यै पनि समयमा बस पाउँदिनन्।

जात्रामय भक्तपुर

चैत मसान्तमा भेलुखेलमा लिंगो उठाउँदा होस् वा वैशाख १ गते लिंगो ढाल्दा, दुवैमा नगरवासीको उत्साह उस्तै थियो। दुवै दिन संस्कृति उभिएको थियो।

भक्तपुरको बिस्केट जात्रा हेर्न बिहानैदेखि भीड

नेपालको प्राचीन सहर भक्तपुरमा प्रत्येक नयाँवर्षमा परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा शुक्रबार बिहानैदेखि सुरु भएको छ ।

भक्तपुरमा आठरात नौ दिन मनाइने बिस्केट जात्रा सुरु (फोटो फिचर)

नयाँ वर्षको आगमनसंगै सुरु हुने भक्तपुरको प्रसिद्घ ऐतिहासिक, साँस्कृतिक एवम् तान्त्रिक महत्व बोकेको लिच्छवीकालीन बिस्केट जात्रा सुरु भएको छ। सोमबार अपराह्न ५ बजे तौमढीबाट भैरव नाथको रथ तानेर हर्षोल्लासका साथ जात्रा सुरु भएको हो।

आजदेखि भक्तपुरमा बिस्केट जात्रा सुरु

प्रत्येक वर्ष नयाँं वर्षको आगमनसँंगै भक्तपुरमा हुने बिस्केट जात्रा सोमबारदेखि सुरु हुँंदैछ। भक्तपुरको पाँंचतल्ले मन्दिर अगाडि राखेर बनाइएको भैरवनाथको रथलाई तानेर जात्रा सुरु हुनेछ। रथलाई सोमबार साँंझ तान्न सुरु गरेसँंगै आठ रात नौ दिन लामो भक्तपुरको बिस्केट जात्रा सुरु हुनेछ।

साझाले अझै पाएन भक्तपुर जाने इजाजत

साझा यातायातले भक्तपुरमा गुड्ने इजाजत अझै पाउन सकेको छैन। साझाले गत फागुन ३० गते यातायात व्यवस्था विभागलाई पत्र काटेर इजाजतका लागि अनुमति मागे पनि भौतिक पूर्वाधार  तथा यातायात मन्त्रालय र विभाग कर्मचारीको बेवास्ताले इजाजत पाउन नसकेको हो।

भक्तपुरमा ट्राइथोलन खेल हुने

नयाँ वर्षको अवसरमा भक्तपुरमा ट्राईथोलन खेल हुने भएको छ। भक्तपुर ट्राइथोलन संघले खेल क्षेत्रबाट पर्यटन प्रवर्द्ध गर्ने उद्देश्य राखेर उक्त खेल सञ्चालन गर्न लागेको मंगलबार भक्तपुरमा पत्रकार भेटघाट गरी जानकारी दिएको हो ।

भक्तपुरमा कृषि मेला तथा प्रदर्शनी हुने

भक्तपुरलगायत उपत्यकाका किसानलाई एउटै ठाउँबाट सेवा पुर्याउने उद्देश्यले जिल्ला कृषि सहकारी संस्था लिले दोस्रो ‘कृषि मेला तथा प्रदर्शनी २०७३’ को आयोजना गर्ने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्