१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

भक्तपुरमा ट्राइथोलन खेल हुने

भक्तपुर– नयाँ वर्षको अवसरमा भक्तपुरमा ट्राईथोलन खेल हुने भएको छ। भक्तपुर ट्राइथोलन संघले खेल क्षेत्रबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखेर उक्त खेल सञ्चालन गर्न लागेको मंगलबार भक्तपुरमा पत्रकार भेटघाट गरी जानकारी दिएको हो । 

भक्तपुर ट्राइथोलन संघका उपाध्यक्ष ईन्जिनियर कृष्णभक्त दुवाललले बिस्केट जात्राको रौनकतासँगै नयाँ वर्षलाई स्वागत गर्नुका साथै खेल क्षेत्रबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ उक्त खेल सञ्चालन गर्न लागेको जनाए । उनले ट्राईथोलन खेल नेपालीका माँझ नौलो खेल समेत भएको र हरेक ब्यक्ति स्वस्थ रहन यो खेलले मद्दत पुग्ने बताए । भक्तपुरको बिस्केट जात्राको अवसरलाई सदुपयोग गर्दै उक्त खेल आयोजना गरिएको उनले बताए ।

अन्तराष्ट्रिय ट्राईथोलन युनियन प्राविधिक धनेश प्रजापतिले उक्त खेल आयोजना दौड र साइकल चलाउँदै र पौडी खेलेर खेलिने खेल भएको बताए । खेलमा तीन विधा भएता पनि दुई विधालाई मात्र समावेश गरेर खेल सञ्चालन गर्न लागेको उनले बताए । 

भक्तपुरमा पहिलो पटक उक्त खेल सञ्चालन गर्न थालिएको उनले जनाए ।  झण्डै तीन सयभन्दा बढी खेलाडीको सहभागिता रहेको उनले बताए । खेलमा प्रथम हुनेलाई १० हजार, द्वितीय हुनेलाई ५ हजार र तेस्रो हुनेलाई ३ हजार राशीको पुरस्कार प्रदान गरिने सम्मेलनमा जनाइयो। खेलमा दुई जना ईमर्जीङ खेलाडीलाई पाँच पाँच हजारको राशीको पुरस्कारको व्यवस्था गरिएको जानकारी दिइयो ।  

 

प्रकाशित: २२ चैत्र २०७३ १०:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App