४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

च्याउखेती गर्न प्राविधिक ज्ञानको कमी

च्याउखेतीबाट मनग्य आम्दानी गर्नसक्ने सम्भावना हुँदाहुँदै ज्ञान र प्रविधिको कमीले किसानले पर्याप्त फाइदा लिन सकेका छैनन्।

राष्ट्रियसभा सदस्य मनोनयनको निर्णय सच्याउन माग

नेपाली काँग्रेसका भातृ एवं शुभेच्छुक संस्थाले काँग्रेस नेतृत्वको अघिल्लो सरकारले राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरेका व्यक्तिलाई मनोनयन नगर्नु संविधानको मर्म र भावना विपरित भएको आरोप लगाएका छन्।

निर्वाचन आयोगका कमजोरी सच्याउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका क्रममा देखापरेका विकृतिबारे जनस्तरबाट उठेका टिप्पणीप्रति ध्यान दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन्।

शिक्षण पेसा छाडेर च्याउखेती

२०७२ को वैशाखमा आएको विनाशकारी भूकम्पबाट विस्तापित भएर साल्मे, भाल्चे, लच्याङबाट विदुरको सिम्बुटार झरेर बनाइएका बाक्ला टहराहरु । टहराबाट तप्पतप्प झर्ने शीतसँगै साल्मेका दिलमान तामाङकोे जागरिला हात । उमेरले ६० लागिसकेका तामाङको हिम्मत र जागरले फक्रिरहेका कन्य जातका च्याउले भने झै लाग्छ, नगरे के हुन्न र ?

तीन दलको समानुपातिक सूचीमा त्रुटी, सच्याउन दुई दिनको समय

निर्वाचन आयोगले तीन राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीको समावेशी समूहको प्राथमिकता क्रमलगायत आधारमा उम्मेदवार छनोट गरी नाम सिफारिश गर्न पुनःदुई दिनको समय दिएर पत्राचार गर्ने निर्णय गरेको छ।

आम्दानीको स्रोत बन्दै च्याउखेती

धादिङको धुनीबेसी नगरपालिका–९ सिम्लेफाँटका दिपेश लामाले च्याउखेतीबाट मासिक ३० हजार कमाउँछन् । गाउँमा काम नपाएपछि भौंतारिएका उनले पाँच रोपनी जग्गा भाडामा लिएर च्याउखेती सुरु गरेका थिए । विदेश जाने तरखरमा रहेका उनले साथीको सल्लाहमा च्याउखेती गरेका हुन् । अहिले उनी गाउँमै उदारणीय बनेका छन् ।

समानुपातिकले राजपामा तनाव, सूची सच्याउन माग गर्दै धर्ना

पार्टीले पेश गरेको सामानुपातिक सूचीले राष्ट्रिय जनता पार्टी (राजपा) मा विवाद सुरु भएको छ। समानुपातिक सूचीमा परेका केही नामहरु तत्काल हटाउनु पर्ने माग नेता कार्यकर्ताहरुले गरेका छन्।

क्षेत्र निर्धारण आयोगको प्रतिवेदन सच्याउन फोरमको माग

संघीय समाजवादी फोरम, नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन सच्याउन माग गरेको छ। फोरम अध्यक्ष उपेन्द्र यादवले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रतिवेदनले जनसंख्या र भूगोलको सन्तुलन नमिलाएको, सामाजिक संरचनालाई विगारेको, मधेसमा मधेसी वाहुल्य क्षेत्रहरुलाई टुक्राटुक्रा गरी गैरमधेसी वहुल क्षेत्रमा गाभ्ने काम गरी मधेसमा मधेसी समुदायको प्रतिनिधित्वलाई न्यून पार्ने प्रयास उल्लेख गरिएको छ।

विषालु च्याउ खाँदा एकै परिवारका पाँचजना बिरामी

विषालु च्याउ खाँदा सिरहा गोलबजार नगरपालिकास्थित टुर्कियामा एकै परिवारका पाँचजना सिकिस्त बिरामी परेका छन्।

जंगली च्याउ खाँदा दुईको मृत्यु

निस्दी गाउँपालिका–४ मित्यालमा जंगली च्याउ खाएका एक बालक र हजुरआमाको मृत्यु भएको छ। जंगली च्याउ खाँदा बिरामी परेका ४५ वर्षीय ऋषिसरा गाहा र साढे दुई वर्षीय बालक रुपेश गाहा भएको हो।

जंगली च्याउ खाँदा शिक्षकको मृत्यु, ११ बिरामी

जंगली च्याउ खाँदा रामपुरमा एक शिक्षकको मृत्यु भएको छ। एघार जना बिरामी भएका छन्।

जंगली च्याउ खाँदा पाँच बिरामी

नुवाकोटको मेघाङ गाउँपालिका –३ देउरालीमा जंगली च्याउ खाँदा ५  जना विरामी परेका छन् । बिरामी पर्नेहरूमा वीरबहादुर तामाङ, उनको श्रीमती सुमित्रा तामाङ र छोरा कमला तामाङ छिमेकी घरका शुकुमाँया तामाङ र उनको  नातिनी चाँदनी तामाङ रहेका छन् ।

निउरो, सिस्नु र जङ्गली च्याउ बेचेर पढाइखर्च

काँकु सोलुखुम्बुका– १२ वर्षीय पेमनुरु शेर्पाले आज सदरमुकामस्थित साप्ताहिक हाटमा ५० मुठा निउरो बेचे । प्रतिमुठा २० रुपैयाँका दरले एक हजार रुपैयाँ कमाएका उनले बजार आउदा खाजा÷खाना खाएर बचेको ६ सय रुपैयाँले कापी÷कलम किनेर लैजाने बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्