६ आश्विन २०८१ आइतबार
image/svg+xml

धरानमा बास्केटबल क्रेज बढ्दो

राष्ट्रिय खेलकुद परिषद्ले धरान १६ स्थित रंगशालामा मिनी कभर्ड हल बनाएको थियो। जसमा तेक्वान्दो, कराते, उसु खेल मात्र प्रशिक्षण गराउन मिल्थ्यो। गत आर्थिक वर्ष २०७५÷७६ मा धरान नगर खेलकुद विकास समितिले थप २० लाख लगानी गरेर सुविधासम्पन्न बास्केटबल कोर्टसमेत बनायो।

फुटबलमा नन्दबक्स विजयी

सुर्खेतस्थित उत्तरपश्चिम पृतना हेडक्वार्टरको आयोजनामा भइरहेको ‘पृतनापति ट्रफी खेलकुद प्रतियोगिता–२०७६’ अन्तर्गत बुधबार भएको फुटबलतर्फ जुम्लाको नन्दबक्स गण विजयी भएको छ ।

उपत्यकाव्यापी बास्केटबल सुरु

पाँंचौ एभरेष्ट उपत्यकाव्यापी आमन्त्रण बास्केटबल प्रतियोगिता विहीबारदेखि भक्तपुरमा सुरु भएको छ।प्रतियोगिताको उदघाटन खेलमा जुनियर गल्र्सतर्फ जनप्रेमी स्कुललाई पराजित गरी ग्रामर स्कुल विजयी भयो।

कीर्तिपुरको पहिलो जित

अतिरिक्त समयमा विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै कीर्तिपुर बास्केटबल टिमले राजधानीमा जारी नेपाल बास्केटबल लिगमा पहिलो जित निकालेको छ।

पुलिसको पहिलो जित

विभागीय टोली नेपाल पुलिस क्लबले राजधानीमा जारी नेपाल बास्केटबल लिगमा पहिलो जित निकालेको छ। महाराजगन्जस्थित नेपाल पुलिसको कोर्टमा भएको दिनको पहिलो खेलमा पुलिसले साउथ साइडर्स बास्केटबल क्लबलाई ७८–५८ को स्कोरले हराउँदै प्रतियोगितामा पहिलो जित निकाल्न सफल भएको हो। यसअघि सम्पन्न दुई खेलमा पराजित भएको पुलिले साउथ साइडर्समाथि पहिलो क्वार्टरमा २६–१२ फराकिलो जित निकालेको थियो।

गोल्डेन गेटको दोस्रो जित

दी रोयल बास्केटबल क्लबलाई अतिरिक्त समयको खेलमा ११–६ को स्कोरले हराउँदै गोल्डेन गेट इन्टरनेसनल कलेजले नेपाल बास्केटबल लिगमा दोस्रो जित निकालेको छ।

आर्मीको लगातार तेस्रो जित

विभागीय टोली त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी क्विक्स नेपाल बास्केटबल लिगमा लगातार तेस्रो जित निकालेको छ। भद्रकालीस्थित आर्मीको घरेलु कोर्टमा बुधबार भएको तेस्रो खेलमा पाहुना टोली कीर्तिपुर बास्केटबल टिमलाई ७८–५८ को स्कोरले पराजित गर्दा जारी प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको हो।

आर्मीको विजयी सुरुआत

साबिकको विजेता गोल्डेन गेटलाई उसैको कोर्टमा पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लबले शनिबारबाट सुरु भएको दोस्रो संस्करणको क्विक्स नेपाल बास्केटबल लिगमा विजयी सुरुआत गरेको छ।

वैशाख पहिलो साताबाट ५५ दिने बास्केटबल लिग

वैशाखको पहिलो सातादेखि ५५ दिने नेपालको सबैभन्दा लामो नेपाल बास्केटबल लिग हुने भएको छ। प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पडिसिएन) को आयोजनामा करिब दुई महिना लामो नेपाली खेलकुदमा लिग हुन लागेको हो। पडिसिएनले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै लिगबारे जानकारी दिएको हो।

साबिक विजेता साइपाल एकेडेमी फाइनलमा

डिफेन्डिङ च्याम्पियन साइपाल एकेडेमी तेस्रो बुम महिला बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेको छ।

समृद्धि र नर्थ पोलको विजयी सुरुआत

समृद्धि गोरिल्लाज र काठमाडौं नर्थ पोल क्लबले शनिबार तेस्रो बुम महिला बास्केटबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

महिला बास्केटबल शनिबारदेखि

नेसनल क्रिएटिभको–एजुकेसनल स्कुल (एनसिसिएस) र विशाल मिलन केन्द्र (बिएमके) को संयुक्त आयोजनामा तेस्रो बुम महिला बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ।

रेडिअन्ट क्वार्टरफाइनलमा

आयोजक रेडिअन्ट छैटौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ मंगलबार  क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्