६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

गोल्डेन गेटको दोस्रो जित

काठमाडौं – दी रोयल बास्केटबल क्लबलाई अतिरिक्त समयको खेलमा ११–६ को स्कोरले हराउँदै गोल्डेन गेट इन्टरनेसनल कलेजले नेपाल बास्केटबल लिगमा दोस्रो जित निकालेको छ।

सानोगाँउस्थित रोयलको घरेलु कोर्टमा भएको खेलमा दुवै टोलीले निर्धारित चार क्वार्टरमा समान ९४ स्कोर गर्दै बराबरी खेलेपछि खेलको निर्णय अतिरिक्त समयको खेलबाट लिइएको थियो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पहिलो क्वार्टरमा २६–२६ को स्कोर निकाल्दा दोस्रो क्वार्टरमा रोयलले २६–२४ को जित निकाल्यो। तेस्रो क्वार्टरमा १८–१७ को स्कोर निकाल्दै खेलमा फर्किने संकेत देखाएको गोल्डेन गेटले अन्तिम क्वार्टरमा पनि एक अंकको अग्रता बनाउँदै २६–२५ को जित निकाल्न सफल भयो।

चौथो क्वार्टरको नतिजापछि दुवैै टोलीको ९४/९४ स्कोर हुँदा खेल अतिरिक्त समयतर्पm धकेलिएको थियो। जसमा पाहुना टोली गोल्डेन गेटले बाजी मार्न सफल भयो। गोल्डेन गेटका विक्रम डंगोलले सर्वाधिक २३ स्कोर गरे।

यससँगै गोल्डेन गेटले तीन खेलबाट दुई खेलमा जित निकाल्न सफल भएको छ भने पराजित रोयलले पनि तीन मध्ये दुई खेलमा जित निकालेको छ। प्रतियोगिताअन्तर्गत शुक्रबारै सम्पन्न अको खेलमा टाइम्स इन्टरनेसनल कलेजले बुढानीलकण्ठ नगरपालिकालाई ८२–६६ स्कोरले पराजित ग¥यो। टाइम्सका जोश्वा शेरचनले सर्वाधिक ७ स्कोर गरे।

प्रकाशित: २१ वैशाख २०७६ ०१:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App