३१ वैशाख २०८१ सोमबार
image/svg+xml

एपीएफलाई हक्की सामाग्री

नेपाल हक्की संघले सशस्त्र प्रहरी बल नेपाल (बिशेष कार्यदल) बंगलामुखी हल्चोकलाई तालिम प्रयोजनार्थ हक्की सामग्री उपलब्ध गराएको छ। साथै नियमित तालिमको लागि संघको तर्फबाट प्रशिक्षक पनि व्यवस्था गरिदिने भएको छ।

अम्पायर तालिम

नेपाल हक्की संघको आयोजनामा अम्पायर तालिम आइतबारदेखि सुरु भएको छ। एसियाली हक्की महासंघको प्राविधिक सहयोगमा भएको तालिममा ३३ जनाको सहभागिता रहने हक्की संघले जनाएको छ।

एक साताको हक्की सोलिडारिटी कार्यक्रम सुरु

नेपाल हक्की संघको आयोजना तथा एसिया हक्कीको प्राविधिक सहयोगमाआजदेखि एक साताको ओलम्पिक सोलिडारिटी कार्यक्रम सुरु भएको छ।

हक्की प्रतियोगिताको उपाधि आर्मीलाई

धनुषाको मिथिला नगरपालिका नक्टाझिजमा आयोजित पाँचौं संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मीले जितेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्