२० आश्विन २०८१ आइतबार
image/svg+xml

रग्बी सेभेन्सको उपाधि हेटौँडा र कर्णालीलाई

यू–२० राष्ट्रिय रग्बी सेभेन्सको उपाधि कर्णाली रग्बी क्लब र हेटौडा रगर्सले जितेका छन्। इलामको माई नगरपालिका–४ शुक्रबारे खेलमैदानमा आज सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कर्णाली र महिलातर्फ हेटौँडा विजयी भएको हो।

हेटौँडामा वृद्ध दम्पती झुण्डिएको अवस्थामा मृत फेला

मकवानपुरको हेटौँडामा वृद्ध दम्पती मृत फेला परेका छन् । हेटौँडा उपमहानगरपालिका–१ चाइना गेटका ७८ वर्षीय कृष्णप्रसाद दाहाल र उनकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहाल झुण्डिएको अवस्थामा फेला परेका हुन्।

हेटौँडामा मिटरब्याजीविरुद्ध साठी उजुरी

मकवानपुरस्थित जिल्ला प्रशासन कार्यालय हेटौँडामा मिटरब्याजविरुद्ध ६० उजुरी परेका छन्। सरकारले वैशाख १६ गतेदेखि मिटरब्याजविरुद्ध उजुरी दिने आह्वान गरेपछि ६० मिटरब्याजी पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन्।

बजेट, नीति, कार्यक्रमका लागि क्यूआरमार्फत सुझाव

उपमहानगरले बजेट, नीति तथा कार्यक्रमका लागि नगरबासीको सुझाव, सल्लाह संकलन गर्ने उद्देश्यसहित क्यूआर कोड सार्वजनिक गरेको छ।

‘हेटौंडा साइकल रन’ को उपाधि पुजन मगरलाई

‘हेटौंडा साइकल रन’ को उपाधि पुजन मगरले जितेका छन्। अन्य ४८ प्रतिस्पर्धीलाई उछिन्दै उनले हेटौंडा साइकल रनको उपाधि जितेका हुन्।

गोङ्बालाई ‘हेटौँडा रन’को उपाधि

हेटौंडा उपमहानगरपालिकाले आयोजना गरेको दौड प्रतियोगिता ‘हेटौंडा रन’को उपाधि हेटौंडा १४ बनेलधापका उमेश गोङ्बाले जितेका छन्।

हेटौँडाबाट–कुलेखानी–काठमाडौँ सडक मर्मतका लागि बन्द

चित्लाङ–चन्द्रागिरि–थानकोट सडक र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक स्तरोन्नतिका क्रमका बन्द गरिएका हुन्।

हेटौँडा सिमेन्ट उद्योगले पुन: उत्पादन थाल्यो

कोइला अभावले दुई हप्तादेखि सिमेन्ट उत्पादन बन्द थियो। कोइला आपूर्ति भएपछि सिमेन्ट उत्पादन थालिएको छ।

व्यवस्थित हुँदै हेटौंडा, एकीकृत अटो भिलेज बन्ने

उपमहानगरपालिका कार्यालयले हेटौंडालाई व्यवस्थित बनाउने अभियानलाई तीव्रता दिएको हो। केही महिनाअघि मात्रै तरकारी बजारलाई बसपार्कबाट सारेर चौकीटोलमा लगिएको थियो।

मकवानपुर गोल्डकपः मकवानपुरको विजयी सुरुवात

उद्घाटन खेलमा मकवानपुरले छिमेकी जिल्ला बाराको नवजनजागृति क्लब सिमरालाई २–० ले हराएको हो।

हेटौंडा उपमहानगरद्वारा ७१ कर्मचारीको करार रद्द

उपमहानगरले विभिन्न समयमा विज्ञापन प्रकाशन नगरी आन्तरिक रुपमा नियुक्त गरेका ७१ जना करार र ज्यालादारीका कर्मचारीको करार सम्झौताको म्याद थप नगर्ने निर्णय गरेको हो।

साबिक विजेता एबिसीलाई हेटौँडा भेट्रान्सको उपाधि

शनिबार भएको फाइनल खेलमा काठमाडौँको बानेश्वर भेट्रान्सलाई ३–० गोल अन्तरले हराउँदै पोखराले लगातार उपाधि कब्जा गरेको हो।

हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्नेबारे सम्झौता

धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरको व्यवस्थापनमा उक्त अस्पतालमा केही महिनाभित्रै मिर्गौलाको प्रत्यारोपण थाल्न त्रि–पक्षीय सम्झौता भएको हो।

हेटौँडा उपमहानगरपालिकाको ७५ प्रतिशत बजेट मात्र खर्च

हेटौँडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७८/७९ मा विनियोजित रकमको ७५ प्रतिशत मात्र खर्च गरेको छ।

अख्तियार आयोग हेटौँडाद्वारा बागमती प्रदेश प्रमुख शर्मासमक्ष वार्षिक प्रतिवेदन पेस

आयोगको हेटौँडा कार्यालयका प्रमुख नरहरि घिमिरेले आज एक कार्यक्रमबीच नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम आयोगले तयार गरेको आर्थिक वर्ष २०७८/७९ को ३२औँ वार्षिक प्रतिवेदन पेस गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्