२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

गोङ्बालाई ‘हेटौँडा रन’को उपाधि

तस्बिर विजेताका साथमा मेयर, उपमेयर लगायत।

हेटौंडा उपमहानगरपालिकाले आयोजना गरेको दौड प्रतियोगिता ‘हेटौंडा रन’को उपाधि हेटौंडा १४ बनेलधापका उमेश गोङ्बाले जितेका छन्।

आइतबार बिहान भएको दौडमा अन्य ५५ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेका हुन्। दौडमा प्रथम भएका सोमप्रसाद न्यौपाने जिल्ला बाहिरको भएको पुष्टि भएपछि दोस्रो भएका गोङ्बालाई विजेता घोषणा गरिएको हो। 

प्रतियोगितामा मकवानपुरका खेलाडीले मात्रै सहभागिता जनाउन पाउने नियम रहेको थियो। नयाँ वर्षको अवसरमा उपमहानगरपालिकाले ५ किलोमिटर दूरीको ‘हेटौंडा रन’ को आयोजना गरेको हो। गोङ्बाले निर्धारित दूरी २० मिनेट चार सेकेन्डमा पार गरेका थिए। प्रतियोगितामा हेटौंडा १४ कै सञ्जीव मिजार द्वितीय, हेटौंडा ९ का सनिस लामा तृत्तीय तथा हेटौंडा १४ का सुमन आले मगर र हेटौंडा ४ का निशान श्रेष्ठ सान्त्वना भए। प्रथम, द्वितीय, तृत्तीय र सान्त्वना भएकाहरुले क्रमशः नगद ५० हजार, ३० हजार, २० हजार र १०/१० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरे।  

प्रतियोगिताका विजेता तथा उपविजेता भएकाहरुलाई हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँलगायतले पुरस्कार वितरण गरेका हुन्। हेटौंडाको बुद्धचोकबाट सुरु भएको दौड कान्तिराजपथको सानोपोखरा, पिप्ले हुँदै पुनः बुद्धचोकमै पुगेर समापन भएको थियो। पुरस्कार वितरण गर्दै मेयर लामाले आगामी वर्षहरुमा पनि ‘हेटौंडा रन’लाई निरन्तरता दिँदै जाने बताइन्।

उपमहानगरपालिका खेलकुदसहित सबै क्षेत्रको विकासमा लागिपरेको दावी गर्दै उनले दौडमा इच्छा भएकाहरुका लागि प्रतियोगिताको आयोजना गरिएको जानकारी दिइन्। हेटौंडा उपमहानगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीको अध्यक्षमा भएको कार्यक्रममा वडा अध्यक्षहरु, उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, मकवानपुर जिल्ला एथ्लेटिक्स संघ अध्यक्ष प्रभाकर पाण्डे लगायतको आतिथ्यता थियो।  

प्रकाशित: ३ वैशाख २०८० ११:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App