काठमाडौं फर्किए प्रधानमन्त्री बालेन शाह
रसुवाको भोटेकोशी बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण सम्पन्न गरी प्रधानमन्त्री बालेन्द्र शाह बिहीबार दिउँसो काठमाडौं फर्किएका छन्।
रसुवाको भोटेकोशी बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण सम्पन्न गरी प्रधानमन्त्री बालेन्द्र शाह बिहीबार दिउँसो काठमाडौं फर्किएका छन्।
नुवाकोटका विभिन्न ठाउँमा घरका दोस्रो तलासम्म हिलो जमेको छ भने सवारीसाधन पुरिएका छन्। भग्नावशेष रुखका हाँगा तथा बिजुलीका तारमा अड्किएका छन्। केही क्षेत्रमा यातायातसमेत अवरुद्ध भएको छ।
भोटेकोशी बाढीमा फसेका प्रभु बैंकका रमण श्रेष्ठको सकुशल उद्धार भएको छ । उनलाई नदी किनारमा बालुवामा अर्धचेत अवस्थामा फेला पारिएको हो ।
रसुवाको भोटेकोशीमा आएको भीषण बाढीको विपद्पछि जोखिम अझै नटरेको र नेपालतर्फ बनेको नयाँ ताल फुट्न सक्ने भन्दै चीनको जलस्रोत मन्त्रालयले उच्च सतर्कताको चेतावनी दिएको छ।
कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा आएको बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड ३९ लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको छ।
पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटका बाढी प्रभावितका लागि रु ४५ लाख सहयोग प्रदान गरेको छ।
भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटका बट्टार र त्रिशूली बजार क्षेत्रमा विद्युत् सेवा पुनःसुचारु भएको छ।
रसुवाको भोटेकोशी बाढीले तटीय क्षेत्रमा विनाश निम्त्याएपछि प्रधानमन्त्री बालेन्द्र शाह बिहीबार बिहान सडकमार्ग हुँदै प्रभावित क्षेत्र नुवाकोटको ‘ग्राउन्ड जिरो’ विदुर पुगेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले गोसाइँकुण्ड दर्शन तथा पदयात्राबाट फर्कने तीर्थयात्री एवं पर्यटकहरूका लागि नयाँ वैकल्पिक मार्ग प्रयोग गर्न ट्राभल एड्भाइजरी जारी गरेको छ।
अस्पतालले बिहिबार बिहान ११ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढीपहिरोमा परी घाइते भएका ३१ जनाको उपचार भइरहेको जानकारी दिएको हो।
अपर त्रिशूली थ्री बि हाइड्रोइलेक्ट्रिक आयोजनामा सुपरीवेक्षण परामर्शदाताको रूपमा कार्यरत १२ जना कर्मचारी सम्पर्कविहीन भएका छन्।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या २७० पुगेको छ।
प्रतिष्ठानले भदौ ११ गते आयोजना गर्ने तयारी गरेको सम्मेलन विपद्को अवस्थालाई ध्यानमा राख्दै स्थगित गरिएको जनाएको हो।
चिनियाँ जलस्रोत मन्त्रालयले नेपालको छोचेन खोला र पुरेपु साङ्पो नदीको संगमस्थल (दोभान) नजिकै ठूलो ताल बनेको जानकारी दिएको छ।
उद्धार गरिएका नेपालीमध्ये रसुवा, टिमुरे, सिन्धुपाल्चोक, धुन्चे, दार्चे, उत्तरगया लगायतका क्षेत्रका व्यक्ति छन्। केही नेपालीलाई रसुवा र टिमुरे क्षेत्रबाट उद्धार गरिएको विवरणमा उल्लेख छ।