१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

प्रधानमन्त्रीको आशय बुझ्दा मन्त्रीमण्डल पुनःगठनका लागि तयारीमा हुनुहुन्छः अग्नि सापकोटा

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रीमण्डल पुनःगठन गरी सरकारका कामलाई प्रभावकारी बनाउने योजनामा रहेको बताएका छन्।

जनतासँग विशेष रुपान्तरण अभियानले जनतामा आशाका झिल्का पैदा भयोः माओवादी

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले पार्टीको जनतासँग विशेष रुपान्तरण अभियानले जनतामा आशाका झिल्का पैदा गरेको दाबी गरेको छ।

जनतालाई भ्रमित पार्न गणतन्त्र विरोधीले षडयन्त्र गरिरहेका छन् : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरोधी शक्तिहरु अहिले जनतालाई भ्रमित पार्न षड्यन्त्र गरिरहेको बताएका छन्।

समस्या हल नगर्दा प्रदेश र स्थानीय सरकारका हातखुट्टा बाँधिए: दाहाल (अन्तर्वार्ता)

नेकपा (माओवादी केन्द्र) का युवा सांसद लेखनाथ दाहाल (राजन) ले सरकारका तर्फबाट पर्याप्त बिजनेस प्राप्त हुँदाहुँदै पनि सोचेजस्तो सदन सञ्चालन हुन नसकेकाे बताए।

महोत्तरी पुगे प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल पार्टीको आन्तरिक बैठक र प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज विहान महोत्तरीको बर्दिबास पुगेएका छन्।

संसदमा आलोचनाभन्दा विषयवस्तुलाई निष्कर्षमा लैजाने बहस हुनुपर्छ: सांसद् चौधरी

निर्वाचनपछि नयाँ संसद् बनेको झण्डै एक वर्ष पुग्न लागेको छ। पछिल्लो एक वर्षमा अर्थलगायत विभिन्न चार विधेयक मात्र पारित भएका छन्। कानुन निर्माणको प्रमुख थलो मानिए पनि पछिल्ला दुई अधिवेशनभर संसदमा वादप्रतिवादको शृङ्खला नै चल्यो।

विपद् जोखिम आवास बीमा गर्न सरकारसँग माग

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सचिवालयको बैठकले विपद् जोखिम आवास बीमा गर्न सरकारसँग माग गरेको छ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक हिउँदे अधिवेशनबाट पारित हुन्छः माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र) संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक हिउँदे अधिवेशनबाट पारित हुने बताएको छ।

वादप्रतिवाद गर्ने थलोका रूपमा सदनको प्रयोग हुन थाल्यो: सांसद शर्मा

सदन मुलुकको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था हो। कानुन निर्माण कार्यान्वयनमा सदनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ। संविधानसभाबाट जारी संविधान कार्यान्वयनका लागि अझै थुप्रै कानुन निर्माण गर्न बाँकी नै छ।

अहिलेको व्यवस्थालाई पुरानै संसदीय व्यवस्था भएको भाष्य स्थापित गर्न खोजिंदैछ: सांसद कार्की

निर्वाचनमार्फत वर्तमान संसद् गठन भएको पनि करिब एक वर्ष पुग्न लागेको छ। संसद्को एक वर्षे अवधिमा भइरहेका अस्वाभाविक परिघटनाका कारण संसद् र सांसदको भूमिका माथि नै प्रश्न उठाउने गरिएको छ।

राजतन्त्र र गणतन्त्रको संसदीय अभ्यास एउटै हुन सक्दैनन्, यसलाई सुधार्नुपर्छ: सांसद् राई

मुलुक सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा छ। दश वर्षे जनयुद्ध, जनआन्दोलन हुँदै मुलुक गणतन्त्रमा प्रवेश गरेको पनि डेढ दशक नाघिसकेको छ। गणतन्त्र स्थापनापछि तीनवटा निर्वाचन सम्पन्न भइसकेका छन्।

सांसदको जिम्मेवारीबारे जनताले बुझेनन्, हामीले पनि बुझाउन सकेनौं: नेत्री माझी

नेकपा (माओवादी केन्द्र) की नेत्री उर्मिला माझी दायित्व र जिम्मेवारीका हिसाबले कानुन निर्माण नै मुख्य जिम्मेवारी भए पनि चुनावमा वाचा गरेर आएकाले विकास निर्माणको पक्ष कर्तव्यभित्रको बाध्यात्मक रहेको बताउँछिन्।

अध्यक्ष दाहालको ‘ब्रिफिङ’: चीनसँगका समझदारी दूरगामी महत्त्वका

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभामा सहभागिता र जनवादी गणतन्त्र चीन भ्रमणबारे पार्टीलाई ‘ब्रिफिङ’ गराएका छन्।

देश बनाउने जिम्मेवारी युवा पुस्ताको काँधमा छ : उपाध्यक्ष भुसाल

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले शिक्षित युवा तथा विद्यार्थीले मुलुकको समृद्धिमा भूमिका खेल्नुपर्ने बताएकी छिन्। ललितपुरमा आज आयोजित शिक्षक सम्मान, पुरस्कार वितरण तथा सांकृतिक कार्यक्रममा उनले देशलाई समृद्ध बनाउने जिम्मेवारी युवा पुस्ताको काँधमा आएको बताइन।

सहमतिमै शान्ति प्रक्रिया निष्कर्षमा पुग्छ : प्रवक्ता सापकोटा

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रमुख राजनीतिक दलका बीचमा साझा सहमति कायम गरेरै शान्ति प्रक्रियाको कामलाई अन्तिम निष्कर्षमा पुर्याइने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्