१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

महोत्तरी पुगे प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल पार्टीको आन्तरिक बैठक र प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज विहान महोत्तरीको बर्दिबास पुगेका छन्।

अध्यक्ष दाहाल बिहान ९ बजेदेखि बर्दिबास-४ माइस्थानमा दलको तीन महिने रूपान्तरण अभियानको मधेस प्रदेश समीक्षा बैठकमा सहभागी भएको माओवादी केन्द्रका मधेस प्रदेश इञ्चार्ज लिलामणि पोखरेलले बताए।

उनले बैठकमा मधेस प्रदेशबाट पार्टी केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने सदस्य, जिल्ला इञ्चार्ज र रूपान्तरण अभियानका जिल्ला संयोजक बीच अभियानाबारे समीक्षा भइरहेको बताए।

प्रदेशका आठै जिल्लामा सञ्चालित अभियानको जिल्ला इञ्चार्जबाट जानकारी लिएपछि अध्यक्ष दाहालले थप निर्देशन दिंदै छन्।

अध्यक्ष दाहाल आजै दिउँसो जिल्लाको गौशाला-५ स्थित बहुद्देश्यीय भवनमा सञ्चालन हुने पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन्। प्रशिक्षणमा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश समिति पदाधिकारी तथा सदस्य, अभियानका जिल्ला संयोजक र सम्बद्ध सदस्यहरु, जिल्ला अध्यक्षसहित एक हजार आठ सय नेता सहभागी हुनेछन्। सो कार्यक्रम सकिएपछि प्रधानमन्त्री दाहाल आजै काठमाडौं फर्किनेछन्।  

प्रकाशित: १९ मंसिर २०८० ०५:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App