१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक हिउँदे अधिवेशनबाट पारित हुन्छः माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र) संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक हिउँदे अधिवेशनबाट पारित हुने बताएको छ।  

बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले यस्तो बताएका हुन्।

उनले शान्ति प्रक्रिया टुंगो लगाउने सहमति समितिमा भइसकेको र संसदबाट भने अर्को हिउँदे अधिवेशनबाट पारित गर्ने सहमति जुटेको बताए। संक्रमणकालीन न्याय नटुंगिँदा विश्वमाझ विभिन्न खाले प्रश्नहरु उठेको उनको भनाइ छ। विश्वमाझ उठेका विभिन्न प्रश्नलाई अन्त्य गर्न आवश्यक रहेको उनले बताए।

उनले भने, ‘शान्ति प्रक्रिया टुंगो लागेको छैन। यसलाई टुंगो लगाउनुपर्नेछ। यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रश्न खडा भएका छन्। पीडितहरुको परिपूरणका कुरा छन्। आदि कुरा रोकिएको छ। यसलाई हर हालतमा टुंगोमा पु¥याउनुपर्छ भन्ने सहमति भएको छ। एक खालको सहमति भएको छ। यो दिने, यो लिने भन्ने प्रसंग उठेको छैन। समितिमा टिआरसी बिलको बारेमा सहमति भइसकेको छ। अब यो फुल हाउसबाट हिउँदे अधिवेशनमा पारित गर्ने सहमति भएको छ।’

प्रकाशित: १६ कार्तिक २०८० ११:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App