‘पिक एन्ड ड्रप’ यात्रुलाई चढ्नै सकस
सवारीसाधनको भीड व्यवस्थापन गरी यात्रुलाई सहजता प्रदान गर्न पुस १ गतेदेखि टुँडिखेल आसपासमा लागू गरिएको ‘पिक एन्ड ड्रप’ नियमले यात्रुहरूलाई झन् सकस भएको छ। ‘पिक एन्ड ड्रप’ नियम लागू गरेको भने पनि ट्राफिक प्रहरीले यात्रु ओराल्न र चढाउन सार्वजनिक सवारी रोक्न नदिएपछि घर फर्कने यात्रुहरू अलपत्र परेका हुन्।