९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

निर्मला र सुनकाण्डमा बचाउ गर्दै आइजिपीले भनेः प्रहरीप्रतिको ‘नेगेटिभ भ्यू’लाई जिरो बनाउँछु

प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले अपराध नियन्त्रणमा सबै जनता सचेत हुनुपर्ने बताएका छन्। २०७५ सालमा प्रहरीबाट भएका कार्यसम्पादन तथा उपलब्धीबारे जानकारी दिँदै खनालले संगठनको नेतृत्व आफूले सम्हालेपछि हासिल गरेको उपलब्धी नै पारदर्शिता र व्यवसायिकता रहेको बताए।

विप्लव मात्र होइन को को समातिन्छन् केही दिन पर्खनुहोस न: सर्वेन्द्र खनाल

प्रहरीको नियमित भेटघाटमा बोल्दै नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले कुनै पनि पेसेवर र संगठित अपराधी पक्रन कुनै कसुर बाकी नराख्ने बताएका छन्।

४८ किलो अवैध लागूऔषध सहित भारतीय नागरिक पक्राउ

प्रहरीले ठूलो परिमाणमा लागूऔषध सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। अबैध लागूऔषध गाँजा करिब ४८ केजी ८ सय ग्रामसहित भारत बिहार बैसालीग्राम बस्ने ३२ वर्षीय अंमर जित सिंहलाई शुक्रबार बिहान प्रहरीले मकवानपुर, हेटौंडा उपमहानगरपालिका ३ लेवटस्थित सडकबाट पक्राउ गरेको हो।

हिरासतमा रहेका एक किशोरको मृत्युपछि छानबिन समिति गठन

अनारमनी इलाका प्रहरी कार्यालयमा १५ वर्षीय बालकको मृत्यु रहस्यमय भएपछि छानबिन समिति गठन गरिएको छ । छानबिनका लागि झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठको संयोजक तीन सदस्यीय सो समिति गठन गरिएको हो । प्रहरी निरीक्षक कमल अधिकारी र प्रहरी सहायक निरीरक्षक नवराज थापा सदस्य रहनुभएको सो समितिले एक साताभित्र छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्ने उक्त कार्यालयका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

विभत्स अवस्थामा भेटियो महिलाको शव

मोरङको पथरी शनिश्चरे नगरपालिका १ मा एक महिलाको शव भेटिएको छ। वीरबहादुर बस्नेतको घरमा डेरा गरी बस्ने २९ वर्षीया रुपा बस्नेतको शव शनिबार घर अगाडिको बाटोमा विभत्स अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। बस्नेतको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ।

लागुऔषध सहित ५ जना प्रहरी नियन्त्रणमा

जुम्लामा लागुऔषधसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँके डुडुवा गाउँपालिका ५ का हिरालाल सुनारसहित ५ जनालाई नियन्त्रणमा लिइएको हो।

बसबाट खसेर बालकको मृत्यु

सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारी क्षेत्रमा बसबाट खसेर मङ्गलबार एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय युसुफ मियाँका १० वर्षीय छोरा नुर सलाम रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए।

मुक्तिनाथ बैंकको सहयोग

मुक्तिनाथ विकास बैंकले काठमाडौं महानगरपालिका वडा नं १, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीलाई सुरक्षा सम्बन्धी आकस्मिक सम्पर्क नम्बरहरु भएको स्टिकर सहयोग गरेको छ।

करेन्ट लागेर एकको मृत्यु

भरतपुर महानगरपालिका–२६ मिलनचोकमा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ मङ्गलपुरका ४० वर्षीय हेमराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

शसस्त्र प्रहरीले पायो ५ स्वर्ण

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको बुटवलमा चलेको लन टेनिस खेलमा शशस्त्र प्रहरी बलको एपीएफ क्लबले ५ स्वर्ण हात पारेको छ। एपीएफले महिला एकल, महिला युगल, पुरुष युगल, मिश्रित युगल र पुरुष टिम गरि ५ ईभेन्टमा स्वर्ण हात पारेको हो।

ओरेन्टल सहकारीका सञ्चालक बस्नेत रिहा

महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका बस्नेतलाई रिहा गर्न अदालतले सोमबार साँझ आदेश दिएको हो। प्रधानन्याधीश चाेलेन्द्र शमशेर जबरा र न्यायाधीश डम्बरबहादुर शाहीकाे संयक्त इजलासबाट बस्नेत जेलमुक्त भएका हुन्।

सुनसहित एकजना पक्राउ

नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको एक किलोग्राम सुनसहित एक व्यक्तिलाई सीमावर्ती भारतीय प्रहरीले बरामद गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्