७ वैशाख २०८१ शुक्रबार

दुर्घटनापछि घटे हवाई यात्रु र उडान संख्या

पोखरामा चालकदलका चार सदस्य र यात्रुसहित ७२ जनाको ज्यान जानेगरि यती एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि हवाई यात्रु निकै नै घटेका छन्। यात्रु मात्र घटेका छैनन की हवाई उडान संख्या पनि आधाको हाराहारीमा घटेको हवाई कम्पनिले बताएका छन्। झन्डै आधा संख्यामा यात्रु घटेको हवाई कम्पनिले बताएका छन्।

विमान दुर्घटनाको सत्यतथ्य चाँडो सार्वजनिक गर्न माग

‘यती एयरलाइन्स दुर्घटना प्रभावित नागरिक समाज’द्वारा आज पोखरामा आयोजित भेलामा पीडित परिवारजनले दुर्घटना जाँच आयोगले पीडित पक्षलाई दुर्घटनाबारे विश्वसनीय जानकारी दिन नसकेको र आफूहरुसँग सम्पर्कसमेत नगरेको दुःखेसो गरेका छन्।

यती एयर दुर्घटनाः दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सेली टिम घटनास्थलमा

पोखरामा गत आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सबाट विज्ञ टोली आइपुगेको छ। विदेशी विज्ञको टोली बुधबार नै पोखरास्थित घटनास्थल पुगेको छ। एटिआर विमान निर्माता कम्पनिबाटै प्रतिनिधि आएको नेपाल नागरिक उड्ययन प्राधिकरणले बताएको छ।

प्राधिकरणलाई बुझाइयो फ्लाईट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर

पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यती एयरलाइन्सको एटिआर७२–५००जहाजको फ्लाईट डाटा रेकर्डर (एफडीआर) र पाइलटले आपसी संवाद गरेको ककपिट भ्वाइस रेकर्डर (सीभीआर) फेला परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई बुझाइएको छ।

चालक दलका सदस्यसहित केहीको शव काठमाडौँ ल्याइने

आइतबार पोखरामा यती एयरलाइन्स विमान दुर्घटनामा परी निधन भएका विमान चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौँ घर भएकाहरुको शव काठमाडौँ ल्याइने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्