पोखरामा कविता कन्सर्ट
सामान्यतया कविताको सिर्जना एवं वाचन स्वेच्छिक र अवैतनिक हुन्छ। ठीक उल्टो संगीत भने आम्दानी गर्ने बलियो माध्यम बन्दै गएको छ। तर संगीत र कविता दुवै सुन्नका लागि आइतबार पोखरेलीले धक फुकाएर खर्च गरे।
सामान्यतया कविताको सिर्जना एवं वाचन स्वेच्छिक र अवैतनिक हुन्छ। ठीक उल्टो संगीत भने आम्दानी गर्ने बलियो माध्यम बन्दै गएको छ। तर संगीत र कविता दुवै सुन्नका लागि आइतबार पोखरेलीले धक फुकाएर खर्च गरे।
नयाँ वर्ष २०७४ को पूर्व सन्ध्यामा पर्यटकीय नगरी पोखरामा यतिखेर आन्तरिक पर्यटकको निकै चहलपहल देखिएको छ ।
नेपालमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि ट्राभल्स नेपाल बस सर्भिस प्रालिले शौचालय र रेस्टुराँसहितको सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको छ। ‘उमङ्ग र अनुभूति’ भन्ने नाराका साथ सुविधा सम्पन्न, आरामदायी र एयर कण्डिसन भएको नयाँ पर्यटकीय बस सञ्चालनमा ल्याएको हो।
पोखरा रंगशालाको फुटबल मैदान, जहाँ गायक अमृत गुरुङ कुनै बेला खेल्ने र रमाउने गर्दथे। त्यही मैदानमा शनिबार बेलुकी गायक गुरुङले 'ए साइँला' र 'ए साइँली' भनेर भाका हाल्दा हजारौं पोखरेली युवायुवती झुम्मिए।
पोखरा-लेखनाथ महानगरपालिका बनेपछिको पहिलो निर्वाचनमार्फत महानगर प्रमुख (मेयर) र उपप्रमुख (उपमेयर) बन्ने आकांक्षा बोकेका राजनीतिक दलका नेताबीच उम्मेदवारीको दौडधुप सुरु भएको छ। महानगरको पहिलो मेयर र उपमेयर बन्ने चाहना बोकेका नेताहरु अहिले आफ्नो पक्षमा समर्थन जुटाउन आन्तरिक लबिङमा व्यस्त छन्।
नेपाल र चीनबीचको पर्यटनमा साझेदारी र विकास गर्ने उद्देश्यका साथ चीनको सिचुआन प्रान्तमा क्रियाशील पर्यटनसम्बद्ध संस्था र व्यवसायी पोखरामा आएका छन् ।
निर्माणाधीन अवस्थामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढ्न सकेको छैन ।
ध्वजाबाहक नेपाल वायुसेवा निगमको टि्वनअटर जहाज मंगलबार बिहान पोखराबाट काठमाडौंका लागि उड्ने तयारीमा थियो। यात्रु चढाएर जहाज धावनमार्ग पुगिसकेको थियो। उड्न तयार जहाजलाई एयर ट्राफिकले एकाएक पार्किङस्थल फर्कन निर्देशन दिए। निर्देशनपछि जहाज पार्किङस्थलमा फर्कियो। जहाज पार्किङमा फर्किंदा यात्रु पनि झस्किए।
पोखरा विमानस्थलमा सोमबार बिहान ११ बजे सातवटा हवाईजहाज र दुईवटा हेलिकोप्टर पार्किङ गर्नुपर्यो। एटिआर (बुद्ध), जेटस्ट्रिम (यती) र टि्वनअटर सहितका जहाज र हेलिकोप्टर विमानस्थलको पार्किङमा एकैपटक अड्याउँदा पार्किङ क्षेत्र खचाखच देखिन्थ्यो।
पोखरामा फेरि पंक्षीमा लाग्ने बर्डफ्लु रोग देखा परेको छ। पोखरा उपमहानगरपालिका–१८, खाल्टेमसिनाकी मीना परियारले पालेका हाँस धमाधम मर्न थालेपछि परीक्षण गर्दा बर्डफ्लु देखिएको पशुसेवा कार्यालय कास्कीले बताएको छ।
वर्तमान 'मिस नेपाल २०१६' अस्मी श्रेष्ठसहित 'मिस नेपाल अर्थ' रोशनी खत्री, 'मिस नेपाल इन्टरनेसनल २०१४' शुभेक्छा खड्कासहितका सेलिब्रेटीले पोखरामा र्याम्प तताउने भएका छन्।
राष्ट्रिय खेलाडीको साथ पाएको आयोजक धरान फुटबल क्लब नीलो आइतबार पोखरा ११ लाई ३–० को नतिजामा हराउँदै १९ औं बूढासुब्बा रेडबुल गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा घरेलु टोलीको जितमा रेजिन सुब्बा, प्रकाश बुढाथोकी र बुद्ध चेम्जोङले गोल गरे।
सरकारले बजेटमा घोषणा गरे अनुरुप उपत्यका बाहिरका १० वटा सहरलाई व्यवस्थित र आधुनिक बनाउने रोडम्याप बनाउन सुरु गरेको छ। एकीकृत र व्यवस्थित सहरीकरणको विश्वव्यापी मान्यता अनुसार सहरी विकास मन्त्रालयले त्यस्तो रोडम्याप तयार पार्न लागेको जनाकारी दिएको छ।
बिहानेदेखि परिरहेको वर्षाका कारण एक घन्टा ढिलोगरी नेपाल साहित्य महोत्सवको छैटौं शृंखला शुक्रबारदेखि पोखरामा सुरु भएको छ। बिहानैदेखि पानी परेपछि वक्ताहरु मञ्चमा छाता ओढेर छलफलमा सहभागी भएका छन्।
बाग्लुङ अर्गल–४ बस्ने ५० बर्षीय जुक्ते वनलाई प्रहरीले लागूऔषध चरेश ८ किलो ३ सय ३४ ग्राम सहित पक्राउ गरेको छ।