९ आश्विन २०८१ बुधबार
image/svg+xml

प्रहरीमा महिलालाई ५० प्रतिशत आरक्षण दिने तयारी : मुख्यमन्त्री राउत

मुस्लिम धर्मावलम्बीको सबैभन्दा ठूलो पर्व इद उल फित्रअर्र्थात् इद पर्व पर्सामा धुमधामले मनाइँदैछ। एक महिना लामो कठिन रमजान व्रत समापनका अवसरमा मनाइने यो पर्वमा मुस्लिम धर्मावलम्बीले आज बिहान जिल्लामा रहेका इदगाह, मस्जिदलगायतका पवित्र स्थानमा पुगी इदको नमाज पढेर एकअर्र्कासंग इदको शुभकामना अदानप्रदान गरेका थिए।

युद्ध रोक्न कास्मिरका मुख्यमन्त्रीको आह्वान

भारत नियन्त्रित कास्मिर प्रदेशका मुख्य मन्त्री मेहबुब मुफ्तीले भारत र पाकिस्तानको सीमा क्षेत्रमा भइरहेको द्वन्द्वको अन्त्य गर्न आह्वान गरेका छन्।

प्रदेश नं १ मा पाँच लाख पर्यटक भित्र्याइने : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आगामी पाँच वर्षभित्र प्रदेशमा पाँच लाख विदेशी पर्यटक भित्र्याइने बताएका छन्।

मुख्यमन्त्री राउतको आक्रोश : कसले ढाल्छ मेरो सरकार ? (भिडियाे)

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले राजपा फोरम गठबन्धनको सरकार ५ बर्षसम्म कसैले हल्लाउन नसक्ने दावी गरेका छन्।

फेवाताल संरक्षणका लागि अभियान, मुख्यमन्त्रीसँग छलफल

प्रदेश नम्बर ४ को गहना पोखराको फेवाताल संरक्षण र यसको विस्तृतिकरणका लागि कास्कीबाट प्रदेशसभामा निर्वाचित ३ सांसदले सक्रियता देखाएका छन्।

दसौं वर्षमा हुन नसकेका काम दस हप्तामा : मुख्यमन्त्री

प्रदेश २ मा सरकार गठन भएको सोमबार सय दिन पुगेको छ। उक्त अवसरमा मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले सदनमा सरकारको सयदिने प्रगति विवरण सार्वजनिक गर्दै दसौं वर्षमा हुन नसकेका काम दस हप्तामा पुरा गरेको दाबी गरेका छन्।

लोकतान्त्रिक गणतन्त्रको सुखानुभूति भएको मुख्यमन्त्री राउतको भनाइ

प्रदेश नं २ को सरकारले आज गणतन्त्र दिवस मनाएको छ ।उक्त दिवसका अवसरमा प्रदेश सरकारले आज बिहान जानकी मन्दिरबाट शुरु गरेको प्रभातफेरी रामानन्द चोक, पिराडी चोक हुँदै जनकपुर चुरोट कारखानास्थित कभर्ड हल पुगेर सभामा परिणत भएको थियो ।

मुख्यमन्त्री गुरुङ भन्छन् : प्रदेश सरकारलाई डमरु बनाईयो

प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारलाई डमरु जस्तो बनाईएको बताएका छन्। ‘सरकारलाई डमरुजस्तो बनाईएको छ, एकापट्टि फर्के स्थानीय तह, अर्कोपट्टि फर्किँदा संघीय सरकार ठोकिन्छ, यो संघीयतालाई असफल पार्ने प्रयत्न हो ।’ उनले भने, ‘यसको विरुद्ध हामी डटेर लागिपर्नेछौँ।’

कर्मचारीको व्यवस्थापन छिटो हुन्छः मुख्यमन्त्री पोखरेल

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश र स्थानीय तहमा खटाइएका कर्मचारी लामो समयसम्म केन्द्रीय प्रशासनमा रहन नसक्ने भएकाले यसको व्यवस्थापन छिटो हुने बताएका छन्।

मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा रोक

सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा जान अनुमति नदिने निर्णय गरेको हो। मुख्यमन्त्री राउतले जनरल कन्भेन्सन अफ मधेसी एसोसिएसन इन अमेरिका नामक कार्यक्रममा भाग लिन जान पाऊँ भनी सरकारसक्ष अनुमति मागेका थिए।

मुख्यमन्त्री राउतको राजीनामा माग

नेपाली कांग्रेसका नेता बिजय सर्राफले प्रदेश नं. २ का मुख्य मन्त्री लालबाबु राउतको राजीनामा मागेका छन्। नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ का सभापति समेत रहेका सर्राफले भारतीय प्रधानमन्त्रीको जनकपुर भ्रमणको बेला राउतले देशको घरेलु विषय बिदेशीपाहुनाको अगाडि उठाएर मार्यादा बिपरित काम गरेको भन्दै राजीनामा माग गरेका हुन्।

कर्नाटकमा भाजपाको सरकार, येदियुरप्पा बने मुख्यमन्त्री

भारतको कर्नाटक राज्यमा सत्तारुढ भारतीय जनता पार्टीको सरकार बनेको छ।

मुख्यमन्त्रीको राजीनामा माग

नेकपा (माले) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका समयमा प्रदेश नं २ का मुख्यमन्त्री लालबहादुर राउतले संविधानको विरोध गर्नु, राष्ट्रभाषा नेपाली वा प्रदेशका बहुसंख्यक जनसमुदायको मातृभाषा मैथिलीमा नभएर हिन्दी भाषामा अतिथिको अभिनन्दन गरेकामा मुख्यमन्त्रीको राजीनामा माग गरेको छ।

मुख्यमन्त्री राउतको अभिव्यक्तिलाई लिएर प्रदेशसभामा चर्काचर्की

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिएको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री लालबाबु राउतले दिनुभएको अभिव्यक्तिप्रति मंगलबार प्रदेश नं. २ का प्रदेशसभा बैठकमा चर्काचर्की भएको छ।

मुख्यमन्त्री राउतकाे अभिव्यक्तिप्रति राजपा किन मौन ?

भातरीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गर्ने कार्यक्रममा गत शुक्रबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्तिका विषयमा संघीय समाजवादी फोरम नेपालले बचाउ गरेको छ। राजपाका अधिकांश शीर्ष नेता भने यसबारे प्रतिक्रिया दिन चाहँदैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्