९ आश्विन २०८१ बुधबार
image/svg+xml

रामकुमारी झाँक्री भन्छिन् : मुख्यमन्त्रीले काम गर्नै सकेनन्

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्रीले प्रदेश सरकारका मुख्यमन्त्रीहरुले कामै गर्न नसकेको आरोप लगाएकी छन्।

मुख्यमन्त्रीलाई भेट्न प्रधानमन्त्री गंगालालमा

प्रधानमन्त्री केपी शर्मा ओलीले उपचाररत प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

मुख्यमन्त्री पोखरेलले चीन भ्रमण गर्ने

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले आउँदो असारमा चीन भ्रमण गर्ने भएका छन्। चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति अन्तर्राष्ट्रिय विभागको निमन्त्रणमा मुख्यमन्त्री पोखरेल चीन जान लागेका हुन्।

पेमा खान्डु अरुणाञ्चल प्रदेशको मुख्यमन्त्री

भारतीय जनता पार्टी (भाजपा)का नेता पेमा खान्डुले अरुणाञ्चल प्रदेशको मुख्यमन्त्रीका रूपमा बुधबार शपथ लिएका छन् । खान्डुसहित अन्य ११ जना मन्त्रीलाई अरुणाञ्चल प्रदेशका गभर्नर अवकाश प्राप्त बिग्रेडर बिडी मिश्राले पद तथा गोपनियताको शपथ गराएको भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ ।

‘सूचांकका आधारमा स्रोतको बाँडफाँड हुनुपर्छ’

मुख्यमन्त्री लालबाबु राउतले मानव सूचांकको अवस्था र जनसंख्याको आधारमा स्रोतसाधनको बाँडफाँड हुनुपर्ने बताएका छन्। प्रदेशको सामाजिकदेखि आर्थिक अवस्थाको आधारमा स्रोत र साधनको बाँडफाँड गर्नुपर्ने बताएका हुन्।

मुख्यमन्त्रीको कार्यक्रममा धरपकड

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट उपस्थित कार्यक्रममा विपक्षीमाथि प्रहरीले धरपकड गरेको छ। डोटी बहुमुखी क्याम्पसको ५९ औँ वार्षिकोत्सव समारोहमा मुख्यमन्त्रीको विरोध गरेको भन्दै नेविसंघका जिल्ला अध्यक्ष गणेश खड्का सहितका नेताकार्यकर्ताहरुलाई प्रहरीले धरपकड गरेको हो।

पुर्पुरोमा हात राख्नुपर्ने दिन गएः मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अब नेपाली जनताका दुःखका दिन समाप्त हुँदै गएको बताएका छन्।

जातीय विभेद र छुवाछूत राखेर मुलुक समृद्ध हुन सक्दैनः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले दलित समुदायले भोग्दै आइरहेको जातीय विभेद र छुवाछूतलाई कायममै राखेर मुलुक समृद्ध बन्न नसक्ने बताएका छन्। राष्ट्रिय मानव अधिकार आयोगको आयोजना र दलित गैर सरकारी संस्था महासंघको समन्वयमा ‘सबैका लागि घर घरमा मानव अधिकारः शान्ति र विकासको आधार’ जातीय भेदभाव तथा छुवाछूत विरुद्धको अधिकार सम्बन्धमा प्रादेशिक सम्मेलनमा उद्घाटन सत्रमा बोल्दै मुख्य मन्त्री शाहीले यस्तो बताएका हुन्।

मुख्यमन्त्री पोखरेल पत्नीसहित सार्वजनिक बसमा सरर...

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पत्नीसहित बुटवलबाट सार्वजनिक बस चढेर लुम्बिनी पुगेका छन्।रुपन्देहीका विभिन्न रुटमा चल्ने बस सेवाको रिबन काटेर उद्घाटन गरेर मुख्यमन्त्री पोखरेल पत्नीसहित उक्त बसमा चढेर लुम्बिनी पुगेका हुन्।

‘नियोजितरुपमा सरकारविरुद्ध अभियान चलाइँदै छ’

सिण्डिकेट अन्त्य गर्न खोज्नु, काम नगर्ने ठेकेदारमाथि कारवाही थाल्नु, सरकारी जग्गा कब्जा गर्नेमाथि छानबिन थाल्नु, वैदेशिक रोजगारमा ठगी गर्ने व्यवसायीलाई कारवाहीको दायरामा ल्याउनु जस्ता काम थाल्दा ती क्षेत्रबाट गलत फाइदा उठाएकाले नियोजित रुपमा सरकार विरुद्ध अभियान चलाइरहेको बताएका हुन्।

‘बजेट कार्यान्वयन हुने परिस्थिति नै बनेन’

‘मुख्यमन्त्री बनेर पहिलोपटक बजेट ल्याउँदा मलाई पनि लागेको थियो ९० प्रतिशत बजेट खर्च गर्छु, समयमै काम सक्छु र सम्झौताअनुसार नै गुणस्तर कायम गर्छु,’ उनले भने, ‘तर परिस्थिति त्यस्तो बनेन।’ बजेट खर्च नहुनुमा संघ सरकार दोषी रहेको उनले जिकिर गरे।

प्रदेश ५ को नाम मगरात राख्न मुख्यमन्त्रीलाई ११ लाख हस्ताक्षर

मुख्यमन्त्री शंकर पोखरेलले हस्ताक्षर बुझ्दै प्रदेशभित्र बसोबास गर्ने सबै समुदायको भावनालाई समेट्ने गरि नामाकरण गर्ने आश्वासन दिए। प्रदेश ५ मा मगर सुमदायको बाहुल्यता रहेकाले प्रदेशको हरेक निर्णय र योजना कार्यन्वयनमा यो सुमदायलाई प्राथमिकतामा राखेर काम गरिएको मूख्यमन्त्रीको भनाई छ।

धादिङबाट ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’

प्रदेश ३ ले ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’ अभियान धादिङबाट सुरु गरेको छ। प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकटेलले शुक्रबार एक कार्यक्रमबिच सो अभियान उद्घाटन गरेका हुन्। निरोगीको स्वास्थ्य परीक्षणका लागि सुरु यस कार्यक्रमको मुख्य उद्देश्य नसर्ने रोग र त्यसको जोखिमबारे समयमै पहिचान गरी उचित उपचार र परामर्श दिनु रहेको मन्त्री जम्मकटेलले बताए। ‘राज्य भनेकै गरिबका लागि हो, दुःख पाएका जनताका लागि हो,’ उनले भने, ‘आफ्नो शरीरमा के रोग छ भनेर जँचाउन नसक्ने र खर्च नहुनेहरूलाई लक्षित गरी सो कार्यक्रम ल्याइएको हो।’

वर्षे अधिवेशन जेठ १० गते आह्वान

कर्णाली प्रदेशसभाको वर्षे अधिवेशन जेठ १० गतेदेखि सुरु हुने भएको छ। वैशाख २४ गतेको मन्त्रिपरिषद् बैठकले वर्षे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई सिफारिस गरेको थियो।

प्रदेश १ को मुख्यमन्त्री सम्पर्क कार्यालय धनकुटामा

प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयको रुपमा तत्कालीन धनकुटास्थित क्षेत्रीय प्रशासन कार्यालयको भवन प्रयोग गर्ने निर्णय गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज यहाँ बसेको बैठकले विभिन्न १३ वटा निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्