१ मंसिर २०८१ शनिबार
image/svg+xml

दुर्घटना रोक्न सडक सुरक्षा कार्यक्रम

प्रदेश सरकारले शनिबारदेखि सडक सुरक्षा कार्यक्रम लागू गरेको छ। सडक दुर्घटना न्यूनिकरण गर्न, सडक आवागमन सरल र नियमित गर्न, ट्राफिक नियमको पालना गराउनका लागि कर्णाली प्रदेशका १० वटै जिल्लामा एकै पटक सडक सुरक्षा कार्यक्रम लागू गरिएको हो।

‘सडक विस्तारमा स्थानीयलाई उचित क्षतिपूर्ति दिनुपर्छ’

रत्नपार्क, कारखाना चोक आदेश्वर हुँदै इचंगुनारायणसम्म माइक्रोबस सेवा पहिलोपटक सञ्चालन गरेका छौँ । चिसापानी, इचंगुनारायण, सत्तल चौर, धोलुंगे, चौतारा पुल, हल्चोक, रातोमाटे, वडा कार्यालयवरिपरि र पाँचधारालगायत टोलमा स्थानीयवासी, संघसंस्था र विद्यालयको सहयोगमा सरसफाइ एवंजनचेतनामूलक कार्यक्रम सम्पन्न गर्‍यौँ । स्वयम्भू वनस्थलीसम्मको चक्रपथ सरसफाइ कार्यक्रममा हामीले वडाको तर्फबाट प्रतिनिधित्व गरेका थियौँ ।

मुग्लिन सडकमा क्यान्टी लिभर नराखिने

नारायणगढ मुग्लिन सडकखण्डको मुग्लिनतर्फको साँघुरो भागमा क्यान्टी लिभर राखेर सडक फराकिलो बनाउने योजना असफल भएको छ।

होलीमा नारायणगढ–मुग्लिन सडक बन्द नहुने

होली पर्वका कारण नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई दिन बन्द नगरिने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ।

धरान-चतरा सडक समयभित्रै निर्माण सम्पन्न गर्न मुख्यमन्त्रीको निर्देशन

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडक समयमै गुणस्तरीय रुपमा सक्न निर्देशन दिएका छन्।

बेलटार जोड्ने चिसापानी – बंशिलाघाट सडक उदघाटन

खोटाङको दक्षिणी क्षेत्र र तराई जोड्ने सडक निर्माण गरिएको छ। जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारबाट बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौडण्डीको सिमानामा पर्ने सुनकोसीस्थित बंशिलाघाट जोड्ने २५ किलोमिटर सडक निर्माण गरिएको हो।

सडक विस्तारका लागि नगरपालिकाले किन्यो डोजर र रोलर

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले नगर क्षेत्रमा सडक सञ्जाल विस्तारका लागि आफ्नै डोजर र रोलर खरिद गरेको छ। सडक निर्माणमा छलाङ मार्ने लक्ष्यका साथ नगरपालिकाले खरिद गरेको डोजर र रोलर नगरपालिका भित्र्याईएको हो।

अव्यवस्थित सडक निर्माणले दुर्घटना बढे

रोल्पामा अव्यवस्थित ढंगले निर्माण गरिएका ग्रामीण सडकमा सवारी दुर्घटना बढिरहेको छ । सवारी दुर्घटना बढ्दै जाँदा वर्षेनी ठूलो मात्रामा धनजनको क्षतिसमेत हुँदै आएको छ।

‘सदन ठीक नभएसम्म सडक व्यवस्थित हुँदैन’

मलाई काठमाडौं नै राम्रो लाग्छ । किनभने, यहाँ हरेक थोक पाइन्छ । सरकारी काममा केही झन्झट भए पनि यहाँको मौसम र सेवा–सुविधा राम्रो छ । उपत्यकामा संसारमै नपाइने अमूल्य कलाकृति छन् । प्रकृतिले पनि यो ठाउँ सजिएको छ, मात्रै हामीले यसलाई व्यवस्थित पार्न सकिरहेका छैनौँ।

तीन दशकमा ९ किमी सडक

बैतडी–दार्चुला जोड्ने वैकल्पिक मार्गको रूपमा रहेको सिल्लेगडा–देथला सडक निर्माण कार्य सुरु हुँदा दोगडाकेदार गाउँपालिका–२, कटौजपानीका प्रताप महरा चार वर्षका थिए। अहिले उनी ३६ वर्षका भइसक्दा पनि ९ किलोमिटर मात्रै सडक निर्माण हुँदा अचम्मित भएका छन् । ‘पहिला त बजेट थिएन तर पछिल्लो दुई वर्षयता बजेट आएर पनि समयमा काम हुँदैन, यस्तो प्रवृत्तिले स्थानीयको विकासमा कहिले पहुँच पुग्ला?

मुआब्जा दिन नपाउँदा सडक विस्तारमा समस्या

जनप्रतिनिधिको जिम्मेवारी सम्हालेको झन्डै आठ महिना भयो । निर्वाचित भएर आउनेबित्तिकै वडा कार्यालयको सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाइरहेका छौँ । अहिले जनताले छिटो–छरितो सेवा पाइरहेका छन् । जनताको माग र अपेक्षालाई सम्बोधन गरेर चरणबद्ध रूपमा योजना बनाएका छौँ । नगरपरिषद्बाट गरेका चरणबद्ध योजनालाई उपभोक्ता समितिमार्फत कार्यान्वयन चरणमा पुगेका छौँ । विकास योजनाका काम प्रक्रियागत रूपमा अघि बढिसकेको छ । त्यसको प्रतिफल जनताले अबको एक–दुई महिनापछि मात्रै देख्नेछन् । प्रदेश सरकार हालसालै बनेको छ । अब प्रदेश सरकारले कानुन बनाएसँगै स्थानीय तहले गति लिनेछ ।

जापानको सहयोगमा सूर्यविनायक –धुलिखेल सडक ८ लेन बन्ने

अरनिको राजमार्गअन्तर्गत १५ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडकखण्ड अब ८ लेन बन्ने भएको छ। सडक ८ लेनको बन्ने भएपछि सडक विभागले विहिबार (आज) भक्तपुरको जगातीमा आयोजना गरेको राय सुझाव संकलन कार्यक्रममा सरोकारवालाले छिट्टै यो सडक विस्तार गर्नु पर्ने मागसमेत गरेका छन्। काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको चाप अत्यधिक बढेको र जगाती क्षेत्रमा दैनिक सडक जाम हुन थालेकाले यो सडक छिटो निर्माण हुनुपर्ने माग गरेका हुन्।

राष्ट्रपतिविरुद्ध कांग्रेस भ्रातृ संगठन सडकमा

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्म र भावना विपरित मन्त्रिपरिषद्को सिफारीस कार्यान्वयन गरेको भन्दै नेपाली कांग्रेसका भ्रातृ संगठनहरु सडकमा उत्रिएका छन्। कांग्रेसका प्रमुख भ्रातृ संगठनहरु नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलले असंवैधानीक कदम सच्याउन आग्रह गर्दै राष्ट्रपतिलाई संविधान प्रति उपहार दिएका हुन।

हिमापातले अवरुद्ध गमगढी नाग्म सडक बिहीबारदेखि खुल्ने

माघको २९ देखि भारी हिमपातका कारणअवरुद्ध भएको गमगढी— नाग्म सडक खण्ड बिहीबारदेखि सुचारु हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्