२३ आश्विन २०८१ बुधबार
image/svg+xml

अव्यवस्थित विजुली तारः जताततै दुर्घटनाको डर, स्थानीयमा त्रास

भक्तपुरका प्रमुख प्रज्ज्वलमान श्रेष्ठले सबैतिर तार अस्तव्यस्त भएको स्वीकार गरे। तर पनि जनशक्ति परिचालन गर्न नसकिने उनले बताए। ‘आवश्यक पर्यो भने मात्रै कर्मचारी पठाउने गर्छाै, उनले नागरिकसँग भने, ‘तार जल्यो, चुड्यो भनेमात्रै कर्मचारी जान सक्छन्, नभए जाँंदैनन्।’

सम्मानपूर्ण जीवनयापनका लागि आदर निकेतन

भक्तपुर नगरपालिकाका ज्येष्ठ नागरिकहरूको सम्मानपूर्ण जीवनयापनका लागि लागि आदर निकेतन बनाउने भएको छ।

पुनर्जीवित हुँदै भक्तपुरको रानीपोखरी

रानीपोखरी भनेपछि धेरैलाई लाग्छ– काठमाडौंको रानीपोखरी। तर, भक्तपुरमा पनि रानीपोखरी छ, जुन काठमाडौंको भन्दा पनि ४० वर्ष पुरानो। यहीँ भक्तपुरको रानीपोखरीले अहिले पुनर्जीवन पाउँदै छ।

नाममात्रको नगरकोट बसपार्क

भक्तपुरको कमलविनायकमा रहेको नगरकोट बसपार्क अस्तव्यस्त छ। नगरकोट बसपार्क प्रसिद्ध कमलविनायक पोखरीको उत्तरपट्टि रहेको छ।

पुर्नजीवन पाउँदै भक्तपुरको रानीपोखरी

रानीपोखरी भनेपछि धेरैलाई लाग्छ, काठमाडौंको रानीपोखरी। तर भक्तपुरमा पनि रानीपोखरी छ, जुन काठमाडौंको भन्दा पनि ४० वर्ष पुरानो हो। यही भक्तपुरको रानीपोखरीले अहिले पुनर्जीवन पाउँदैछ।

टिकट लिन लाइनमै बित्छ दिन

दुई घन्टाभन्दा बढी लाइनमा बसेर पालो आएपछि टोकन चाहिन्छ रे भनेपछि उनी रिसाएर चिच्याएकी थिइन्। उनी भन्छिन्, ‘अघि नै किन नभनेको त? यत्रो समय लाइन बसेपछि फेरि लाइन बस्नुप-यो होइन?’

भौगोलिक संकेत

भोजपुरको खुकुरी, पाल्पाको करुवा, फर्पिङको नासपाती, कास्कीको पस्मिना, खोकनाको तेल यी वस्तुको नामसँगै नेपालको भैगोलिक संकेतलाई पनि यी वस्तुले चिनारी दिन्छन्।अरु देशमा भौगोलिक संकेतलाई बौद्धिक सम्पत्तिका रूपमा संरक्षण गरिएको छ।

स्थानीय मौलिक उत्पादनको प्रवर्द्धनमा जोड

सहकारी संस्थाले स्थानीय स्रोत र साधन परिचालन गर्दै मौलिक उत्पादन प्रवद्र्धनका लागि लगानी गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन्। भक्तपुरको मौलिक काष्ठकला, चित्रकला, मुकुन्डो कला, मृतिकाकलालगायत अन्य विविध कला र सीपसम्बन्धी तालिम सञ्चालन गरी नगरवासीमा रोजगारीको अवसर सिर्जना गर्न सहकारी संस्थाले भूमिका खेल्नुपर्नेमा पनि उनीहरुले जोड दिए।

भूकम्पले ढाल्न नसकेका धरोहर

वैशाख १२ गतेको भूकम्पलगत्तै भक्तपुरमा धेरैको चासो थियो– पाँचतले मन्दिर के भयो ? अनि जमिनमा पुरिएको ५ महिने बालकको अवस्था के छ ? नगरपालिकामा मात्र झण्डै ६ हजार घर भत्किए। सयौंको मृत्यु भयो। तर, जोगिएको १८ औं सताब्दीको सुरुवातमा बनेको १०८ फिट अग्लो पाँचतले मन्दिर र २२ घण्टापछि सकुशल उद्धार गरिएका ५ महिने बालकले भक्तपुरमा मात्र होइन, संसारभर खुसी छरिदियो।

सम्पदा संरक्षण विज्ञानसम्मत हुनुपर्नेमा जोड

सम्पदा संरक्षण विज्ञानसम्मत हुनुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन्। भक्तपुर नगरपालिकाले विश्व सम्पदा दिवसको अवसरमा बिहीबार गरेको प्रवचन कार्यक्रमका वक्ताले प्राचीन स्मारण ऐनअनुसार एक सय वर्ष पुरानो भौतिक वस्तु देशकै सम्पदाको रूपमा स्थापित हुने भएकाले यसको संरक्षण आवश्यक रहेको बताए।

‘स्थानीय पहिचान जोगाउन स्थानीय पाठ्यक्रम’

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको कला–संस्कृति, भूगोल, इतिहास, सम्पदा, खेलकुद आदि विषयबारे नयाँ पुस्तालाई जानकारी प्रदान गर्न स्थानीय पाठ्यक्रम बनाएको बताएका छन्।

उठ्यो बिस्केटको लिंगो

सानो क्षेत्रफलमा रहेका कारण घरका झयालझ्यालहरुसम्म डोरी लगेर झ्यालझयालबाट डोरी तानेर लिंगो उठाइएको हो। प्रत्येक वर्ष यहाँं यसरी नै लिंगो उठाउने चलन छ।

यसरी मनाइन्छ भक्तपुरको बिस्केट जात्रा

भक्तपुर यतिखेर बिस्केट जात्रामय भएको छ। बुधबारदेखि सुरु भएको जात्रा वैशाख ५ गतेसम्म धुमधामका साथ मनाइन्छ। भक्तपुर नगरपालिका वडा नं ५ पाँचतले मन्दिरअगाडि राखेर बनाइएको भैरवनाथको रथ तानेर सुरु हुने जात्रा त्यही रथ तान्ने क्रमको समाप्तिसँगै सम्पन्न हुने परम्परा छ।

दुई लाख ८६ हजार नगदसहित ६ जुवाडे पक्राउ

प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका ५ कटुञ्जे सुबर्णेश्वर चोकबाट तास खेलिरहेको अबस्थामा ६ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले नगद दुई लाख ८६ हजार तीन सय १० रुपैयाँ नगद र १० बुक ताससहित उनीहरुलाई नियन्त्रणमा लिई विहीबार जुवा मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

होलीको अबिरले रिसायौ कि ...

झन्डै पच्चीस वर्षअघि बनेको नेपाल भाषाको चलचित्र ‘सिलु’ मा प्रयोग भएको यो लोकगीत होलीका बेला भक्तपुरमा गुन्जायमान हुन्छ। भक्तपुरका पाटीपौवा, सत्तल, चोक, बहाबही, दवलीमा साझँपख दाफाभजन (होलीका गीत गाउने) मा यो गीत होलीको केही दिन अघिदेखि नै गाउन सुरु हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्