९ आश्विन २०८१ बुधबार
image/svg+xml

९० प्रतिशत काम सकिएको विद्युत् गृहमा मुसा छिरेपछि...

मर्मतको अन्तिम चरणमा पुगेको साना जलविद्युत् उपभोक्ता समितिको विद्युत् गृहको प्यानल बोर्डमा मुसा छिरेपछि निर्माण रोकिएको छ। प्यानल बोर्डमा मुसाले तार काटेपछि समस्या आएको हो। एक दुई दिनभित्रै मर्मत कार्य सकिएर बिजुली आपूर्ति हुने अवस्थामा थियो। मुुसाले तार काटेपछि मर्मत कार्यमा ढिलाइ भएको साना जलविद्युत् उपभोक्ता समिति अध्यक्ष विष्णुबहादुर बुढ्थापाले जानकारी दिए।

हावाबाट बिजुली, उज्यालिँदे गाउँबस्ती

जिल्लाको निस्दी गाउँपालिका–४, मित्यालमा हावा र सौर्य शक्तिबाट विद्युत् उत्पादन गरिएको छ। गाउँपालिका केन्द्र रुक्सेभन्ज्याङमा १ हजार २ सय वाट विद्युत् उत्पादन गरिएको हो। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अध्ययनले निस्दीमा वायु ऊर्जाको प्रशस्त सम्भावना देखाएपछि थप २५ हजार वाट (२५ किलोवाट) क्षमतामा विद्युत् उत्पादन कार्यलाई तीव्रता दिइएको छ।

बिजुलीको तार भूमिगत बनाउन भारतीय कम्पनी छनोट

नेपाल विद्युत् प्राधिकरणले काठमाडौंकोमा रहेको बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्ने ठेकेदार छनोट गरेको छ। महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र अन्तर्गततको विद्युत्को तारलाई भूमिगत गर्नसबैभन्दा कम रकम बोलकबोल गर्ने भारतीय कम्पनी केईआई इन्ड्रष्ट्रिज लिमिटेड छनोट भएको हो।

माथिल्लो सान्जेनको ८० प्रतिशत काम सकियो

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको ८० प्रतिशत काम सकिएको छ। सन् २०१९ डिसेम्बरभित्र काम सम्पन्न गर्ने गरी निर्माण कार्य भइरहेको आयोजनाले जनाएको छ। अहिले आयोजनामा पावर हाउस निर्माणको काम भइरहेको छ।

रसुवामा ७ सय ४५ मेगावाट विद्युत् उत्पादन हुने

रसुवामा जलविद्युत् आयोजना निर्माण हुने क्रम बढेको छ। जलविद्युत्का लागि प्रचूर सम्भावना रहेको जिल्लामा पछिल्लो समय आयोजना निर्माण गर्ने क्रम बढेको हो। २०७० सम्ममा २७ मेगावाट विद्युत् उत्पादन भएको थियो।

असारभित्र विद्युत् उत्पादन

माथिल्लो त्रिशुली थ्री ‘ए’ ले आगामी असारभित्र विद्युत् उत्पादन सुरु गर्ने भएको छ। रसुवामा बाँध र नुवाकोेटमा विद्युत्गृह रहेको आयोजनाको ८५ प्रतिशत काम सकिएको छ।

यस्तो छ जलविद्युत्को शेयरमा लगानी व्यवस्था

सरकराले घोषणा गरेका जलविद्युत्मा जनताको लगानी कार्यक्रममा सहभागी हुन आयोजनाको लगानी निश्चित हुनुपर्ने प्रावधान राखिएको छ। धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को दोस्रो संसोधनमा यस्तो व्यवस्था गरीएको हो।

७ खर्ब लगानीका १९ जलविद्युत् आयोजना आउँदै

सरकारले जनताको लगानीमा ६ खर्ब ९५ अर्ब रुपैयाँको १९ वटा आयोजना सञ्चालन गर्ने भएको छ। सरकार र जनताको संयुक्त लगानीमा सो आयोजनाको उद्घाटन बिहीबार प्रधानमन्त्री केपी ओलीले गरेका छन्।

अब खल्तीमा पैसा नहुने नेपाली हुँदैनन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनताको जलविद्युत् आयोजना’ कार्यक्रम उद्घाटन गरेका छन्। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको आयोजनामा आज राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा ‘नेपालीको पानी जनताको लगानी : हरेक नेपाली जलविद्युत्को सेयरधनी’ भन्ने नारा तय गरिएको छ।

१५ हजार घुस सहित विद्युत् प्राधिकरणका सुपरभाइजर पक्राउ

नेपाल विद्युत् प्राधिकरणका सुपरभाइजर महेन्द्र प्रधान १५ हजार घुससहित पक्राउ परेका छन्। अख्तियारको टोलीले उनलाई पुरानो बानेश्वर वितरण केन्द्रको कार्यालयबाट पक्राउ गरेको हो।

माथिल्लो त्रिशुली शिलान्यास, २०७७ फागुन सम्म सक्ने लक्ष्य

रसुवा र नुवाकोटमा निर्माण हुने माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजना शिलान्यास भएको छ। ३७ मेगावाट क्षमताको आयोजनाको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आइतबार शिलान्यास गरेका हुन्।

कावेली ‘ए’ को काम रोकियो

विश्व बैंक तथा अन्तर्राष्ट्रिय वित्तीय निगम (आइएफसी)को ऋण लगानी भएको कावेली ‘ए’ जलविद्युत् आयोजनाको काम रोकिएको छ। २२ महिना अगाडि शिलान्यास भए पनि द्रुत गतिमा काम अघि बढ्न नसकेको उक्त आयोजना क्षेत्रमा ठेकेदार कम्पनीका कामदारले समेत छाडेर गएका छन्।

दुई सय मेगावाटसम्मको लाइसेन्स प्रदेशबाटै

प्रदेश १ को सरकारले दुई सय मेगावाटसम्मको जलविद्युत् उत्पादनका लागि प्रदेशबाटै लाइसेन्स वितरण गर्ने र प्रदेशमै महसुल निर्धारण आयोग गठन गर्ने प्रावधानसहितको विद्युत्सम्बन्धी कानुन ल्याउने भएको छ।

नियमित विद्युत् आपूर्ति नहुँदा उदयपुर सिमेन्टलाई करौडौं घाटा

पुनर्जीवन पाएको पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग प्रालि पछिल्लो महिना नियमित विद्युत् नहुँदा थलिँदै जान थालेको छ। एक सेकेण्ड मात्र विद्युत् अवरुद्ध हुँदा पनि लाखौं घाटा लाग्ने उद्योगमा दैनिक १३ घण्टासम्म विद्युत् कटौती हुन थालेको छ।

बिजुली चुहावट पाँच प्रतिशत बिन्दुले घट्यो

चालु आर्थिक वर्षको मंसिरसम्म बिजुली चुहावट पाँच प्रतिशत बिन्दुले घटेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म २०.४५ प्रतिशत रहेको चुहावट चालु आर्थिक वर्षको मंसिरमा घटेर १५.४५ प्रतिशत प्रतिशतमा आएको हो। चुहावट नियन्त्रणलाई अभियानकै रुपमा सञ्चालन गरेकाले यो सफलता हात लागेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्