८ आश्विन २०८१ मंगलबार
image/svg+xml

जलविद्युत्मा विदेशी विनिमय सुविधासम्बन्धी निर्देशिका कार्यान्वयनमा

सरकारले विद्युत् आयोजनाका काम गर्न आउने परामर्शदाता, विदेशी प्राविधिक तथा प्रवद्र्धकलाई विदेशी विनिमय सुविधा सिफारिसलाई व्यवस्थित र नियमित गर्न ‘विद्युत् आयोजनाका लागि विदेशी विनिमय सुविधा सिफारिससम्बन्धी निर्देशिका, २०७४’ कार्यान्वयनमा ल्याएको छ।

विद्युत् चोरीमा संलग्न नौ पक्राउ

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाका विभिन्न वडाबाट तानेर विद्युत् चोरी गरेका नौ जना आज पक्राउ परेका छन्।

त्रिशुली नदीमा जलविद्युत् उत्पादन गर्न चिनियाँ कम्पनीलाई स्वीकृति

उद्योग मन्त्रालयले रसुवा जिल्लाको त्रिशूली नदीमा रु २० अर्ब ३८ करोडको लागतमा १०२ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्न चिनियाँ कम्पनीलाई स्वीकृति दिएको छ।

तरलता संकटले जलविद्युत् आयोजना समस्यामा

बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता संकटका कारण निर्माणाधीन जलविद्युत् आयोजना प्रभावित भएका छन्।

नेपाल अनुकूल विद्युत् ऐन

हाल प्रचलनमा रहेको विद्युत् ऐन र तुहाइएको विद्युत्् विधेयकको सबभन्दा ठूलो कमजोरी नै तल्लो तटीय लाभसम्बन्धी मौनता हो । नेपालको भूभाग डुबाएर, जनतालाई विस्थापित गराएर सुक्खायाममा उत्पादन हुने थप/नियन्त्रित पानी तल्लो तटीय मुलुकलाई निःशुल्क दिनु कुनै पनि हालतमा उचित÷जायज हैन ।

हावाबाट विद्युत् उत्पादनका लागि सम्भाव्यता अध्ययन

बाकेको खजुरास्थित क्षेत्रीय कृषि तालीम केन्द्रको परिसरभित्र हावाबाट बिजुली उत्पादनका लागि सम्भाव्यता अध्ययन भइरहेको छ ।

दर्जन जलविद्युत् आयोजना निर्माण हुँदै

जिल्लामा अहिले १२ वटा जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । जिल्लाको टिमुरे, चिलिमे, हाकु, सरमथली, स्याफ्रु र भोर्लेमा धमाधम आयोजना निर्माण हुँदै छन् ।

बलेफी ‘ए’ विद्युत् आयोजनाको क्षमता विस्तार गरिने

निजी क्षेत्रबाट निर्माण भइरहेको १० दशमलव ६ मेगावाट क्षमताको बलेफी ‘ए’ जलविद्युत् आयोजनालाइ १८ मेगावाट क्षमतामा विस्तार गरी निर्माण गरिने भएको छ।

विद्युत् महसुल उठाउन र चुहावट नियन्त्रणमा सहयोग गर्न आग्रह

नेपाल विद्युत् प्राधिकरण कलैया वितरण केन्द्रका अधिकारीले विद्युत् महसुल बक्यौता उठाउन र चुहावट नियन्त्रण गर्ने कार्यमा सहयोग गर्न स्थानीय जनप्रतिनिधिसँग आग्रह गरेका छन्।

लघुजलविद्युत् आयोजना सञ्चालन

रसुवाको पर्यटकीय क्षेत्र लाङटाङमा एक सय १३ किलोवाटको लघुजलविद्युत् आयोजना सञ्चालनमा आएको छ । गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङस्थित क्यान्जिनमा एक सय १३ किलोवाट क्षमताको छुहाखोला लघुजलविद्युत् आयोजना सञ्चालनमा आएको हो ।

धमाधम निर्माण हुँदै जलविद्युत् आयोजना

जिल्लाका विभिन्न नदीहरूमा बर्सेनिजसो जलविद्युत् आयोजना निर्माण हुँदै विद्युत् उत्पादनसमेत गरिहेका छन् । जिल्लाका माई र पुवाखोलामा उत्पादन गरिरहेका आयोजना आधा दर्जन नाघेका बेला केही आयोजना धमाधम निर्माण चरणमा छन् ।

जलविद्युत् आयोजना निर्माणमा सकारात्मक सोच आवश्यक

नयाँ प्रविधिबारे जानकारी गराउने उद्देश्यले एक्स्पो आयोजना गरिएको हो । तीन दिनसम्म सञ्चालन हुने यस्तो एक्स्पोमा जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक पर्ने उपकरणबारे जानकारी एकै थलोबाट लिन सकिने छ । यस्तो एक्स्पो नेपालमा पहिलोपटक गर्न लागिएको हो । जलविद्युत् सम्मेलन भएका थिए । तर, अहिले गर्न लागिएको जस्तो एक्स्पो योभन्दा अगाडि भएका थिएनन् ।

भारतसँगको विद्युत् खरिद सम्झौता नवीकरण

नेपाल विद्युत् प्राधिकरणले भारतसँगको विद्युत् खरिद सम्झौता नवीकरण गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोलीले आगामी तीन महिनाका लागि भारतसँगको विद्युत् खरिद सम्झौता नवीकरण गरेको हो ।

बाइस वर्षपछि विद्युत् माग १८ हजार मेगावाट पुग्ने

आगामी २२ वर्षपछि मुलुकमा विद्युत्को उच्चत्तम माग १८ हजार १३७ मेगावाट पुग्ने भएको छ।  सरकारले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सन् २०३९÷४० सम्ममा विद्युत्को माग बढेर उक्त बिन्दुमा पुग्ने देखिएको हो।

विद्युत् महशुल नबुझाउने ग्राहकको लाइन काटिँदै

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि विद्युत् महशुल नबुझाउने सेवाग्राहीको विद्युत् लाइन काट्न शुरु गरेको छ।  प्राधिकरण वितरण केन्द्र लहानले रु ५० हजारभन्दा बढी बक्यौता रहेका २२० ग्राहकको विद्युत् लाइन काट्न शुरु गरेको हो। बाँकी बक्यौता रकम समयमा नबुझाउने र पटक पटक समयमै विद्युत् महशुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको विद्युत् लाइन काट्न थालिएको प वितरण केन्द्र लहानका प्रमुख विष्णुदेव यादवले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्