८ आश्विन २०८१ मंगलबार
image/svg+xml

कालीगण्डकी ‘ए’ मा विद्युत् उत्पादन घट्यो

मुलुककै ठूलो कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनामा विद्युत् उत्पादन घटेको छ। चिसो मौसमसँगै नदीको बहाव घटेका कारण छिमेकी जिल्ला स्याङ्जाको मिर्मीमा रहेको आयोजनाले १४४ मेगावाट उत्पादन दिँदै आएकामा यतिबेला दैनिक ८० मेगावाटमा झरेको छ।

स्वच्छ ऊर्जा प्रणालीबाट विद्युत् प्रवाह शुरु

सिन्धुलीको हरिहरपुरगढी गाउँमा मुलुककै पहिलो वायु–सौर्य ऊर्जा प्रणाली स्थापना भएको छ। उक्त ऊर्जा केन्द्रबाट आजदैखि विद्युत् प्रवाह पनि थालिएको छ।  त्यस अवसरमा जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव प्रकाश माथेमाले नेपालको ऊर्जा क्षेत्रमा निरन्तर सहयोग गरेकामा एडिबीप्रति आभार व्यक्त गर्दै दिगो विकासका लक्ष्य हासिल गर्ने नेपालको प्रयासमा नवीन एवं नवीकरणीय ऊर्जाको महत्वपूर्ण योगदान हुने बताए ।

चिलिमेको विद्युत् उत्पादन बन्द

विद्युत  प्रसारणको लाइन बिग्रिएपछि चिलिमे जलविद्युत् केन्द्रको २२ मेगावाट विद्युत् उत्पादन कार्य बुधवार दिउँसोेदेखि बन्द भएको छ ।

विद्युत् महसुल आइएमई पेमार्फत भुक्तानी गर्न सकिने

विद्युत महसुल बापतको रकम अबदेखि आइएमई पेबाट भुक्तान गर्न सकिने भएको छ । देश–विदेशमा रहेकाले यस्तो सेवामार्फत विद्युत् महसुल भुक्तान गर्न सक्ने कम्पनीले जनाएको छ ।

अनधिकृत रुपमा विद्युत् प्रयोग गर्ने नौजना पक्राउ

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जिल्लाको विभिन्न ठाउँबाट अनधिकृत रुपमा विद्युत् प्रयोग गर्दै आएका नौजनालाई पक्राउ गरिएको जनाएको छ।

दुई महिनासम्म पनि सञ्चालन भएन विद्युत् सेवा

दुई महिनादेखि अवरुद्ध रहेको परोपकार सहकारी जलविद्युत् परियोजनाको विद्युत् सेवा अझै सञ्चालन हुन सकेको छैन। परोपकार बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित परोपकार सहकारी जलविद्युत् परियोजनाअन्तर्गत रहेको मुसिकोट नगरपालिका–१ पौदीअमराईमा गत असार २९ गते जलेर अवरुद्ध बनेको ५० केबीको ट्रान्समिटर मर्मत सम्भार नहुँदा विगत लामो समयदेखि बिजुली बत्ती बाल्न नपाउँदा आफूहरुलाई निकै समस्या भइरहेको स्थानीय समाजसेवी युवा प्रकाश श्रेष्ठले बताए।

जलविद्युत् आयोजनामा ३६ अर्ब लगानी

जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडिसिएल) ले आगामी पाँच वर्षभित्रमा ३५ अर्ब ७६ करोड रुपैयाँ लगानी गर्ने कार्ययोजना सार्वजनिक गरेको छ । स्वदेशी तथा विदेशी लगानी भित्र्याएर जलविद्युत् आयोजना निर्माणमा लगाउने भएको हो ।

पाँच वर्षमा ३६ अर्ब लगानी गर्दै जलविद्युत् लगानी कम्पनी

बैंक तथा वित्तीय संस्थामा पैसा राखेर ब्याजमात्रै खाएको आरोप लाग्दै आएको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले मुलुकको जलविद्युत् क्षेत्रमा ठूलो मात्रामा लगानी गर्ने योजना अगाडि सारेको छ।

असी रुपैयाँ विद्युत् महसुल तिर्न दुई हजार खर्च

जिल्लाको पूर्वी क्षेत्रका दुई गाउँपालिकाका उपभोक्तालाई विद्युत् महसुल बुझाउन सास्ती भएको छ।

त्रिशूली जलविद्युत्को फ्युज शाखामा आगलागी

नेपाल विद्युत् प्राधिकरण, त्रिशूली जलविद्युत् उत्पादन गृहस्थित त्रिशूली फ्युज सेवा (नो लाइट)मा आगलागी हुँदा केन्द्रबाट प्रवाह हुने विद्युत् सेवा अवरुद्ध भएको छ।

विद्युत् महसुल बुझाउँदैनन् सरकारी कार्यालय

अरुलाई नियमन गर्ने निकाय आफैंले नियमको पालना नगरेको पाइएको छ। नेपाल विद्युत् प्राधिकरणको ६० दिनभित्र महसुल तिर्नुपर्ने नियम भए पनि विभिन्न सरकारी निकायले लाखौँ रुपैयाँ महसुल तिर्न बाँकी राख्दै आएका छन् ।

तनहुँ जलविद्युत् आयोजनालाई जग्गाको हदबन्दी छुट

सरकारले तनहुँ सेती जलविद्युत् आयोजनाका लागि आवश्यक पर्ने जग्गा प्राप्त गर्न लाग्दै आएको हदबन्दी छुट दिएको छ।

काठमाडौंमा आज कहाँ-कहाँ विद्युत् कटौती?

काठमाडौँ उपत्यकाको सडक विस्तार तथा ट्राफिक व्यवस्थापनलाई सहयोग गर्न सडक किनारमा राखिएका पोल सार्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आज केही स्थानमा विद्युत् कटौती गरेको छ। प्राधिकरणका अनुसार आज दिनभरजसो महाराजगञ्ज वितरण केन्द्र मातहतका सबै स्थानमा विद्युत् कटौती गरिएको छ।

जलविद्युत् आयोजनाले फेरियो जीवनशैली

रसुवामा सञ्चालित तथा निर्माणाधीन जलविद्युत् आयोजनाले जिल्लाबासीको जीवनशैली परिवर्तन गरेको छ। जिल्लामा रहेका जलविद्युत् आयोजनाले पूर्वाधारको विकास गर्नुका साथै स्थानीयलाई रोजगारीको अवसरसमेत दिन थालेपछि रसुवाबासीको जीवनशैली परिवर्तन हुँदै जान थालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्