७ आश्विन २०८१ सोमबार
image/svg+xml

हावाहुरी पीडितलाई कांग्रेस सांसदले दुई दिनको तलब दिने

कांग्रेस संसदीय दलको सोमबारको बैठकले बारा र पर्सा लगायत तराईका विभिन्न स्थानमा अकस्मात आएको भीषण हावाहुरीबाट प्रभावितहरुका लागि राहतस्वरुप पार्टीबाट संघीय संसदबाट प्रतिनिधित्व गर्ने सांसदहरुको २ दिनको तलब बराबरको रकम सहयोग गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए।

उद्धारमा जुटौं : कांग्रेस नेता पौडेल

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले हावाहुरीबाट पीडित बनेकाको उद्धारमा जुट्न आग्रह गरेका छन्। नेता पौडेलले बारा र पर्सामा हावाहुरीबाट पीडित बनेकाको उद्धारमा जुट्न कांग्रेस कार्यकर्ता र आम नेपालीलाई आग्रह गरेका छन्।

पीडितको उद्धारमा जुट्न देउवाको निर्देशन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हवाहुरीबाट पीडितको उद्धारमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन्। देउवाले सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्यहरू एवं प्रदेश नम्बर २, नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव तथा पार्टीका जिल्ला कार्यसमितिहरू, भ्रातृ एवं शुभेच्छुक संघ–संस्थाहरूलाई समेत घाइतेको उद्धार, पुनस्र्थापना र राहतमा जुट्नका लागि सभापति देउवाले निर्देशन दिएका हुन्।

विस्थापितलाई तत्काल पुनर्स्थापना गर : कांग्रेस

नेपाली कांग्रेसले बारा र पर्सामा हावाहुरीले विस्थापित बनेको परिवारलाई तत्काल पुनर्स्थापनाका लागि सरकारसँग आग्रह गरेको छ।

धर्म स्वतन्त्र हुनुपर्छः महामन्त्री कोइराला

‘नेपाली कांग्रेसले कहिले पनि हिन्दूराष्ट्र हुनुपर्छ भनेको छैन, धर्म स्वतन्त्र हुनुपर्छ, नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले भने, कांग्रेसको चाहाना धार्मीक स्वतन्त्रता नै प्रमुख हो। कांग्रेसको झण्डाको चार तारामा एक तारा धर्म स्वतन्त्रताको प्रतिक हो।’

प्रश्नपत्र बाहिरिनु नालायकीपनको पराकाष्ठा : कांग्रेस

नेपाली कांग्रेसले प्रदेश २ मा एसईईको प्रश्नपत्र बाहिरिनु सरकारको गैरजिम्मेवारी र नालायकीपनको पराकाष्ठा भएको आरोप लगाएको छ।

आन्तरिक विवादले कांग्रेस कमजोरः सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्तरिक विवादले कांग्रेस कमजोर भएको बताएका छन्। कांग्रेस गुल्मीले गरेको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा देउवाले कांग्रेस पाटीभित्रको आन्तरिक विवाद अन्त्य गरेर एक ठाउँमा उभिनुपर्ने बताए। नेताहरू गुटगत स्वार्थ छाडेर एक ठाउँमा उभिने बितिकै पार्टी बलियो हुने दाबी गरे।

कांग्रेसले भागबन्डा खोज्यो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले भागबन्डा खोजिरहेको आरोप लगाएका छन्। आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले प्रमुख प्रतिपक्ष दल कांग्रेसले हरेक कुरामा भागबन्डा खोजेको आरोप लगाएका हु्न्।

‘कांग्रेसमा अब गुट रहँदैन’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काग्रेसमा एकताको खाँचो रहेको बताएका छन्। नेपाली कांग्रेस गुल्मीको ऐतिहासिक प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्न गुल्मी आएका काग्रेस सभापति देउवाले नेपाली काग्रेसमा अनुशासनसँगै एकताको अभाव देखिएकाले कांग्रेस अब एक भएर अगाडि बढ्ने बताए।

नेतालाई आक्षेप नलगाऊ : तरुण दल

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले पार्टीका नेताहरुलाई आधारहीन आरोप नलगाउन सचेत गराएको छ।

पौडेलको घरमा देउवालाई सम्झाउने भेला

नेपाली कांग्रेसको भ्रातृ संगठन भद्रगोल भएको भन्दै असन्तुष्ट समूहले भ्रातृ संगठन सुधारमा ध्यान दिनुपर्ने निष्कर्ष निकालेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहोराटारमा बसेको बैठकले यसप्रति ध्यान दिन सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ।

जिल्ला सभापतिसँग देउवाले भने– केन्द्रीय सदस्यलाई चिढ्याउन सकिनँ

केन्द्रीय समितिले आफूहरूको मुद्दा उल्ट्याएपछि निर्णय सच्याउन नेपाली कांग्रेस जिल्ला सभापतिहरू सक्रिय छन्। केही दिनदेखि जिल्ला सभापतिहरूले पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूसँग ‘लबिङ’ सुरु गरेका छन्।

सभापतिदेखि मुख्यसचिवविरुद्ध उजुरी, कारबाही होला ?

नेपाली कांग्रेसका सभापतिदेखि कार्यालयका मुख्यसचिवसम्मलाई कारवाही गर्न माग गर्दै उजुरी दर्ता भएको छ।अनुशासन समितिले पार्टी हितविपरीत काम गर्नेविरुद्ध उजुरी माग गरेपछि सभापति शेरबहादुर देउवादेखि केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलसम्मलाई कारवाही माग गर्दै उजुरी दर्ता भएको हो।

देउवाविरुद्ध पार्टीमा उजुरी

नेपाली कांग्रेसका महासमिति सदस्य राजेन्द्र बजगाईंले सभापति शेरबहादुर देउवालाई कारबाहीको मागगर्दै अनुशासन समितिमाउजुरी दर्ता गराएका छन्। देउवाले नेकपाकाअध्यक्ष केपीशर्मा ओली नेतृत्वको सरकारले प्रस्तुत गरेको नीतितथाकार्यक्रम सर्वसम्मतिले पारित गर्न दिएको उल्लेख गर्दै बजगाईंले उजुरीमाभनेका छन्, ‘यसबाट संसदीयमर्यादामाचोटमात्र पुगेन, सिंगो पार्टीको साखगिरेको छ।

अन्तर्घातको उजुरी परेका कँडेल र राठोरलाई के होला?

यी दुवै केन्द्रीय सदस्य अहिले अनुशासन समितिका सदस्य छन्। कँडेल प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै नवलपरासीको बर्दघाट–सुस्ता पश्चिम क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिले कारबाहीको माग गर्दै पार्टी जिल्ला समितिलाई सिफारिस गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्