१५ मंसिर २०८१ शनिबार
image/svg+xml

शंखेटारी र शंकरनगरमा भ्युटावर

गत वर्ष रुपन्देही, अर्घाखाँची र नवलपरासीका केही स्थानीय तहले पर्यटक आकर्षित गर्न भन्दै भ्युटावर निर्माण योजनालाई प्राथमिकता दिए। प्राथमिकताअनुसार अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले करिब आधा करोड रुपैयाँ लागतमा वडा नं. २ को शंखेटारीमा सिटी भ्युटावर निर्माण गरिरहेको छ।

‘भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउन कठिन’

हालसम्मको अबस्थामा बाह्य पर्यटकहरू नेपाल भिœयाउन नेपाल पर्यटन बोर्डले नियमित गरिराखेको कार्यक्रम बाहेक नेपाल वायुसेवा निगमको संभावित उडानहरू प्रभावकारी रुपले अघि बढ्न नसकेको र भ्रमण वर्षका कार्यक्रमहरू पनि अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनु त परै जाओस्, देशभित्र पनि भ्रमण वर्ष सम्बन्धी कुनै गतिविधि नभएको अबस्थामा बीस लाख पर्यटक भिœयाउने महत्वपूर्ण कार्यमा तुषारापात हुन सक्ने संभावना देखिन्छ।

लाङटाङमा साढे १७ हजार पर्यटक भित्रिए

निकुञ्ज आएका पर्यटकबाट तीन करोड २३ लाख १६ हजार सात सय ३९ रुपैयाँ राजस्व संकलन भएको छ। यो निकुञ्जमा एक वर्षमा संकलन भएको राजस्वको ७३.४८ प्रतिशत हो।

दर्शन डोल्पोको, आर्जन शान्तिको

भूगोलका हिसाबले नेपालको सबैभन्दा ठूलो जिल्ला–डोल्पा । पर्यटकीय अभ्यासका दृष्टिले डोल्पालाई दुई भागमा बाँडिएको छ–लोअर डोल्पो सर्किट र अपर डोल्पो सर्किटका रूपमा । विदेशी पर्यटक तीन साताको अपर डोल्पो र दुई साताको लोअर डोल्पो सर्किटमा रमाउँछन् । नेपालीले भने १२ दिनमै लोअर सर्किट पूरा गर्छन् । रुचि, समय र खर्चका हिसाबले आन्तरिक पर्यटकका लागि लोअर डोल्पो सर्किट पदयात्रा बेस हुन्छ । यात्रामा फोक्सुन्डो ताल, नुमला र बगला भञ्ज्याङ, धो–तराप उपत्यका र दुनै बजारको सौन्दर्यपान गर्न पाइन्छ । दिनको दुई हजार रुपैयाँले तीन छाक खाना र बासलाई पुग्छ ।

निकुञ्ज घुम्ने पर्यटक बढे

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक संख्या वृद्धि भएको छ। यो आर्थिक वर्षमा एक लाख ८५ हजार ६ सय ४४ जनाले निकुञ्ज भ्रमण गरेका छन्।

पर्यटकका लागि अन्तरिक्ष स्टेशन खोल्दै नासा, कहिलेदेखि जान पाइन्छ?

अन्तरिक्षमा घुम्न चाहनेहरुको लागि नासाले एउटा विशेष सुविधाको व्यवस्था गर्दैछ। योसँगै पर्यटकलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जाने अनुमति समेत दिइनेछ।

प्रदेश ३ मा १ सय १९ नयाँ उद्यान बन्ने

प्रदेश नं ३ सरकारले प्रदेशका सबै ११९ स्थानीय तहमा शान्ति उद्यान निर्माण गर्ने भएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका प्रत्येक स्थानीय तहमा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दैै लैजाने उद्देश्यले शान्ति उद्यान निर्माण गर्न लागेको हो।

पर्यटक प्रहरी मोबाइल एप सञ्चालन

त्यस्तै, पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले नेपाल आउने पर्यटकको सुरक्षा तथा आवश्यक सेवामा पर्यटक प्रहरीले पु-याउँदै आएको कामको खुलेर प्रशंशा गरे।

साढे चार वर्षमा ८९ हजार पर्यटक

चीनसँगको नाका रसुवागढी हुँदै नेपाल आउने पर्यटक बढेका छन्। रसुवागढी अध्यागमन कार्यालयका अनुसार साढे चार वर्षमा ८९ हजारभन्दा बढी पर्यटक यो नाका हुँदै नेपाल भित्रिएका छन्।

नेपाल आउने पर्यटकले भन्दा विदेश जाने नेपालीले गरेको खर्च बढी

मुलुकलाई समृद्ध बनाउने एउटा पाटो विदेशी पर्यटक आगमनलाई मानिए पनि सरकारी तथ्यांकले नेपाल आउने पर्यटकले भन्दा विदेश जाने नेपालीले गरेको खर्च बढी देखाएको छ।

ठमेलमा ‘महानगरीय पर्यटन सूचना केन्द्र’को शुभारम्भ

राजधानीको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको ठमेलमा ‘महानगरीय पर्यटन सूचना केन्द्र’को शुभारम्भ गरिएको छ। पर्यटन विभाग र काठमाडौँ महानगरपालिका–२६ को सहयोग तथा पर्यटक प्रहरी भृकुटीमण्डपको सक्रियतामा निर्माण भएको सूचना केन्द्रको आज पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले शुभारम्भ गरे।

भक्तपुर महोत्सव हुने

भक्तपुरमा आन्तरिक तथा बाह्य पर्यटकहरूको उत्कृष्ट गन्तव्यस्थल बनाउने लक्ष्यसहित भक्तपुर नगरपालिकाले भक्तपुर महोत्सवको आयोजना गर्ने भएको छ।

चितवन निकुञ्जभित्र असार २१ बाट जीप नचल्ने

पर्यटकलाई निकुञ्ज घुमाउन प्रयोग गरिने जीप वर्षात् सुरु भएसँगै बन्द गर्न लागिएको निकुञ्जले जनाएकाे छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्