१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

घोरेपानी पुगेका दुई चिनियाँ पर्यटकलाई क्वारेन्टाइनमा राखियो

जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीबाट दुई चिनियाँ पर्यटकलाई उद्धार गरी क्वारेन्टाइनमा राखिएको छ।

घोरेपानी पुगेका दुई चिनियाँ पर्यटकलाई  क्वारेन्टाइनमा राखियो

जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीबाट दुई चिनियाँ पर्यटकलाई उद्धार गरि क्वारेन्टाइनमा राखिएको छ। अन्नपूर्ण पदमार्ग अन्तरगत कास्कीबाट म्याग्दी प्रवेश गरेका ५१ बर्षिय गुहोंग हन र उनकी साथी ४७ बर्षिया महिलालाई घोरेपानीको होटलबाट प्रहरीले अन्नपूर्ण–२, भुरुङ तातोपानीको क्वारेन्टाइनमा राखिएको प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले बताए। ‘खाने खर्च समेत नभएको भेटियो,‘उनीहरूको ट्राल्भल हिष्ट्री बुझ्दै छौ’ प्रनाउ कुँवरले भने। उनले चिनियाँ पर्यटकहरू लकडाउन अगाडी नै आएको र स्वास्थ्यमा कुनैपनि समस्या नदेखिएको बताए।

बन्दीपुरबाट १२ विदेशी फर्कन मान्दैनन् आफ्नो देश

विभिन्न मुलुकबाट नेपाल घुम्न आएका १२ जना विदेशी पर्यटक बन्दीपुरमा छन्। लकडाउनका कारण रोकिएका उनीहरू स्वदेश फर्कन भने मान्दैनन्। ती पर्यटक आफ्नो मुलुकको तुलनामा नेपाल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सुरक्षित रहेको बताउँदै फर्कन नखोजेका बन्दीपुर बजार इकाई समिति अध्यक्ष बैंश गुरूङले बताए।

मनाङबाट फर्किन मानेनन् विदेशी नागरिक

यहाँ आएका विभिन्न देशका १५ जना विदेशी पर्यटक स्वदेश फर्किन नमानेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

गुफा गाउँबाट एक चिनियाँ पर्यटकको उद्वार

बेनी नगरपालिका–६, गुफाबाट एक जना चिनियाँ नागरिकलाई उद्वार गरिएको छ। करिब दुई महिना अगाडी भिजिट भिसामा नेपालमा आएका चिनियाँ नागरिकलाई बेनपा–५ पुलाचौरको धार्मिकस्थल पौल्स्त्य आश्रममबाट फर्किने क्रममा अर्थुङे सामुदायिक युवा क्लवले उद्वार गरेको क्लवका अध्यक्ष नारायण पौडेलले बताए। ‘गाउँमा अपरिचित ब्यक्ति प्रवेशको खवर लगत्तै खोजी कार्यमा पुगेका थियौं,‘हामीले उहाँलाई सम्मानपूर्वक प्रहरीको जिम्मा लगाएका छौ’ पौडेलले भने।

उत्तरी ताप्लेजुङ क्षेत्रमा रहेका विदेशी पर्यटकलाई सम्पर्कमा आउन आग्रह

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले उत्तरी ताप्लेजुङको पर्यटकीय क्षेत्रमा रोेकिएका १४ जना विदेशी पर्यटकलाई तत्काल प्रशासनको सम्पर्कमा आउन आग्रह गरेको छ। प्रशासन कार्यालयले आइतबार एक प्रेस विज्ञप्ती प्रकाशित गरी अध्यागमनको प्रकृया पूरा गरी नेपाल भित्रिएका र ताप्लेजुङ जिल्लामा रहेका विदेशी नागरिकहरुलाई उडान उद्वार गरी काठमाडौ पठाईने भएकोले सम्पर्कमा आउन आग्रह गरेको हो।

रसुवामा तीन दिनमा २८ पर्यटकको उद्वार

रसुवामा तीन दिनमा २८ जना विदेशी पर्यटकको उद्वार गरिएको छ। जिल्लाको पर्यटकीय क्षेत्रको अध्ययन तथा अवलोकनका लागि आएका पर्यटक देश लकडाउन भएपछि समस्यामा परेका थिए।

स्वदेश फर्किन चाहेनन् पर्यटक

हिमाली जिल्ला मुस्ताङको प्रशासनले शनिबार ५८ जना विदेशीलाई स्थलमार्गबाट काठमाडौं पठायो। मुस्ताङ प्रशासनको सम्पर्कमा आएका अरु १० जनाजति विदेशी भने स्वदेश फर्किन मानेनन्। स्वदेश फर्किन नचाहेका पर्यटक मुस्ताङकै विभिन्न होटलमा बसेका छन्। प्रशासनले सहजीकरण गर्दागर्दै पनि ती पर्यटक स्वदेश फर्किन चाहेनन्।

ताप्लेजुङबाट ३ पर्यटकको उद्वार

विश्वको तेस्रो अग्लो शिखर कञ्चजंघा क्षेत्रको भ्रमण अवलोकनका लागि आएका ३ जना विदेशी पर्यटक र उनीहरुका गाईड (पथप्रदर्शक)लाई शनिबार ताप्लेजुङबाट उद्वार गरिएको छ।

मनास्लु घुम्न गएका ३२ जना पर्यटकको उद्वार

पदमार्गमा यात्राका क्रममा ‘लकडाउन’ का कारण अलपत्र परेका पर्यटकको उद्वार गरिएको छ। उत्तरी गोरखाको मनास्लु क्षेत्र पुगेका ३२ जना पर्यटकको उद्वार गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशाकीय अधिकृत हर्क रोकाले बताए।

पर्यटकको उद्धार, मजदुर बिचल्लीमा

विभिन्न क्षेत्रको पदयात्रा गएर पोखरा झरेका विदेशी पर्यटकको हवाईजहाजबाट उद्धार गरिएपनि पर्यटकसँगै पदयात्रामा गएका मजदुरको भने उद्धारमा समस्या भएको छ। विभिन्न पदमार्गबाट जसोतसो पोखरा झरेका मजदुरको उद्धार नहुँदा विचल्ली भएको पदयात्रा व्यावसायीले बताएका छन्।

रोकिएका पर्यटकको मुस्ताङ र पोखराबाट उद्धार

कोरोना भाईरसको त्रासले मुलुक ‘लकडाउन’ हुनुअघि नै नेपाल भित्रिसकेका विदेशी यहाँका विभिन्न पदमार्गमा पदयात्रामा थिए।

लुक्लाबाट पर्यटक काठमाडौं ल्याइयो

सोलुखुम्वुको लुक्लामा अलपत्र परेका पर्यटकलाई काठमाडौं ल्याइएको छ। १६ जना पर्यटकलाई तारा एयर मार्फत काठमाडौं ल्याइएको हो।

मुस्ताङमा रहेका पर्यटकलाई पोखरा ल्याइदै

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेपछि विभिन्न स्थानमा पर्यटकहरु अलपत्र परेका छन्। मुस्ताङमा रहेका ७० पर्यटकलाई पोखरा ल्याउने प्रयास थालिएको छ। टानका अध्यक्ष हरि भुजेका अनुसार उनीहरुलाई पोखरा ल्याउन लागिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्