४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘पृथ्वीनारायणको सालिकको मात्रै होइन, उनको कर्मको माया लाग्छ’

२०६२ सालमा लक्ष्मणसिंह सिंहदरबारस्थित पृथ्वीनारायणको सालिक सफा गर्दै थिए। एक्कासि उनलाई एउटा समूहले घेरेर सोध्यो, ‘तँ यहाँ राजाको ब्यानर राख्ने ?’

गम्भीरमानको सालिक अनावरण

राजधानीको विश्व निकेतन माविका पूर्व प्रधानाध्यापक गम्भीरमान मास्केको अर्धकदको सालिकको अनावरण गरिएको छ। ‘गुणस्तरीय शिक्षाको लागि हातेमालो’ भन्नेलाई आत्मसात् गर्दै स्थापना भएको विश्व निकेतन–गम्भीरमान फाउण्डेशनले विद्यालय परिसरमा सालिक स्थापना गरेको हो।

बेइजिङमा नक्कली अरनिको !

चीन भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले बेइजिङमा रहेको अरनिको सालिकको आडमा उभिएर फोटो खिचाएका थिए। नेपालको राष्ट्रिय विभूति अरनिकोले बनाएको श्वेत चैत्यको आर्डमा राखिएको सो सालिक वास्तवमा भने अरनिको होइन।

नेताहरूलाई प्रश्न

वास्तवमा अहिले सरकार र जनताको सम्बन्ध त्यति राम्रो देखिँदैन। दलहरू आफैँ बाझाबाझ गर्दैछन्। तिनले अरुलाई उपदेश दिन सुहाउँछ र ?

शिक्षासेवी गम्भीरमान मास्केको सालिक राखिने

२००३ सालमा स्थापित भएको विश्व निकेतन मावीका पूर्वप्रधानाध्यापक गम्भीरमान मास्केको अर्धकदको सालिक स्थापना गरिने भएको छ। विश्वनिकेतन–गम्भीरमान प्रतिष्ठानले सोसम्बन्धमा जानकारी दिन शनिबार विद्यालयमा आयोजना गरेको कार्यक्रममा स्वर्गीय मास्केको पुण्यतिथि पारेर मंसिर १६ गते सालिक प्रतिस्थापन गरिने बताइयो। ‘अर्धकदको सालिक स्थापना गर्न प्रतिष्ठानले गरेको आग्रहलाई स्कुल परिवारले सकारात्मक रुपमा लिँदै सक्दो सहयोग गर्ने निर्णय भएको छ,’ कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले भने, ‘प्रतिष्ठान र विद्यालयबीच सहकार्य गरी विद्यालय र समग्र शिक्षा क्षेत्रको सुधारका क्षेत्रमा काम गर्न हामी पनि उत्साहित छौं।’

राज्याभिषेक गरेकै चौतारोमा द्रव्य शाहको सालिक

गोरखा नगरपालिका ५ को पस्लाङ चौतारोमा शाहवंशीय राजाका संस्थापक द्रव्य शाहको सालिक स्थापना गरिएको छ। गोरखाको इतिहास जोगाउन र स्मरण गर्न उद्योग वाणिज्य संघले द्रव्य शाहले राज्याभिषेक गरेको ऐतिहासिक चौतारोमा सालिक ठड्याएको हो। चार सय ५८ वर्षपछि ठड्याइएको सालिकको शनिबार योजना आयोगका उपाध्यक्ष स्वर्णीम वाग्लेले अनावरण गरेका हुन्।

कर्णाली आन्दोलनका शहिद हरिबहादुरको सालिक बन्ने

कर्णालीलाई सुदूरपश्चिमसँग जोडेको भन्दै कर्णालीको जुम्लामा सञ्चालन भएको आन्दोलनका क्रममा ज्यान गुमाएका शहिद हरिबहादुर कुँवरको स्मृतिमा सदरमुकाम खलंगामा शालिक वन्ने भएको छ । जिल्ला प्रशासन कार्यालयदेखि पूर्व, उद्योग शाखा कार्यालयदेखि उत्तर, चन्दननाथ मन्दिर जाने मूलबाटो देखि पश्चिम र खलंगाको मूल बजारको दक्षिण क्षेत्रमा शहिद कुँवरको कलात्मक शालिक बन्न लागेको हो ।

पृथ्वीनारायण शाहको सालिकमा १०८ मिटर लामो माला अर्पण

शिव सेना नेपालले राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा आज १०८ मिटर लामो माला चढाएको छ । तत्कालीन समयमा विभिन्न भागमा छरिएको भू–भागलाई शाहले एकीकरण गरी आधुनिक नेपाल निर्माणमा योगदान गरेको स्मरणमा शिव सेना नेपालद्वारा उनको २५५ औँ जन्मजयन्ती मनाएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्