९ मंसिर २०८१ आइतबार
image/svg+xml

चिकित्सकको घरमा चोरी

११ दिनदेखि अस्पतालमै कोरोना संक्रमितको उपचारमा रहेको र श्रीमती पनि माइत गएको समयमा चोरी भएको हुँदा कुन दिन चोरी भयो भन्ने थाहा नभएको डाक्टर साहले जानकारी दिए।

विराटनगर महानगरको बजेट ४ अर्ब १० करोड

महानगरले क्रमागत योजनाको भुक्तानीका लागि २५ करोड ३५ लाख, शिक्षातर्फ ५५ करोड ७७ लाख, युवा तथा खेलकुदतर्फ १ करोड ६१ लाख, स्वास्थ्यतर्फ १८ करोड १ लाख र विपद् व्यवस्थापनतर्फ ३ करोड ?पैयाँ बजेट विनियोजन गरेको छ।

कोरोनाबाट नगर प्रहरीको मृत्यु, अत्यावश्यकबाहेक महानगरका सबै सेवा बन्द

विराटनगर महानगरपालिका र अन्तर्गतका कार्यालयको अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिने भएको छ। विराटनगर महानगरपालिकाले शनिबार सूचना प्रकाशित गरी महानगरपालिका र मातहतका कार्यालयबाट प्रवाह हुने अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेको जानकारी दिएको हो।

जाम गरेको भन्दै ६२ वटा सिटी सफारी नियन्त्रणमा

प्रदेश १ को राजधानीसमेत रहेको विराटनगरमा ठूलो संख्यामा सिटी सफारीले दैनिक मुख्य तथा भित्री सडक जाम गर्नुका साथै दुर्घटना बढ्न थालेपछि चेकजाँचमा कडाइ गरेको प्रहरीले जनाएको छ।

शहिद रंगशाला विराटनगर महानगरपालिकालाई हस्तान्तरण

विराटनगर स्थित शहिद रंगशाला विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ। बिहीबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले रंगशाला सञ्चालनका लागि विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेका हुन्।

महानगरको बजेट तीन अर्ब ३७ करोड

विराटनगर महानगरपालिकाले आर्थिक वर्ष ०७७/७८का लागि तीन अर्ब ३७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधबार विराटनगरमा आयोजित छैठौं नगरसभामा तीन अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको बजेट नीति तथा कार्यक्रम महानगरपालिकाले सार्वजनिक गरेको हो ।

विराटनगर महानगरमा बम विष्फोट

विराटनगर महानगरपालिकामा आज अपरान्ह बम विष्फोट भएको छ। महानगरका मेयर भिम पराजुलीको कार्यकक्ष अगाडि बम विष्फोट भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्