coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चिकित्सकको घरमा चोरी

विराटनगर महानगरपालिका–४ स्थित जामुनगाछीको एक घरमा चोरी भएको छ। विराटनगरस्थित कोसी अस्पतालका मेडिकल अधिकृत डाक्टर पुरनचन्द साहको घरमा कोही नभएको समय चोरी भएको प्रहरीले जनाएको छ।

११ दिनदेखि अस्पतालमै कोरोना संक्रमितको उपचारमा रहेको र श्रीमती पनि माइत गएको समयमा चोरी भएको हुँदा कुन दिन चोरी भयो भन्ने थाहा नभएको डाक्टर साहले जानकारी दिए।  

आफू अस्पतालमा र श्रीमती एक साताअघि माइत गएकाले घरमा कोही नहुँदा ताला लगाएर छाडिएको थियो। छिमेकीले घरको ताला फुटेको देखेर खबर गरेपछि घटना भएको थाहा पाएको साहले बताए। मूल ढोकाको ताला फुटाइ, दराजभित्र राखिएका सुनचाँदी, नगदलगायत गरी करिब ८ लाख मूल्य बराबरको धनमालका साथै शैक्षिक प्रमाणपत्र चोरी भएको साहले जानकारी दिए।  

मोरङ प्रहरीका निमित्त प्रमुख डिएसपी मञ्जिल मुकारुङले घटनाका बारेमा अनुसन्धान थालिएको र चाँडै नै चोरी गर्ने गिरोहलाई पक्राउ गर्ने बताए।

प्रकाशित: १५ असार २०७८ १२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App