coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

विराटनगर महानगरको बजेट ४ अर्ब १० करोड

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब रुपैयाँ बढीको बजेट सार्वजनिक गरेको छ। आज विराटनगर महानगरपालिको आठौं नगरसभामा महानगरपालिकाकी उपमेयर  इन्दिरा कार्कीले २०७८/७९ का लागि ४ अरब १० करोड ३ लाख ३८ हजार रुपैयाँको राजश्व तथा व्ययको अनुमान प्रस्तुत गरिन्।  

आगामी वर्ष पुँजीगततर्फ ३ अर्व ५८ करोड ३२ लाख ८५ हजार र वित्तीय व्यवस्थातर्फ ५ करोड रुपैयाँ खर्च हुने महानगरले अनुमान गरेको छ। महानगरपालिकाले  कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ ४६ करोड ७० लाख ५२ हजार ९ सय २५ रुपैयाँ विनियोजन गरेको छ। पुँजीगततर्फ ८९ प्रतिशत र कार्यालय सञ्चालनतर्फ कुल बजेटको ११ प्रतिशत बजेट महानगरपालिकाले विनियोजन गरेको छ।

पूँजीगतमध्ये पूर्वाधार विकासमा २ अर्ब ४ करोड ३९ लाख ३४ हजार, आर्थिक विकास क्षेत्रमा १७ करोड ८७ लाख, सामाजिक विकास क्षेत्रमा १ अर्ब २६ करोड ६९ लाख बजेट विनियोजन गरेको छ। यस्तै सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ९ करोड ३७ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको  उपमेयर इन्दीरा कार्कीले जानकारी दिइन्।

महानगरले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत संघीय सरकारबाट १ अर्ब १९ करोड ५३ लाख, प्रदेश सरकारबाट ४ करोड ९० लाख १५ हजार, राजश्व बाँडफाँडबाट १ अर्ब १  करोड ४७ लाख ८३ हजार प्राप्त हुने अनुमान गरेको छ। आन्तरिक आम्दानीबाट ८३ करोड ९ लाख २५ हजार, अन्य अनुदान तथा ऋणबाट ७० करोड ५५ लाख ८ हजार ५ सय , संघसंस्थाबाट १ करोड ४४ लाख, जनसहभागिताबाट १० करोड आम्दानी हुने अनुमान नगरसभामा प्रस्तुत गरेको छ।

महानगरले वडास्तरीय आयोजनाह?मा २६ करोड ७८ लाख, नगरस्तरीय गौरवको आयोजनामा १७ करोड ३८ लाख, वीरेन्द्र सभागृह निर्माणका लागि १९ करोड ५० लाख, ल्याण्डफिल्ड साइड, अन्तराष्ट्रिय सभाहलका लागि जग्गा खरिदका लागि १५ करोड विनियोजन गरेको छ। यस्तै विराट राजाको दरवार क्षेत्रका लागि ५ करोड, सन्ध्याकालिन आरतीका लागि २ करोड, हिमालय रोड निर्माण गर्न ३ करोड, महानगर आवास योजनाका लागि ९० लाख, फोहोर पानी प्रशोधन केन्द्रका लागि २ करोड, फ्लाइ ओभरका निर्माणका लागि २ करोड ४५ लाख, प्रधानमन्त्री पार्कका लागि ५ करोड र अन्य नगरस्तरीय आयोजनाका लागि ४० करोड ?पीयाँ विनियोजन उपमेयर  कार्कीले दिइन्।

महानगरले क्रमागत योजनाको भुक्तानीका लागि २५ करोड ३५ लाख, शिक्षातर्फ ५५ करोड ७७ लाख, युवा तथा खेलकुदतर्फ १ करोड ६१ लाख, स्वास्थ्यतर्फ १८ करोड १ लाख र विपद् व्यवस्थापनतर्फ ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

पछिल्लो चार वर्षको उपलब्धिहरुको समीक्षा गर्दै महानगरले पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगति गरेको जनाएको छ। दातृ निकायको ऋण सहयोगमा सञ्चालित दुई ठूला परियोजना सम्पन्न गरी ६ सय २८ किलोमिटर नाला, ७९ किलोमिटर ढल प्रणाली, २ हजार २ सय ३३ वटा हाउस कनेक्सन, ५९ किलोमिटर फुटपाथ सहितको पिच सडक, ४१ किलोमिटर सडक सुधारको काम सम्पन्न गरेको महानगरले जनाएको छ। पछिल्लो चार वर्षमा पूर्वाधार विकास महाशाखाबाट ११ किलोमिटर कालोपत्रे सडक, ७४ किलोमिटर ग्राभेल, ६४ किलोमिटर रिटेनिङ वाल, ५४ किलोमिटर सडक नाला निर्माण गरेको, २ सय ९ वटा भवन र १ सय  वटा कल्भर्ट बनाएको, चार वटा मसानघाट र ७ वटा सार्वजनिक शौचालय निर्माण गरेको, दुई वटा खेलमैदान सुधार गरेको महानगरले जनाएको छ।

प्रकाशित: १० असार २०७८ १०:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App