६ आश्विन २०८१ आइतबार
image/svg+xml

यात्रु ठग्ने बाह्र हजार ट्याक्सी चालक कारबाहीमा

ट्राफिक प्रहरीले उपत्यकामा विभिन्न बहाना बनाई यात्रु ठग्ने १२ हजार ७४९ ट्याक्सी चालकलाई कारवाही गरेको छ।

लेन अनुशासन नमान्ने धेरै

ट्राफिक प्रहरीले लेन अनुशासन नमान्ने ४२ हजार ८ सय २२चालकलाई कारबाही गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५/०७६ मा उपत्यकाभित्र लेन अनुशासन नमानी सवारीसाधन चलाउने उक्त सवारीसाधनलाई कारबाही गरेको हो। महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक रवीकुमार पौडेलले आफ्नो लेनभन्दा बाहिर गएर जथाभावी चलाउने चालकलाई कारबाही गरिएको बताए। ‘हतारका कारण अर्को लेनमा गएर सवारी चलाउने चालकलाई कारबाहीको दायरामा ल्याएका हौं,’ उनले भने।

२४ लाखभन्दा बढी राजस्व संकलन

अस्थायी ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले २४ लाखभन्दा बढी राजस्व संकलन गरेको छ। आर्थिक वर्ष ०७५/७६ मा वर्षभरी कारबाहीमा परेका विभिन्न साना–ठूला सवारी साधनबाट उक्त राजस्व संकलन गरेको हो।

राजधानीका भित्री सडकमा ट्राफिक लाइट

व्यवस्थापन पनि विकास हो भन्ने बुझाइ नै विकास भएको छैन। सडक दुर्घटनाका कारणले दैनिक मान्छे मरिरहेका छन् तर कसैले यसतर्फ कसैको ध्यान भएको छैन। सकडको असुरक्षाले गर्दा बढिरहेको बेथिति घटाउन सडक सुरक्षा अवलम्बन गर्नु पनि विकास हो।

यातायातमा देखिएको गुण्डागर्दीको अन्त्य हुनैपर्छ- सर्वेन्द्र खनाल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गल्ती गर्ने ट्राफिक प्रहरीमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका छन्।

सिसी क्यामेरा जडानपछि लापरवाही गर्ने घटे

ट्राफिक प्रहरी महाशाखाका अनुसार लाइन मिच्ने सवारीचालकहरू सुरुमा त मैले कहाँ लाइन मिचे भनेर झगडा गर्छन्, क्यामेराको फुटेज देखाइदिएपछि हेर्छन् र छक्क पर्छन् अनि खुरुक्क जरिवाना तिरेर जान्छन्।

ट्राफिक नियम उल्लंघन बढ्दै

सवारी चालकले ट्राफिक नियम उल्लंघन गर्ने क्रम बढ्दै गएको छ। असार पहिलो सातासम्म ९ हजार ६ सय सवारीसाधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख सुकबहादुर विकले बताए।

प्रहरीलाई पाँच सय घुस दिएको आरोपमा एक पक्राउ

ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई पाँच सय घुस दिने एक व्यक्ति आज झापामा पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–५ का ३९ वर्षीय ट्रक चालक उमाकान्त राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

ट्राफिक प्रहरीलाई घुस दिने पक्राउ

ट्राफिक प्रहरीको चेकिङ्गमा परेका बेला घुस दिएर उम्किन खोजेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पिपरा गाउँपालिका ४ स्थित इलाका प्रहरी कार्यालय सहोडवाबाट खटिएको ट्राफिक प्रहरीसहितको टोलीलाई चेकजाँचको क्रममा घुस दिन खोज्ने महोत्तरी गाउँपालिका २ बस्ने २५ वर्षीय रितेश पाण्डेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधव प्रसाद बुढाथोकीले बताएको छ।

आइजिपी खनालको प्रश्नः घरबाट ढिला निस्कने, ट्राफिक जाममा परियो भन्ने?

प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले ट्राफिक जाम व्यवस्थापनका लागि व्यवहार परिवर्तन गर्नुपर्ने बताएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाको सडक सभ्यता सम्बन्धी तीन महिने कार्यक्रमको समीक्षा समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक खनालले जामका लागि समय व्यवस्थापन गर्ने बानी बसाल्न सुझाव दिएका हुन्।

तीव्र गति कारवाही अभियान, ९४० चालक कारवाहीमा

ट्राफिक प्रहरीले तोकिएको गतिभन्दा बढी गतिमा सवारी चलाउने ९४० सवारी चालकलाई कारवाही गरेको छ।

भारतबाट कच्चा पदार्थ बोकेर आउने मालबाहक गाडी नरोक्न गृहको परिपत्र

सरकारले भारतबाट कच्चा पदार्थ बोकेर आउने मालबाहक गाडीहरु नरोक्न देशको तराईका जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको छ।

ब्यासी-कमलविनायक वैकल्पिक सडक बनाउन प्रस्ताव

भक्तपुरको ब्यासीदेखि कमलविनायकसम्म पुग्ने सडकको वैकल्पिक सडक बनाउनुपर्नेमा जोड दिइएको छ। साँंघुरो सडकका कारण अत्याधिक जाम हुनाले यसको बैकल्पिक सडक बनाउन प्रस्ताव गरिएको हो।

आठ वर्षमा ३ लाख कारवाहीमा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले २०६८ सालदेखि मादक पदार्थ सेवन (मापसे) गर्ने चालकविरुद्ध कारवाहीको अभियान थाल्यो। २०६८ सालदेखि महाशाखाले हालसम्म ३४ ट्राफिक नियम लागू ग-यो। तर, लागू गरेकामध्ये सबैभन्दा प्रभावकारी भने मापसे जाँच नै देखिन्छ।

मोटरसाइकलमा दुई हेलमेट योजना तत्काल कार्यान्वयन नहुने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा दुई पांग्रे सवारीमा यात्रुले पनि अनिवार्य हेलमेट लगाउनुपर्ने योजना तत्काल कार्यान्वयन नहुने स्पष्ट पारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्