२१ आश्विन २०८१ सोमबार
image/svg+xml

भक्तपुर—नगरकोट सडक विस्तारमा ढिलाइ, कारबाहीको माग गर्दै विराेध

क्तपुरको कमलविनायक भत्केको पाटीदेखि नगरकोटसम्म पुग्ने सडक विस्तारमा ढिलाइ गर्नेहरूमाथि कारबाहीको माग गर्दै शनिबार सांसदसहितको टोलीले सडकमा प्रदर्शन गरेको छ।

आईएमईबाट दुई लाख लुटने लुटेरा पक्राउ

चोरी भएको झण्डै १० महिनापछि भक्तपुर प्रहरीले शनिबार एक जनालाई पक्राउ गरेको छ। २०७५ असोज २४ गते भक्तपुरको सल्लाघारीस्थित आईएमईबाट रू दुई लाख निकाली आफ्नो घर भक्तपुर निकोसेरा आउँदै गरेकी जया कोरालाबाट लुटपाट गरी फरार रहेका सिन्धुलाल्चोक राम्चे ७ घर भई हाल काठमाडौंको थानकोट बस्ने बर्ष २९ को पदम तिमिल्सिनालाई शनिबार पक्राउ गरेको जनाएको छ।

भजन संस्कृति जोगाउन भक्तपुरमा सम्मेलन

भजन संस्कृति जोगाउन शनिबार भक्तपुरमा भजन सम्मेलन गरिएको छ। श्री बाराहीपीठ विकास समितिको आयोजनामा एकदिने भजन सम्मेलन गरिएको हो। सम्मेलनमा विभिन्न ठाउँंका सात वटा भजन मण्डलीहरुले पालैपालो दिनभर भजन गाएका थिए। विहानदेखि साँंझसम्म विभिन्न भजन टोलीहरुले माइक राखेर भजन गाएका थिए।

छुटाछटै दुर्घटनामा भक्तपुरमा दुई जनाको मृत्यु

भक्तपुरको दुई छुटाछुटै स्थानमा भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। चाँगुनारायण नगरपालिका ८ चरेलीमा भएको दुर्घटनामा परी एक जना र अरनिको राजमार्ग अन्तर्गत गठाघरमा भएको दुर्घटनामा एक जना गरी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

भक्तपुरमा १२ वर्षीय किशोर घरभित्रै मृत भेटिए

भक्तपुरको सूर्यविनायक नगरपालिका ७ गुण्डुमा एकजना १२ वर्षे किशोरले आत्महत्या गरेका छन्। गुण्डु बस्ने राजु खतिवडाको छोरा बर्ष १२ को सन्देशले आफ्नै घरको दोश्रो तल्लामा काठको दलिनमा स्कुलको टाईको घाँटीमा पासो लगाई झुडेको प्रहरीले जनाएको छ।

श्रीमतीले बहुविवाहको उजुरी दिएपछि प्रेमिकासँग मृत फेला परे श्रीमान

श्रीमती हुँंदाहुँंदै अर्कैसँंग प्रेम गरेर बसेपछि भक्तपुरमा दुई जनाको अकालमा ज्यान गएको छ। श्रीमतीले श्रीमानविरुद्ध प्रहरीमा बहुविवाहको उजुरी दर्ता गरेपछि प्रेमिकासँंगै मंगलबार एकै ठाउँमा झुण्डिएर आत्महत्या गरेका अवस्थामा जोडी भेटिएको हो।

‘जुजु धौ’ अर्थात् दहीको राजा

भक्तपुरको बोलाछेँ बस्ने म्रीगेन्द्र प्रधानङ्य ४५ वर्षदेखि ‘जुजु धौ’ व्यवसायमा आवद्ध छन् । उनको बुबाले सुरु गरेको भक्तपुर स्पेशल दही भण्डार भक्तपुरकै पुरानो दही पसल मध्येको एक हो । प्रधानङ्यको दैनिकी बिहान ६ बजेबाट सुरु हुन्छ । दही बनाउन चाहिने दूध बिहानै आइपुग्छ ।

सूर्यविनायकमा पहिरोले घरदेखि सडकसम्म भत्कायो

लगातार परेको वर्षाका कारण भक्तपुरमा गएको पहिरोले सडक भत्काउनेदेखि बस्तीसमेत जोखिममा पारेको छ। सूर्यविनायक नगरपालिकाले जोखिममा परेको बस्ती नगरपालिकाका सबै क्षेत्रमा भएको क्षतिको अनुगमन गरेको छ।

भक्तपुरको डोलेश्वरमा श्रावणी मेला शुरु

भक्तपुरको केदारनाथको शिर डोलेश्वर मन्दिरमा बुधबारबाट श्रावणी मेला सुरु भएको छ। यस क्रममा विहान स्थानीय पौखेलको पीपलचौतारीबाट चन्द्रबिनायक गणेश मन्दिर हुँदै डोलेश्वर मन्दिर परिसरसम्म कलश यात्रा सम्पन्न भएको छ।

अविरल वर्षापछि भक्तपुरमा त्रास

अविरल वर्षापछि भक्तपुरबासीमा त्रास छाएको छ। विशेषगरी  हनुमन्ते खोला आसपासबासीमा चिन्ता छाएको हो। प्रत्येक वर्षको वर्षामा हनुमन्ते आसपासका सयौं घर डुवानमा पर्ने गर्दै आएपछि यो वर्ष पनि खोला आसपासका बासिन्दा डरमा बस्न थालेका छन्।

आमाको हत्या गर्ने 'कन्ट्र्याक्ट किलर'सहित चार आरोपितको म्याद थप

योजना अनुसार ईश्वरी दिदीको घरमा गएको मौका पारेर उनीहरुले सावित्रीको हत्या गरे। प्रहरी अनुसन्धानको क्रममा अर्जुनकुमार र रहिस कन्ट्र्याक्ट किलर भएको खुलेको छ।

भक्तपुर महोत्सव हुने

भक्तपुरमा आन्तरिक तथा बाह्य पर्यटकहरूको उत्कृष्ट गन्तव्यस्थल बनाउने लक्ष्यसहित भक्तपुर नगरपालिकाले भक्तपुर महोत्सवको आयोजना गर्ने भएको छ।

प्रेम सम्बन्ध खुल्ने डरले छोरीकै योजनामा आमाको हत्या

भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीमा आइतबार ६१ वर्षीया सावित्री भट्टराईको हत्या मृतककी छोरीको योजनानुसार भएको खुल्न आएको छ । महानगरीय अपराध महाशाखाले आज पत्रकार सम्मेलन गरी सो घटना दिउँसो हत्या गरिएकी भट्टराईकी छोरी ईश्वरीकै योजनाअनुसार भएको बताएको हो ।

रमाए स्कुले विद्यार्थी

पानी अभाबमा किसानहरुले धान रोप्न नपाइरहेको बेला भक्तपुरका विद्यार्थीले आइतबार रोपाई गरेका छन्। सक्रिय मनसुनको अभाबमा खेतमा पानी नभई धान रोप्न नसकिरहेको बेला भक्तपुरको एउटा स्कुलका विद्यार्थी भने रोपाईमा रमाएका हुन्।

ख्वपमा कानुन र न्याय संकाय पनि

भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप माध्यमिक विद्यालय देकोचा भक्तपुरमा यसवर्षदेखि कानुन र न्याय संकायमा पनि पढाई हुने भएको छ। विज्ञान, व्यवस्थापन, मानबिकी र शिक्षाशाश्त्र संकायमा मात्रै पठनपाठन गराइरहेको यो  विद्यालयले यो वर्षदेखि कानुन र न्याय संकाय पनि थपेर पठनपाठन सुरु गर्न लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्