१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

छुटाछटै दुर्घटनामा भक्तपुरमा दुई जनाको मृत्यु

भक्तपुर– भक्तपुरको दुई छुटाछुटै स्थानमा भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। चाँगुनारायण नगरपालिका ८ चरेलीमा भएको दुर्घटनामा परी एक जना र अरनिको राजमार्ग अन्तर्गत गठाघरमा भएको दुर्घटनामा एक जना गरी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।   

कमलबिनायकबाट नगरकोटतर्फ जाँदै गरेको बा १० च ४०२६ नं. को बोलेरो गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५ मिटर तल खस्न जाँदा गाडीमा सवार २ जना घाइते भएका थिए। प्रहरीका अनुसार दुर्घटनापछि उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा गाडीमा सवार सिन्धुली घर भई हाल भक्तपुर चाँगुनाराण नगरपालिका ८ कलमसी बस्ने बर्ष ३२ को कान्छा राईको मृत्यु भएको हो। गाडी चालक दोलखा मेलुङ गाउँपालिका १ घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका ७ बागेश्वरी बस्ने बर्ष २० को प्रदीप राउत घाइते भए। उनलाई थप उपचारका लागि केएमसी अस्पताल सिनामंगल रिफर गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनास्थलमा महानगरीय प्रहरी वृत्त जगातीबाट प्रहरी टोली खटी गई आवश्यक अनुसन्धान कार्य गरी थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जानकारी दिए।

साथै भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघरमा भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ त ८६८ नं.को ट्याक्टर र  सोही दिशातर्फ जाँदै गरेको प्रदेश ३ (०२)००३ प ५५२९ नं.को मोटरसाइकल पछाडीबाट ठक्कर खान जाँदा २ जना घाइते भई उपचारको लागि नागरिक अस्पताल लगि थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं रिफर गरिएकोमा मोटरसाइकल पछाडी सवार रामेछाप सुनापाती गाउँपालिका ३ घर भएको बर्ष २९ को रोमन तामाङ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक रामेछाप सुनापाती गाउँपालिका ३ बस्ने बर्ष २८ को धन बहादुर थिङको ट्रमा सेन्टरमा उपचार भइरहेको जनाइएको छ । मिक्सचर चालक उदयपुर कटारी घर भई हाल काठमाडौं जडीबुटी बस्ने बर्ष ३१ को रबिन खत्री महानगरीय प्रही वृत्त ठिमीको नियन्त्रणमा रहेको र फरार रहेका ट्याक्टर चालकको तदारुकताका साथ खोजतलास कार्य भईरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: १६ श्रावण २०७६ १५:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App