२१ आश्विन २०८१ सोमबार
image/svg+xml

भक्तपुरमा कांग्रेसका भँडेल विजयी

भक्तपुर– १ ‘क’ बाट नेपाली कांग्रेसका कृष्णलाल भडेल विजयी भएका छन्। यसअघि एमाले (हालको सतारुढ नेकपा) ले विजयी हाँसिल गरेको यो क्षेत्रमा कांग्रेस विजयी बनको हो।

घट्यो भक्तपुरमा मतदान प्रतिशत

भक्तपुर क्षेत्र नं १ प्रदेश क (पूरै चाँंगुनरायण नगरपालिका र भक्तपुर नगरपालिका वडा नं १० कमलविनायक क्षेत्र) मा शनिबार सम्पन्न निर्वाचनमा गएको चुनावमा भन्दा कम प्रतिशत मात्रै मतदान भएको छ ।

भक्तपुर उपनिर्वाचनः निराश मतदाता

भक्तपुर १ ‘ख’ मा प्रदेशसभा सांसदका लागि उपनिर्वाचन हुने छ। तर त्यहाँका  मतदाता चुनावका लागि उत्साहित छैनन्। विगतमा नेतृत्वले राम्रो काम गर्न नसक्दा उनीहरु निराश देखिन्छन्।

ढकाल, भँंडेल र लवजू मुख्य प्रतिस्पर्धी

भक्तपुर–१ प्रदेश ‘क’ (पुरै चाँंगुनरायण नगरपालिका र भक्तपुर नगरपालिका–१० कमलविनायक क्षेत्र) मा हुन लागेको उपनिर्वाचनका लागि यसपटक पनि तीन दलबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।

उम्मेदवारको मुख्य मुद्दा नगरकोट सडक

यस क्षेत्रको निर्वाचनमा पछिल्लो यही क्षेत्रको निर्वाचन परिणाममा जस्तै मुख्य प्रतिस्पर्धीको रूपमा नेकपा, नेपाली नेपाल मजदुर किसान पार्टी र सतारुढ नेकपा नै रहने आकलन गरिएको छ। सतारुढ नेकपाले भने नगरकोट सडकलाई मुद्दा बनाएको छैन।

भक्तपुर क्यान्सर अस्पतालमा तनाव

भक्तपुर क्यान्सर अस्पताल आइतबार तनावग्रस्त बनेको छ। पुरानो व्यवस्थापन समितिको एक हुल अस्पताल आएर अस्पतालको मेडिकल सुपरीटेन्डेन्टलगायतका नयाँं नियुक्त दिन थालेपछि अस्पतालमा तनाव भएको हो।

‘झुठा नारा दिने उम्मेदवारप्रति सचेत रहनू’

प्रेस मिट सेन्टर अफ भक्तपुरद्वारा बिहीबार आयोजित उम्मेदवारसँगको साक्षात्कारमा उम्मेदवारहरूले प्रदेशसभामा निर्वाचित सांसद्को काम ऐन कानुन बनाउने भएकाले उनीहरूको विकासे नारामा नफस्न मतदातालाई आग्रह गरेका हुन्।

६ वर्ष बित्यो, बनेन भक्तपुर–नगरकोट सडक

नगरकोट नाल्दुम पर्यटन विकास समिति र स्थानीयले बुधबार ठेकेदार कम्पनी सैलुङ कन्स्ट्रक्सनका मालिक शारदाप्रसाद अधिकारीको फोटोमा कुकुर र बादरसँग जोडेर सवारीसाधनको पछाडि तथा चोकचोकमा टाँगेर विरोध गरेका छन्। अधिकारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी हुन्।

भक्तपुर १ (क)मा त्रिपक्षीय प्रतिस्पर्धा

आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनअन्तर्गत भक्तपुर १ (क) मा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। यस क्षेत्रमानेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको हो।

भक्तपुर नेकपाको उम्मेदवारमा ढकाल

आगामी मङ्सिर १४ गते हुने प्रदेशसभा सदस्यका लागि भक्तपुर क्षेत्र नं १ (क)मा हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले देवीप्रसाद (डिपी) ढकाललाई उम्मेदवार चयन गरेको छ। उक्त दलको भक्तपुर जिल्ला सचिव रहेका उनलाई सचिवालय बैठकले उम्मेदवार बनाएको पार्टीका जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिए।

सिद्धपोखरी  खेल मैदान सरसफाई

भक्तपुर नगरपालिकाको आयोजनामा कार्तिक १७ देखि २३ गते सम्म हुने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितालाई लक्षित गरि सरसफाई आयोजना गरिएको हो।

नेकपा, कांग्रेस र नेमकिपा मुख्य प्रतिस्पर्धी

एक महिनापछि मंसिर १४ गते हुने उपनिर्वाचनसँंगै भक्तपुर पनि तातेको छ। उपनिर्वाचनका क्रममा भक्तपुर क्षेत्र नं १ प्रदेश क (पूरै चाँंगुनरायण नगरपालिका र भक्तपुर नगरपालिका वडा नं १० कमलविनायक क्षेत्र) मा पनि निर्वाचन हुने भएपछि पूरै जिल्ला नै तातेको हो।

भक्तपुरको बोडेमा अवैध यौनधन्दा चलाउने तीन जना जेल चलान

भक्तपुरको मध्यपुर थिमि बोडे सिन्टीटारमा विभिन्न स्थानहरुबाट महिला तथा किशोरीहरुलाई प्रलोभनमा पारी उक्त स्थानसम्म ल्याएर यौनशोषण गर्न विभिन्न ब्यक्तिहरु बोलाई बेश्यावृत्तिमा समेत लगाउने अभियोगमा पक्राउ परेका तीनजना व्यक्तिहरु जेल चलान भएका छन्।

युनेस्कोको प्रतिनिधिमण्डल भक्तपुरमा

युनेस्कोको एक प्रतिनिधिमण्डलले विहीबार भक्तपुरको अवलोकन भ्रमण गरेको छ। युनेस्कोबाट आएका डा. गमीनी वीजीसुरीया, क्याथरिन फोर्बस् र नपिना श्रेष्ठ सिंहलगायत पुरातत्व विभागबाट आएका कर्मचारीहरु भक्तपुर घुमेका हुन्। प्रतिनिधिमण्डलले भक्तपुर दरवार स्वायरलगायतको अवलोकन भ्रमण गरेको थियो।

भक्तपुरमा युवतीको सामूहिक बलात्कार, अभियुक्त जेल चलान

२८ बर्षीय युवतीलाई जबरजस्ती करणी गरी फरार रहेका दुई व्यक्तिलाई जेल चलान गरिएको छ। गत असोज ३ गते राति साढे आठ बजेको समयमा भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित जंगलमा ती युवतीलाई जवरजस्ती गर्ने उनीहरुलाई जेल चलान गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्