सवारी दुर्घटनामा तीनको मृत्यु
काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौंतर्फ जाँदै गरेको टिपरको ठक्करबाट आज तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ।
काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौंतर्फ जाँदै गरेको टिपरको ठक्करबाट आज तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ।
कोशी राजमार्ग अन्तर्गत सुनसरीको इटहरी आपगाछीमा आज बिहान भएको बस दुर्घटनामा एक जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ । बस दुर्घटना हुँदा कम्तीमा तीस जना यात्रु घाइते भएका छन् ।
पूर्व-पश्चिम राजमार्गमा पर्ने झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुँगी सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा परेर दुईजनाको ज्यान गएको छ।
नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले कम्युनिष्टले उडान गरेको जेट विमानको आयु लामो नरहेको बताएका छन्। कम्युनिष्टको एकताबाट प्रधानमन्त्री बनेका केपी शर्मा ओलीलाई व्यंग्य गर्दै शाहीले भने, ‘थोत्रो विमान जतिबेला पनि दुर्घटना हुन सक्छ। वर्तमान सरकार अति जोखिममा छ।’
सल्यानमा गर्भवती महिला बोकेको एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।
सल्यानको बनगारकुपिन्डे नगरपालिका–१ मा बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्।
दाङको राप्ती गाउँपालिका वडा नं २ को लालमटियामा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु१ख ९५०६ नंको ट्रकको ठक्करबाट आज बिहान एक बालकको मृत्यु भएको छ।
क्युबाको राजधानी हभानास्थित मुख्य विमानस्थल नजिकै भएको बोइङ ७३७ विमान दुर्घटनामा परी सयभन्दा बढीको मृत्यु भएको छ।
नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाटमा शनिबार ट्रक र कार एक–आपसमा ठक्कर खाँदा ४ जना गम्भीर घाइते भएका छन्।
भारतको गुजरात राज्यमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा १९ व्यक्तिको मृत्यु भएको छ। भावननगर–अहमदाबाद राजमार्गमा भएको सो दुर्घटनामा सिमेन्टका बोराले भरिएको एक ट्रकमा बसेर गएका १९ मजदुरको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन। यस दुर्घटनामा अन्य छ जना घाइते भएका छन्।
रुकुम पूर्वको भूमे गाउँपालिकामा गए राति ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
उर्लाबारी नगरपालिका–१ स्थित भित्री सडकखण्डमा गए राति मोटरसाइकल दुर्घटना हुँदा उर्लाबारीका २४ वर्षीय मनकुमार धिमालको घटनास्थलमै मृत्यु भएको छ।
क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा १ सय जनाभन्दा बढीको मृत्यु भएको छ ।क्युवाको सरकारी विमान सेवा कम्पनीको बोइङ विमान हवानाको होजे मार्टी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको थियो ।
कालुपाण्डे मार्गअन्तर्गत मलेखु—धादिङबेसी खण्डमा पर्ने नीलकण्ठ नगरपालिका–८, च्याडुमोडमा गएराति ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।
बुधबार विहानदेखि सम्पर्कविहीन भएको मकालु एयरको कलसाइन विमान हुम्लाको खार्पुनाथ गाउँपालिका २मा टुक्रा टुक्रा परेको अवस्थामा भेटिएको छ।