पाकिस्तानको आम निर्वाचन जुलाइ २५ मा
पाकिस्तानमा जुलाइ २५ मा आम निर्वाचन हुने भएको छ। पाकिस्तानको सरकारद्वारा सञ्चालित टेलिभिजन पिटीभीले शनिबार प्रसारण गरेको समाचारअनुसार राष्ट्रपति ममनुन हुसेनले जुलाई २५ का दिन निर्वाचन गर्ने प्रस्ताव स्वीकृत गरेका हुन्।