१ मंसिर २०८१ शनिबार
image/svg+xml

चौथो चरणको मतदान, पश्चिम बंगालमा झडप

भारतमा देशको तल्लो सदन लोकसभाको निर्वाचनअन्तर्गत सोमबार नौ राज्यका ७१ संसदीय क्षेत्रमा मतदान भएको छ। सोमबार भएको मतदानका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) र क्षेत्रीय दलहरुको गठबन्धनबीच पश्चिम बंगाल राज्यमा झडप भएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

मोदीको सम्पत्ति विवरणः ४५ ग्रामका चार औँठी, बचत खातामा चार हजार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साढे दुई करोड सम्पत्ति रहेको विवरण बुझाएका छन्। मोदीले शुक्रबार भारतीय निर्वाचन आयोगमा गुजरातको गान्धीनगरमा आवासीय घर, १ करोड २७ लाख बचत र ३८ हजार ७ सय ५० नगदसहित साढे दुई करोड सम्पत्ति रहेको विवरण बुझाएका हुन्।

सीके राउत पार्टी दर्ता गराउन काठमाडौंमा

स्वन्तन्त्र मधेसको अभियान छाडेर संवैधानिक प्रक्रियामा सामेल भएका सीके राउत नेतृत्वको जनमत पार्टी निर्वाचन आयोगमा दर्ता हुने भएको छ। आयोगमा जनमत पार्टी दर्ता गर्ने उदेश्यसहित राउत नेतृत्वको टोली काठमाडौं आएर संवैधानिक र कानुनी प्रक्रिया सम्बन्धी आवश्यक सल्लाह र छलफल गरिरहेको छ।

प्रधानमन्त्री मोदीद्वारा बनारसबाट उम्मेदवारी दर्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न आम निर्वाचनका लागि भारतीय राज्य उत्तर प्रदेशको बनारसबाट उम्मेदवारी दर्ता गराएका छन्। उनले शुक्रबार बनारसको एक निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका हुन्।

मोदीले दिए बनारसबाट उम्मेदवारी

अर्को कार्यकालको रूपमा प्रतिस्पर्धा गर्दै गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न लोकसभा निर्वानचका लागि बनारसबाट उम्मेदवारी दिएका छन्।

भारतीय प्रधानमन्त्री मोदी कहाँबाट दिदैँछन् उम्मेदवारी?

छिमेकी मुलुक भारतमा लोकसभा निर्वाचनको चलपहलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि छोएको छ।

भाजपा घोषणपत्र र मोदीको अवसर

भाजपाले संकल्पपत्रमा सार्कसम्बन्धमा मौनता साँधेर ऐतिहासिक भूल गरेको छ। क्षेत्रीय सम्बन्धमा द्विपक्षीय सहकार्यमात्र चाहेको हो भने बिम्स्टेकलाई उल्लेख गर्नु पनि उसको भूल हो। यसले भाजपाको एकाङ्गी क्षेत्रीय कूटनीति एवम् सार्क संशयलाई थप बढाएको छ।

अभिनेता सनी देओल भाजपामा प्रवेश

बलिउड अभिनेता सनी देओल सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरेका छन्। भारतमा जारी लोकसभा निर्वाचनअन्तर्गत विभिन्न चरणमा मतदानहरु भइरहेका बेला देओलले मंगलबार भाजपाको केन्द्रीय कार्यालय पुगेर रक्षामन्त्री एवं भाजपा नेतृ निर्मला सीतारमनको हातबाट सदस्यता लिएका हुन्।

प्रधानमन्त्री मोदीले ९० वर्षीया आमासँगै गुजरातमा गरे मतदान

भारतमा जारी लाेकसभा निर्वाचनअन्तर्गत प्रधानमन्त्री नरेन्द्र मोदीले ९० वर्षीया आमा हिराबेनसँग गुजरातको अहमदाबादमा मतदान गरेका छन्। प्रधानमन्त्री मोदीले अहमदाबादको रनिप क्षेत्रको निशान उच्च माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ। गुजरातमा बिहान ७ बजे नै मतदान केन्द्रहरु खुलेका थिए। मतदानको कार्य साँझ ६ बजेसम्म चल्नेछ।

के अक्षयकुमार भाजपाबाट चुनाव लड्दै छन्?

बलिउड अभिनेता अक्षय कुमारले लोकसभा निर्वाचनमा गुरदासपुरबाट टिकट पाउने चर्चाले सामाजिक सञ्जाल भरिएको छ। अक्षयले ट्वीटरमार्फत आफू नयाँ क्षेत्रमा कदम राख्न लागेको र उत्साहित रहेको बताएका थिए। अक्षयको यो सांकेतिक ट्वीटपछि उनका समर्थकले उनी गुरदासपुरबाट चुनाव लड्ने अनुमान गरेका थिए। पन्जाब प्रान्तमा पर्ने गुरदासपुर स्वर्गीय अभिनेता विनोद खन्नाले जित्दै आएको क्षेत्र हो। खन्ना भाजपाबाट यो क्षेत्रमा सांसद थिए।

युक्रेनको राष्ट्रपतिमा हास्य कलाकार जेलेन्स्की विजयी

युक्रेनको राष्ट्रपतिका लागि आइतबार भएको मतदानमा हास्य कलाकार भोलोडिमर जेलेन्स्की विजयी भएका छन्। उनले वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्कोलाई ठूलो मतान्तरले पराजित गरेका हुन्।

अदालतद्वारा घानीको कार्यकाल थप

अफगानिस्तानको सर्वोच्च अदालतले राष्ट्रपति असरफ घानीको कार्यकाल निर्वाचनसम्मका लागि थप गर्न आदेश दिएको छ। राष्ट्रपति घानीको कार्यकाल आगामी मे २२ मा पूरा हुने तर त्यस समयसम्म अर्को नेतृत्व निर्वाचित हुने सम्भावना टरेका कारण निर्वाचनबाट नयाँ नेतृत्व चयन नभएसम्मका लागि अदालतले उनको कार्यकाल थप गर्न आदेश दिएको बताइएको छ।

नवनियुक्त पाँच न्यायाधीशद्वारा पद तथा गोपनीयताको शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वाेच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

चुनाव प्रचारमा कन्हैया : झुस्स दाह्री, त्यही निलो चप्पल, उही रातो सर्ट

बिहानको साँढे आठ बजे कन्हैयाकोे पाहुना घर (चुनावका आगन्तुकलाई बस्न बनाइएको घर) बाट मानिसहरु बाहिर निस्किन्छन्। उनी पनि त्यही घरमा सुत्दा रहेछन्। पक्की साढे दुई तलाको उक्त घरलाई केही समयदेखि कन्हैयाको चुनावी प्रचारका लागि प्रयोग गरिएको स्थानीयले बताए। केही मानिसको भीडलाई छिचोल्दै उनी भन्छाघरमा प्रवेश गर्छन्।

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र सर्वाेच्चमा ५ न्यायाधीश नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलियालाई नियुक्त गरेकी छिन्। संवैधानिक परिषदबाट सिफारिस थपलियालाई बुधवार संसदीय सुनुवाइ विशेष समितिले सर्वसम्मत अनुमोदन गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्