१ मंसिर २०८१ शनिबार
image/svg+xml

मोदीलाई इमरानले दिए बधाई, शान्ति र समृद्धिका लागि सहकार्यको अपेक्षा

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्। लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी अत्यधिक बहुमततर्फ अग्रसर भइरहेका बेला इमरानले बिहीबार अपराह्न ट्वीटरमार्फत मोदीलाई जितका लागि बधाई दिएका हुन्।

बेगुसरायमा कन्हैया कुमार पराजित

लोकसभाका चर्चित उम्मेदवार कन्हैया कुमारले पराजय व्यहोरेका छन्। उनले भारतीय जनता पार्टीका गिरिराज सिंहसँग झण्डै साढे तीन लाख मतान्तरले पराजित भएका हुन्।

इन्डोनेसियामा सुरक्षा व्यवस्था कडा

गत महिनामा भएको राष्ट्रपतिको निर्वाचनमा धाँधली भएको भन्ने विषयमा अपिल गर्ने म्याद आज सकिने भएकोले निर्वाचनजन्य हिंसा भड्किने डरले इन्डोनेसियामा सुरक्षा व्यवस्थामा कडाई गरिएको समाचार छ।

पूर्व गोर्खा गुरुङ बने लण्डन बार्नेटका उपमेयर

काउन्सिलर लक्ष्य बहादुर गुरुङ बार्नेट काउन्सिलको उपमेयर निर्वाचित भएका छन्। लन्डन बरो अफ बार्नेटको मंगलबार बसेको वार्षिक काउन्सिल बैठकले गुरुङलाई उपमेयर पदमा निर्विरोध निर्वाचित गरेको हो।

हृदयघातका कारण मतगणना स्थलमै गयो कांग्रेस नेताको ज्यान

भारतमा लोकसभा निर्वाचनको मतगणना चलिरहदा मतगणनास्थलमा एक कांग्रेस नेताको हृदयघातका कारण ज्यान गएको छ। मतगणनाको अपडेट आउन थालेपछि सीहोर जिल्लाका कांग्रेस अध्यक्ष रतन सिंह ठाकुरलाई हृदयघात भयो।

निर्वाचन प्रक्रियाको सम्मान गर्न भाजपाको विपक्षीसमक्ष आग्रह

भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले विपक्षीहरुलाई निर्वाचन प्रक्रियाको सम्मान गर्न आग्रह गरेको छ। विभिन्न सात चरणमा सम्पन्न भएको भारतको तल्लो सदन लोकसभा निर्वाचनको मतदान प्रक्रिया सम्पन्न भएपछि जारी भएका विभिन्न एक्जिट पोलले भाजपाको गठबन्धनले बहुमत ल्याउने र नयाँ सरकार गठन गर्ने देखाएपछि उसले सबै विपक्षीलाई ‘स–सम्मान पराजय स्वीकार गर्न’ आग्रह गरेको हो।

राहुल गान्धीलाई कडा टक्कर दिदैँ स्मृती ईरानी

भारतीय लोकसभा निर्वाचनको प्रारम्भिक मतगणनाअनुसार राहुल गान्धीलाई स्मृती इरानीले कडा टक्कर दिदैँछन्। मतगणना सुरु भएको करिब डेढ घण्टाको अवधिमा सत्तारुढ गठबन्धन एनडीएकी उम्मेदवार इरानी झन्डै ६ हजार मतले अगाडि देखिएकी छन्। विपक्षी दल काँग्रेस आईका अध्यक्ष गाँधीलाई आमेठीबाट इरानी हराउने तवरले कडा टक्कर दिइरहेकी छन्।

भारतीय लोकसभा मतगणना : प्रारम्भिक गणनामा एनडीए अगाडि

भारतीय लोकसभा निर्वाचनको प्रारम्भिक मतगणनामा सत्तारुढ बीजेपीको एनडीए गठबन्धनले अग्रता लिएको छ । मतगणना सुरु भएको करिब एक घण्टाको अवधिमा सत्तारुढ गठबन्धन एनडीए २ सय २७ स्थानमा अगाडि देखिएको छ ।

भारतीय लोकसभा मतगणनाः मोदीको गठबन्धन अगाडि

भारतमा लोकसभा निर्वाचनको मतगणना शुरु भएको छ। बिहीबार बिहान ८ बजेपछि सुरु भएको मतगणनामा भारतीय जनता पार्टीको गठबन्धनको अग्रता देखिएको छ।

विडोडो पुनः राष्ट्रपति निर्वाचित

विश्वको तेस्रो ठूलो प्रजातान्त्रिक देश इन्डोनेसियामा गत महिना सम्पन्न भएको निर्वाचनमा दोस्रो कार्यकालका लागि विडोडो पुनः निर्वाचित भएको मंगलबार घोषणा गरिएको छ।

विकास निर्माणका काम समयमै सम्पन्न नभएको भन्दै स्थानीयको आक्रोश

आफ्नो क्षेत्रमा संचालित विभिन्न विकास योजनाहरुको साँसद एवं नेकपाका प्रदेश अध्यक्ष प्रभु साहले प्राविधिकहरुको टोलीसहित स्थलगत निरीक्षण गरेका छन्। रौतहटको निर्वाचन क्षेत्र नम्वर ३ मा सघन सहरी डिभिजन कार्यालय र डिभिजन सडक कार्यालय अन्तर्गतका निर्माणाधिन विभिन्न आयोजनाहरुको कार्यहरुको साँसद साहले प्राविधिकहरु सहितको स्थलगत अनुगमन निरीक्षण गरेका हुन्।

लोकसभा निर्वाचनः एक्जिट पोलको नतिजा कंग्रेस आईद्वारा अस्वीकार

भारतीय कंग्रेस पार्टीका वरिष्ठ नेता शशी थरुरले चुनावी मतसर्वेक्षणका प्रक्षेपणहरु गलत रहेको भन्दै त्यसलाई अस्वीकार गरेका छन्। उनले आगामी बिहीबार सार्वजनिक हुने मतगणनालाई मात्र विश्वास गर्न सकिने बताए।

एनआरएन अमेरिकाको अध्यक्षमा सुनिल शाह विजयी

गैरआवासीय नेपाली संघ अमेरिकाको अध्यक्षमा सुनिल शाह निर्वाचित भएका छन्। हिजो र अस्ति सम्पन्न दुई दिने अनलाईन मतदानमा वरिष्ठ उपाध्यक्षमा डा अर्जुन बन्जाडे र महासचिवमा पशुपति पाण्डे निर्वाचित भए। निर्वाचनमा कुल ८ सय ८ सय ३६ मत मध्ये ७ हजार १ सय ९१ मत खसेको छ।

ललितपुरबाट चुनाव लड्ने प्रचण्डको संकेत

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहालले  सिंहदरबारको अधिकार जनताकै घरदैलोमा ल्याउने योजना अन्तर्गत तीन तहको सरकार बनेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्