३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

साढे ४ प्रतिशतसम्म ब्याजमा ऋण दिन बेलायती संस्थाको प्रस्ताव

युरोपको एक वित्तीय संस्थाले नेपाल वायुसेवा निगमलाई दुईथान ठूला (वाइड बडी) जहाज खरिद गर्न आवश्यक २५ अर्ब रुपैयाँ सस्तो ब्याज दरमा उपलब्ध गराउने प्रस्ताव गरेको छ।

५.४९ प्रतिशत ब्याजदरमा टाटा टियागो

नेपालका लागि टाटा मोटरस्का अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङले जाडोको मौसममा ग्राहकका लागि न्यूनतम ब्याज दर र सहज किस्ताबन्दीमा टाटा टियागो उपलब्ध गराउने योजना बजारमा ल्याएको छ।

जलविद्युत आयोजनालाई ५ प्रतिशत ब्याजदरमै ऋण

सरकारले जलविद्युत आयोजनाहरुलाई ५ प्रतिशत ब्याजदरमै ऋण उपलब्ध गराउने तयारी गरेको छ। सरकारले जलविद्युतलाई विशेष प्राथमिकता क्षेत्र घोषणा गर्दै सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउन लागेको हो।

ब्याजदर बढ्यो, सेयर कारोबार आधाले घट्यो

बैंक, वित्तीय संस्थाहरुले सेयर धितोमा राखी प्रवाह गर्ने कर्जाको ब्याजदर बढाउन थालेपछि सेयर कारोबार आधाले घटेको छ। उनीहरुले सेयर धितोमार्फत कर्जा प्रवाह गरेको ऋणको ब्याजदर बढाउन थालेपछि सेयर कारोबारमा समेत केही दिनयता निरन्तर कमी आएको छ।

व्यवसायीहरुले ब्याज अनुदान माग गर्न पाउने

उद्योगी व्यवसायीले ब्याज अनुदान माग गर्न पाउने भएका छन्। भूकम्प र नाकाबन्दीबाट उत्पादनमूलक उद्योगमा परेको क्षतिलाई कम गर्न र पुनरुत्थान गर्न ब्याज अनुदान दिने ब्यावस्था गरिएको छ।

ब्याज र बिदेशी मुद्राकाे काराेबारले बैंकहरुकाे नाफा बढ्याे

चालु अर्थिक वर्षको पहिलो ३ महिनामा अधिकांश बैंकको नाफा बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा भन्दा चालु आवको सोही अवधिमा बैंकहरुले नाफा बढाएका हुन् । ब्याज आम्दानी र विदेशी मुद्राको कारोबारबाट भएको आम्दानीले नाफा बढाएको हो ।

ब्याजदर बढ्यो, सेयर–घरजग्गाको कारोबार घट्ने संकेत

सर्वसाधारणको लागि बैंकमा पैसा राख्नु फाइदाजनक हुने देखिएको छ । किनकि पछिल्लो समय बैंकले सर्वसाधारणबाट लिने निक्षेपको ब्याजदर बढाएका छन् । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) को कमी हुन थालेपछि बैंकले सर्वसाधारणलाई आकर्षक ब्याज दिएर निक्षेप संकलन गर्न थालेका हुन् ।

भूकम्पपीडितलार्इ अनुदान ३ लाख, निर्ब्याजी ऋण ३ लाख

सरकारले भूकम्पपीडितलाई घर बनाउन दिने अनुदान रकममा एक लाख रुपैयाँ थप गर्नेबारे प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिमा छलफल सुरु भएको छ । जसअनुसार निर्णय भए अनुदान रकम तीन लाख पुग्नेछ । त्यसबाहेक ३ लाख रुपैयाँ निब्र्याजी ऋण दिइने विषयमा पनि छलफल अघि बढाइएको छ ।

सस्तो ब्याजले गाडी किन्ने बढ्दै

२० लाखसम्मको गाडी चढ्न ६ लाख नगद र ४५ हजार मासिक आम्दानी भए पुग्छ। ६ लाख नगद रकम र मासिक ४५ हजार आम्दानी हुने व्यक्तिलाई बैंकले प्रत्येक महिना साँवा र ब्याज बुझाउने सर्तमा २० लाखसम्मको गाडी किन्न ऋण उपलब्ध गराउन सक्छन्।

ब्याजदर करिडोर 'गुड स्टेप'

नेपाल बैंकर्स संघका उपाध्यक्ष एवं मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह भूकम्पलगत्तै लामो तराई–मधेस आन्दोलनले बैंकिङ क्षेत्रमा खासै असर नपारेको बताउँछन्। त्यस्तो बिषम परिस्थितिमा पनि निक्षेपकर्ताले बैंकमा पैसा राख्ने र निकाल्ने क्रममा कमी आएन। पैसाको कारोबार 'ट्रान्जेक्सन' बढ्दा बैंकको नाफा पनि बढ्न पुगेको उनको भनाइ छ।

गरिबले पाउने भए सस्तो ब्याजदरमा ऋण

गरिबले सस्तो ब्याजदरमा ऋण पाउने भएका छन्। राष्ट्र बैंकले लघुवित्तको ब्याजदर स्प्रेडबाट नियन्त्रण गरेपछि गरिबले सस्तो ब्याजदरमा ऋण पाउने अवस्था बनेको हो। गरिबका लागि खोलिएका भनिएका लघुवित्तले वार्षिक २५ प्रतिशतसम्म ब्याज लिइरहेको विषयमा चर्को आलोचना भएपछि राष्ट्र बैंकले स्प्रेडदरबाट ब्याजमा अंकुश लगाएको छ।

लघुवित्तको ब्याज सहकारीभन्दा चर्को

काठमाडौं-गरिबका लागि खोलिएका भनिएका लघुवित्तको ब्याजदर सहकारीको भन्दा बढी हुने गरेको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्